महानगर प्रवेश गर्ने मुख्य सडकका बिजुलीको पोलमा रंग लगाउन सुरु
बुधबार, २९ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले बिजुलीको पोलमा रंग लगाउन सुरु गरेको छ । विराटनगरलाई सफा र व्यवस्थित बनाउने अभियानअन्तर्गत बिजुलीका पोलमा रंग लगाउन सुरु गरिएको मेयर नागेश कोइरालाले बताए । विराटनगर–७ हाटखोलाबाट बिजुलीको पोलमा रंग लगाउन सुरु गरिएको छ । पोलमा ह्वाइट सिमेन्टपछि इनामेल लगाइनेछ ।
यसरी रंग लगाएको पोललाई नम्बरिङसमेत गरिनेछ । रातिको समयमा सवारी साधनको हेडलाइट पर्दा टल्किने र पोलमा ठोक्किएर हुने दुर्घटनामा कमी आउने मेयर कोइरालाको भनाइ छ । “विराटनगर प्रवेश गर्दा म महानगरभित्र छिर्दैछु भन्ने जो कोहीलाई आभास होस् भन्ने हाम्रो उद्देश्य रहेको छ,” कोइरालाले भने, “यसले महानगरको सुन्दरता बढ्नुका साथै पोलमा ठोक्किएर हुने दुर्घटनाको जोखिम कम हुन्छ ।” अबदेखि पोलमा पोष्टर टाँस्नसमेत प्रतिबन्ध लगाइएको महामनगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । जथाभावी पोलमा पोष्टर टाँस्दा र झुड्याउँदा सहरको सुन्दरतामा समेत ह्रास आएको छ । पोलमा पोष्टर टाँस्नेलाई जरिवाना गरिने कोइरालाको भनाइ छ ।
एजेन्सी, बैशाख २७-विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ रहेको छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको...
बागलुङ, ४ बैशाख-बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको...
विराटनगर, फागुन ८–मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी...
विराटनगर, ९ फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्रप्ी चौधरीले उद्घाटन गरेका हुन् । सो अबसरमा मन्त्री चौधरीले आयोजना...
विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन...
विराटनगर, १२ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ । सो कोषमा प्रदेश...
काठमाडाैं, १५ साउन-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका ५ वटा विषयलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी...
विराटनगर, १४ पुस-प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मंगलबार विराटनगरमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समुहले विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली गरेको संसद विघटन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुह मोरङले संयुक्त शक्ति...