मिल्स क्रिकेट प्रतियोगिता, विराटनर र नरपथग्राम क्वाटरफाइनलमा

 न्यूज विराट
मिल्स क्रिकेट प्रतियोगिता, विराटनर र नरपथग्राम क्वाटरफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसीसी विराटनगर र भारतको नरपथग्राम क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिलमा शुक्रबार भएको पहिलो खेलमा वाइआरसीसी विराटनगरले सुनसरी ११ क्रिकेट क्लबलाई ८ विकेटले निराश बनाउँदै विराटनगर क्वाटरफाइनलमा पुगेको हो ।

टस जितरेर ब्याटिङ रोजेको सुनसरीले निर्धारित २० ओभरमा १० विकेट गुमाइ १०२ रन बनाएका थिए । जसमा सुनसरीका गौरव कटुवालले ३० रन बनाए । रविनले मण्डलले १७ रनको योगदान दिए । भुपाल लुईटलेल १३ रन बनाए ।
बलिङतर्फ वाइआरसीसी विराटनगरका हेमन्त धामीले, कमल खत्री र सवर्ण यादवले २–२ विकेट लिए ।
१०३ रनको बिजय लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा २ विकेट गुमाइ सो लक्ष्य भेट्टयाएको थियो । जसमा विराटनगरका मुकेश शर्माले ४३ रनको योगदान दिए । दिलिप नाथले ३७ रन बनाए । दिपक पासवनले १७ रनको योगदान दिए ।

बलिङतर्फ सुनसरीका संजिव तिम्सिना र प्रकाश कार्कीले १–१ विकेट लिए । म्यान अफ द म्याच वाइआरसीसी विराटनगर मुकेश शर्मा घोषित भए ।


सोही दिन भएको दोस्रो खेलमा भारतको पूर्णियालाई ९ विकेटले हराउँदै नरपथग्राम क्रिकेट क्लब क्वाटर फाइनलमा पुगेको छ ।

निर्धारित २० ओभरमा ९ विकेट गुमाइ पुर्णियाले १७० रन बनाएको थियो । जसमा पुर्णिायाका भास्कर दुधेले ७६ रन बनाए । मनकुमारले ३३ रनको योगदान दिए । शिखर सिंहले १८ रन बनाए । बलिङ्गतर्फ नरपथग्रामका रबनाकुमारले ३ विकेट, साहिन कुमारले २ विकेट लिए ।

१७१ रनको विजय लक्ष्य पछ्याएको नगरपथग्रामले ७ ओभरमा १ विकेट गुमइ सो विजय लक्ष्य भेटेका थिए । नगरपथ ग्रामका अभिषेक पाठकले उत्कृष्ट ब्याटिङ गरे । २७ बलमा १ सय १० रन शतक ईङनिल खेलेर बनाएर उनी अविजित रहे । उनले १४ छक्का, ६ चौका प्रहार गरेका थिए । भानु आन्नदले २३ रन बनाए । उनले सन २०१४ मा आइपिएल खेलाडी पनि हुन् । पुलिस कुमारले १६ रन बनाए । म्यान अफ द म्याच अभिषेक पाठक घोषित भए ।

सम्बन्धित समाचार

विविएस तेस्रो वर्षको नतिजा प्रकाशित : मेरिल्याण्डकी कृति बोहरा प्रदेश प्रथम भएको दावी

विराटनगर । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको विविएस तेस्रो वर्षको नतिजा अनुसार विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । मेरिल्याण्डकी छात्रा कृति बोहराले ७७.८ प्रतिशत (डिस्टीङ्सन) अंक प्राप्त गरी प्रदेश प्रथम भएको...

विराट एक्पो : कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो

विराटनगर, फागुन ६–विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका फरक  उपभोक्ताले चासो देखाएका छन् । एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पाल्नका लागि जानकामरी...

अब विराटनगरमा निषेधाज्ञा उल्लंघन गर्नेमाथि मुद्धा चलाइने

विराटनगर, २३ वैशाख । गएपछि मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा कमी नआएपछि प्रहरी प्रशासनले थप कडाई गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्धा चलाएर कारवाही गरिने भएको छ । प्रदेश १...

जग्गा विवादमा कुटपिट हुँदा घाइते एक जनाको मृत्यु

सप्तरी, ११ जेठ-सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए । जग्गाको विषयमा छिमेकीसँग...

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका सिरहा एक साता बन्द

लाहन,  १८ असोज-कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो शुक्रबारबाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ । विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार...

विराटनगरमा उल्लासपूर्ण होली (फोटो फिचर)

विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्