फाइनलमा त्रिभुवन आर्मी क्लब

 न्यूज विराट
फाइनलमा त्रिभुवन आर्मी क्लब

विराटनगर । चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पुगेका छन् ।
विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले मधेस प्रदेशलाई १२–० को फराकिलो गोल संख्यामा पराजित गर्दै फाइनलमा पुगेको हो ।
सोही दिन भएको नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच हुने खेलको विजेतासँग सोमबार राति उपाधि जितका लागि आर्मीले खेल्ने छ ।
आर्मीका रोमन रानाले ४ गोल, काशीराज राईले ३ गोल, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले समान १–१ गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच आर्मीका रंजित राउत भए । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार हुनेछ ।
प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुसिल, कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचार

जिल्लाबाट पनि मन्टु शेख प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा सिफारिस

विराटनगर । नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि मोरङ जिल्लाले पनि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट काँग्रेस क्षेत्र नं. ४ को...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लबद्वारा सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लब मिलेर सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना मुलक कार्यक्रम आयोजना गरेका छन् । रोटरी क्लब अफ डाउनटाउन विराटनगर र यसका अन्य पाँच होस्ट क्लबहरू आरसी...

रबिन कार्कीविरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता

विराटनगर, १५ असार । गत २० जेठमा एक भारतीय मजदुरको मृत्यु र एक जना गम्भिर घाइते हुनेगरी भएको कार दुर्घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रबिन कार्की विरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता भएको छ...

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

विद्युतको खपत घटेपछि कुलमानको आग्रह ‘ग्यास हैन इन्डक्सन चलाउनुस्’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो ।...

कोरोनाबाट ६ जनाको मृत्यु

काठमाडौं, ३ भदौ=पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा....

नुहाउन गएका बेला भालुको आक्रमण

जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्