ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता सुरु : नरपथगञ्जसँग आर्मी स्तब्ध
सोमबार, २७ चैत, २०७९,
न्यूज विराट
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जलले विजय सुरूवात गरेको छ ।
विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो ।
पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा सोमबारबाट सुरू भएको पहिलो उद्घाटन खेलमा १२५ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशवलम ४ बलमा ६ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका रवि रोयले ३० बलमा ४० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौक्का प्रहार गरेका थिए । भानु आन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिए ।
आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २–२ विकेट लिए । सुशान्त विराजले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७ दशवलम ४ बलमा अलआउट भइ १२४ रनमा समिति भयो । आर्मीका हरी चौहानले ४० बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । उनले ४ छक्का र ६ चौक्का प्रहार गरे । राजेश पुलामीले २६ रनको योगदान गरे ।
नरपथगञ्जका श्रवन वर्माले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । रबडा कुमारले २ विकेट लिए । चैत २७ देखि वैशाख ३ गतेसम्म संचालन हुने प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ ।
नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेडको सहभागि छ ।
विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रममा राष्ट्रिय...
विराटनगर, ९ भदौ-पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश...
विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...
विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव सुरु भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा आजबाट महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन विराटनगर १५ का प्रकाशत साह र १६ का वडाअध्यक्ष उद्धव...
विराटनगर ११ भदौ-प्रदेश १ मा बिहिबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १÷१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र...
विराटनगर । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता उदयपुर जिल्लाले विजय सुरुवात गरेको छ । विराटनगर –१९ वैजनाथपुर क्रिकेट मैदानमा मंगलबारदेखि सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा इलामलाई २९ रनले हराउँदै उदयपुर विजयी भएको हो ।...
काठमाडौं, २८ कात्तिक-चिनियाँ मुखपत्र ग्लोबल टाइम्स पत्रिकाको समाचारप्रति कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार बसेकाेे केन्द्रीय समिति बैठकले नेपाल-चीन सीमा स्तम्भमा देखिएको समस्याका विषयमा पार्टीको तर्फबाट अध्ययन गरेकै आधारमा चिनियाँ पत्रिकाले आफूलाई भारतपरस्त भनी गरेको...
महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।...