जग्गा विवादमा कुटपिट हुँदा घाइते एक जनाको मृत्यु

 न्यूज विराट
जग्गा विवादमा कुटपिट हुँदा घाइते एक जनाको मृत्यु

सप्तरी, ११ जेठ-सप्तरीको महदेवा गाउँपालिकामा जग्गासम्बन्धी विवादमा परी कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । गाउँपालिका–१ बस्ने ८० वर्षीय सुविलाल यादवको मृत्यु भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले बताए ।

जग्गाको विषयमा छिमेकीसँग गत वैशाख १३ गते विवाद भएको थियो । सो विवादका क्रममा कुटपिट हुँदा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेपछि उनलाई गजेन्द्रनारायाण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको थियो ।

वैशाख २७ गते अस्पतालले उनलाई डिस्चार्ज गरेपछि घरमै औषधि खाएर उपचार गराइरहेको अवस्थामा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शवलाई परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताउँदै कुटपिटमा संलग्न रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी कार्कीलाई आइतबार साझ मुख्यमन्त्री पदमा नियुक्त गरेका...

उपत्यकामा आज अहिलेसम्मकै बढी संक्रमित थपिए

काठमाडौं, ३२ साउन–आइतबार काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण...

कोशी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...

विराटनगर र रतुवामाईबासीलाई उपचारमा लाग्ने रगत निशुल्क

विराटनगर, २२ कात्तिक । मोरङको दुई पालिकाले आफ्ना नागरिकको उपचारमा लाग्ने रगत निशुल्क उपलब्ध गराउने पहल गरेका छन् । रतुवामाई र विराटनगर महानगरपालिकाले आफ्नो पालिकाका नागरिकलाई निशुल्क उपलब्ध गराउन पहल गरेका हुन् । ती पालिकाले...

विद्यार्थीलाई प्रविधिसँग जोड्दै रोटरी क्लब अफ विराटनगर

विराटनगर । विराटनगरस्थित जनता माविकी कक्षा १२ मा अध्ययरत छात्रा दुर्गा यादव अहिले मज्जासँगले कम्प्युटर चलाउन सक्ने भएकी छिन् । उनले कम्प्युटरबाट अंग्रेजी र नेपाली टाइपसँगै एक्सल पनि चलाउन थालेकी छिन् । कम्प्युटर राम्रोसँग चलाउन...

तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई

[caption id="attachment_47277" align="alignnone" width="747"] जनसेवाको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।[/caption]   कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन्...

राष्ट्रिय सभा उपनिर्वाचन आज, नतिजा पनि आजै आउने

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

विराटनगर, चैत २३-विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ । सिभिल बैंक प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्