ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा आर्मीको विजय सुरुवात
मङ्गलबार, २८ चैत, २०७९,
न्यूज विराट
विराटनगर । विभागीय टिम नेपाल आर्मी प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ ।
लिगकम नकआउट नियममा सञ्चालीत प्रतियोगितमा मंगलबार भएको पहिलो खेलमा वाइआरसिसी क्रिकेट क्लब विराटनगरलाई ७ विकेटले निराश बनाउँदै आर्मी विजयी भएको हो ।
विराटनगर जुटमिलको खेल मैदानमा जारी प्रतियोगितामा १५६ रनको विजय लक्ष्य पछ्याएको आर्मीले १५ ओभर १ बलमा ३ विकेट गुमाई पुरा गर्यो । आर्मीका बसीरले बिस्फोट ब्याटिङ गर्दै टिमको जितको आधार तय गरेको छ । उने ३३ बलमा ४४ रन बनाउँदै अविजित रहे । उनले ६ चौक्का र १ छक्का हिर्काए । खेलको म्यान अफ द म्याच पनि उनै घोषित भए । राष्ट्रिय खेलाडीहरुले भरिपूर्ण रहेको आर्मीका हरी चौहानले २६ बलमा ३८ रन बनाए । उनले २ छक्का र ५ चौक्का हिर्काए । सन्दिपले १५ बलमा ३६ रन बनाउँदा राजेश पुलामीले १० बलमा २४ रनको पारी खेल्दा उनले २ छक्का र २ चौक्का हिर्काए ।
बलिङमा वाइआरसीसीका भिष्प सहनीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । हरिषले २ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।
जवाफमा वाइआरसीसीले १९ दशवलम ५ बलमा अलआउट भई १५५ रनमा समेटियो । वाइआरसीसीका सोनु अन्सारीले ३७ बलमा अर्धशतकीय ईनिङ खेले । उनले ६ छक्का र ४ चौक्का हिर्काए । अभिषेक चौधरीले २६ बलमा ३१ रन बनाए । उनले २ छक्का र २ चौक्का हाने । सिद्धान्त लोहनीले १६ बलमा २८ रन रनको पारी खेल्दा अरु कुनैपनि ब्याट्रले दोहोरो अंक छोएनन् । बलिङमा आर्मीका जितेन्द्र मुखियाले ४ ओवरमा १२ रन खर्चेर ३ विकेट लिएका थिए । बिक्रम सोब, सुमि श्रेष्ठले समान २–२ विकेट लिए भने आकाश चन्द र नरी चौहानले समान १–१ विकेट लिए ।
विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता उद्धव चन्द्र घिमिर र उच्च अदालत विराटनगरका रजिष्ट्रार दिपेन्द्रबावु थपलियाले मन्त्री राजभण्डारीविरूद्ध उच्च अदालत विराटनगरमा अपहेलना मुद्दामा रिट...
विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...
काठमाडौं, १३ वैशाख-देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको १ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् । विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय...
काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्तामा जुटी रहेका छन् । यसैबीच अहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच...
प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । दोस्रो चरणको खोप अभियानको क्रममा आइतबार त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि प्रधानमन्त्री ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका हुन् ।...
विश्व्यापी रुपमा फैलेएको कोरोना भाइरस कोभिड १९ को कारण विश्वभर संक्रमितको संख्या ५० हजार नाघेको छ ।पछिल्लो दिन संक्रमितको संख्या करिव ८० हजार थपिँदा १० लाख १४ हजार २५६ जनामा संक्रमण फैलिसकेको देखिएको छ ।...
आज ‘श्रीपञ्चमी’ अर्थात् सरस्वती पूजा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई...
ललितपुर, २१ भदौ-स्थानीय प्रशासनले ललितपुर जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा हुनसक्ने सम्भावित जोखिममलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।...