विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

 न्यूज विराट
विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल

विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जितको लागि एपीएफको तर्फबाट युवराज खड्का र अरमान्द्र वेडमले गोल गरेका थिए । फुटानको तर्फबाट सान्तवना गोल फोफोना इब्रहीमले फर्काए ।
जितसँगै एपीएफले आइतबार हुने अन्तिम क्वाटरफाइनल खेलमा भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्बल बीचको बिजेता टिमसँग खेल्नेछ । एपीएफले छैठौं संस्करणमा भारतको पञ्जाव पुलीसलाई हराएर उपाधि जितेको थियो ।

खेल सुरू भएको तेस्रो मिनेटमा एपीएफका युवराज खड्काले गोल गरी टिमलाई अग्रता दिए । सविन थापाले ३० यार्डदेखि निकालिदिएको पास युवराजले हेडमार्फत गोलमा परिणत गरे । एपीएफको अग्रता खेल सुरु भएको आधा घण्टा पनि टिक्न नपाउँदै ३३ औं मिनेटमा भुटानका फोफोना इब्रहीम गोल गरी खेल १–१ बराबरीमा ल्याए । कप्तान स्याङगे दोर्जीले निकालेको पास फोफोनाले डिबक्स भित्रबाट गरेको प्रहारले जाली चुम्यो ।
पहिलो हाफसम्म १÷१ गोलको बराबरी भयो । दोस्रो हाफदेखि एपीएफले आक्रमक खेल पस्कियो । इन्जुरी समयमा पेनाल्टी एरियामा भुटानका खेलाडी कान्टे मुसाको हेन्ड भएपछि एपीएफले पेनाल्टी पाएको थियो । पेनाल्टीमा एपीएफका अरमान्द्र वेडमलले गोल गरी टिमको जित सुनिश्चित गरेका थिए । हेन्ड गर्ने भुटानका कान्टे मुसालाई रफ्री श्याम दनुवारले रेड कार्ड दिएपछि मैदान बाहिरिए । निर्णायक खोल गर्ने एपीएफका अरमान्द्र बेडम म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार पाए ।

खेलअवधिभर दुवै टिमले थुपै्र गोल गर्ने सुन्दर अवसर खेर फेलेका थिए ।

७ औ मिनेटमा युवराजको कडा प्रहार पोसमा लागेर फर्कियो । त्यसलगैत बुद्धीमान राईको प्रहार पोसमाथिबाट बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । १० औं मिनेटमा एपीएफका अरमान बेदमले पेनाल्टी एरियाबाट गरेको हेड बाहिरयो ।

१३ औ मिनेटमा एलीहोसा एलियुले कर्नरबाट आएको बल डिबक्स भित्रबाट गरेको हेड पोसमाथिबाट गएर बाहिरियो । १९ औ मिनेटमा एपीएफका बुद्धीमान राईका कडा प्रहार भुटानका गोलपिकर हरी गुरूङले उत्कृष्ट बचाए ।

२४ मिनेटमा एपीएफका बुद्धमान राईले निकालेको क्रस पास अरमन बेढुमले गरेको प्रहार पोसमा लागेर बाहिरयो । २८ औं मिनेटमा एपीएफका हरी कार्कीले निकालिदिएको लामो क्रस पासलाई अरमन्दले डिबक्स भित्र बल नियन्त्रण गर्न नसक्दा थप अग्रता लिन चुेक ।

४२ औं मिनेटमा मिनेटमा एपीएफका सरनसिंह बस्नेतले वन भर्सेस वनको अवसर गुमाएका थिए । युवराज खड्काको क्रसमा सरनसिंह सम्हालिन नसक्दा भुटानका गोलरक्षक गुरूङ्गले उत्कृष्ट बचाउ गरेका थिए । त्यसलगतै किपरसमेत बीट भइसकेको अवस्थामा बिकु तामाङ्गको प्रहार विफल भयो । ४७ औं मिनेटमा बिपन श्रेष्ठको क्रसमा बिकु तामाङ्ग डिबक्स भित्रबाट गरेको सशक्त प्रहार भुटनाका गोलरक्षकले विफल पारेका थिए ।

खेलको ५६ औं मिनेटमा एपीएफका बिपीन श्रेष्ठ ३० यार्डदेखि गरेको प्रहार बाहिरियो । खेलको ५८ औं मिनेटमा एपीएफका बुद्धीमान राईले निकालेको पास डिबक्स भित्रबाट युवराज खड्काले किलियर गर्न नसक्दा थप गोल गर्ने अवसर खेर गयो ।
८४ औं मिनेटमा युवराजले डिफेन्डरलाई क्रस गरेर निकालेको बल अर्मन्दले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो ।

दोस्रो हाफदेखि भुटानले पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा पाहुना टोली प्रतियोगितादेखि बाहिरन बाध्य भयो । खेलको ८५ औं मिनेटमा भुटानका फोफोनाले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । त्यसलगतै भुटानका साहिदले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिदिदा गोल हुनबाट चुक्यो ।

जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक रतनराज महर्जनले खेलाडीहरुको मेहनतको कारणले पाहुना टिमललाई हराएको बताए । ‘जित निकाल्न संघर्षपूर्ण र¥यो,’ उनले भने, ‘आएको अवसर निर्धारित समयमै सदुपयोग गर्न नसक्दा अतिरिक्त समय कुर्नुप¥यो ।’
यता भुटानका प्रशिक्षक डिर्जेले नयाँ खेलाडी र नयाँ ठाउँ भएको कारणले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार भएको बताए ।

सम्बन्धित समाचार

मोरङको मुनालझोडामा मृत भेटिए हात्ती, गोली हानेको आशंका

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका १० मुनालझोडामा एउटा हात्ती मृत भेटिएका छन् । आज विहान हात्ती मृत अवस्थामा भेटिएको हो । मृत भेटिएको भाले हात्ती रहेको सव डिभिजन वन कार्यालय, सलकपुरका सहायक वन अधिकृत लाल...

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...

घरको पर्खालले किचेर एक जनाको मृत्यु

विराटनगर, २२ साउन । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर...

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

प्रदेश १ मा आज ६७० जना डिस्चार्ज हुँदा ६५ सक्रमित थपिए

विराटनगर, ४ पुस- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ सय ७० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय ६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म...

लाभान्वित सहकारीको खुद नाफा ६० लाख

विराटनगर । विराटनगर – १६ बुद्ध चोकमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्षमा झण्डै ६० लाख रुपैयाँ खुद नाफा गरेको छ । विराटनगरमा शनिबार भएको सहकारीको १३ औं वार्षिक साधरणसभामा आर्थिक वर्ष...

कोशी प्रदेश खेलकुद विकासको बोर्डको सदस्य सचिवमा बस्नेतले गरे पुनः पदभार ग्रहण

विराटनगर /कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनः कृष्ण बस्नेत (पर्शुराम)ले आज पदभार ग्रहण गरेका छन् । उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले आज पदभार ग्रहण गरेका हुन् । तत्कालिन मुख्यमन्त्री भीम आचार्यको...

पाकिस्तानमा लगातार ३ वटा बम बिस्फोट

एजेन्सी, असार ७-पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका ३ वटा बम बिस्फोटनबाट २ सैनिकसहित ४ जनाको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटको जिम्मेवारी लिएको छ । एउटा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्