विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् । ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् ।
ढुवानी व्यवसायीहरुले कार्य गर्दा कपडाजन्य माल सामान बुकिङ गर्दा बिल विजक फर्जि भनि ढुवानीका गोदाम तथा लोड गर्ने व्यपारीहरुको गोदामबाट सामानहरु लोड गर्ने क्रममा सरकारी प्रशासनहरुबाट चेकजाचका क्रममा अनावाश्यक दुःख दिने गरेको उनीहरुको गुनासो रहेको छ । राष्ट्र निर्माणमा ढुवनी व्यवसायीहरुको योगदान उल्लेखिनय रहेकोले भन्दै उनीहरुले जिल्ला प्रशासन, प्रहरी, राजश्व अनुसन्धान कार्यालय, भन्सारले सामान आयत निर्यातमा व्यवसायीहरुलाई सहजिकरणी गरिदिनुपर्ने बताए । ढुवानी व्यवसायीलाई मन्दीत गर्न आफ्ना व्यवसायीहरुले अनिवार्य भाडा विल्टी राखि ढुवानीका साधानहहरुलाई संचालन गरि राज्यलाई प्राप्त हुने ढुवानी भाडाको अग्रीम आयकर, टि.डि.एस उपलब्ध गराउँदै आएकोले राज्यले व्यवासयी मैत्री कानुन निर्माण गरिदिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा ढुवानी व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष विश्वनाथ खनालले बैंकहरुको चर्को ब्याजदर कायम गरेकोले व्यापार व्यसाय संचालनमा कठिनाए आएको बताए । बैंकलले ब्याजदर घटाउनुपर्ने उनले बताए । ढुवानी व्यवसायीहरुले बैंक तथा वितिय संस्थाहरु सँग लिएको कर्जामा अत्याधिक व्याजदर वृद्धि गरेको हुदा सो व्याजदर पुरानै अवस्थामा हुनु पर्ने उनले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले टुवनी व्यवसायीहरुको अवेवस्थित पार्किलाई स्थानी, तह, प्रदेश सरकार र व्यवसायी मिलेर व्यवस्थित रुपमा संचालन गरिनुपर्नेमा जोड दिए । उनले ट्रान्सपोट नगर स्थापना गरी व्यवस्थित रुपमा ढुवनीको साधनहरु संचालन गरिनुपर्ने बताए । बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारयण थापाले व्यवसायी र स्थानीय सरकार समन्य र सहकार्य गरी व्यापार व्यवसाय संचालनमा बुढीगंगा गाउँपालिकाले साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङका महासचिब सोमप्रसाद भट्टराईले आफ्ना व्यवसायहरुलाई थप काममा टेवा पुयाउन तेस्रो मुलुक लगायत भारतबाट नेपाल प्रवेश गरि सकेको माल सामानहरु नेपालममा दर्ता रहेका ढुवानी व्यवसाय मार्फत गरिनुपर्नेमा जोड दिए । नेपालकै दवानीका साधनहरुबाट कार्य गर्नका लागी भारतीय नम्बरका ओभरलोड बोक्ने ट्रकहरु साथै भारतीय ढुवानी व्यवसायीहरुलाई नेपालमा कार्य गर्न रोक्नुपर्ने उनले बताए । कार्यक्रममा ढुवनी व्यवसायी महासंघको उपाध्यक्ष प्रदिप अर्यालले भिसिटिएस प्रणालीको कारणले व्यापार व्यवसायमा समस्या आएको उनले बताए । राज्यले भिसिटिएसको विषयमा पुनः बिचार गरिनुपर्ने उनले बताए । इटहरी ट्रक व्यवसायी महासंघको अध्यक्ष संयोग विधापतिले राज्यले तोकेको भाडादर अहिले पनि व्यवसायीहरुले नपाउने गरेको बताए । राज्यले तोकेको भाडादर ट्रक व्यवसायीहरुले पाउनुपर्ने उनले बताए । ‘भारतीय सवारी साधान निर्वात रुपमा संचालन हुने गरेकोले पनि स्वदेशी व्यवसायीहरु मार्कामा परेका छौं,’ उनले भने, ‘यसमा सम्बन्धीत निकायले चासो दिनुपर्नेछ ।’
सोही अवसरमा दुई जना ढुवानी व्यवसायीलाई सम्मान गरिएको छ । जसमा पशुपति ढुवानी सेवाका संचालक सन्तोष सराफ र न्यू बंगलामुखी ढुवानी सेवाका संचालक सजिता तुलाधरलाई कदर पत्रले सम्मान गरियो । यस्तै एसोसिएसनबाट सामाजीक कार्य स्वरुप बुढिगंगा गाँउपालिका वडा नं. २ को सामुदायिक स्कुलमा अध्ययरत पाँच जना विद्यार्थीलाई छात्रवृती प्रदान गरिएको छ । मन्धुग्राम देवता आधारभुत विद्यालय बुढिगंगा–२ का २ छात्र र तीन छात्रा छात्रावृति प्रदान गरिएको थियो ।
विराटनगर । भारतदेखि तस्करी गरेर ल्याइएको कपडाको भ्याट बिल असम्बन्धित फार्मले काटिदिने गरेको पाइएको छ ।राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले विराटनगर महानगरपालिका–८ मा रहेको जेबी ट्रान्सपोर्टमा छापा हानेको ठूलो परिमाणमा तस्करीको कपडा बरामद गरेपछि यस्तो...
एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति...
काठमाडौं, १५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय...
विराटनगर । विराटनगर – १० लालिगुरास चौकमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । ८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा जलेर आज विहान साढे ७ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...
काठमाडौं, १० वैशाख । प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, हरेक बस्तीहरूलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, सडक निर्माण गर्दा यसको दिगोपन, लाभ...
एजेन्सी, बैशाख १५-भारतमा लकडाउन जारी रहे पनि कोरोना भाइरस संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ ।वर्ल्डोमीटरका अनुसार गएको २४ घटामा मात्रै त्यहाँ १ हजार ६ सय ७ जना संक्रमित थपिँदा ५६ जनाले ज्यान गुमाएका छन्...
नेकपाको ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्ने भएपछि आइतबार ओली समूहका सांसदहरुले प्रदेशसभा बहिष्कार गर्ने भएका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको...