विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ ।
विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा सञ्चालित प्रतियोगिताको सातौं संस्करणमा पहिलो पटक जावालाखेल मैदान उत्रन लागेको हो । ए डिभिजन लिग खेल्दै आएको जावलाखेललाई पहिलो पटक मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता विराट गोल्डकप खेल्ने अवसर मिलेको हो । आर्मी पाँचौ संस्करणको विराट गोल्डकपको उपबिजेता टिम हो । २०७४ मा भएको गोल्डकपमा आर्मी थ्रिस्टारसँग फाइनलमा ३–० गोलले पराजित भएको थियो ।
दुवै टोलीसँग ए डिभिजनमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरु भएको कारण जितका लागि निक्कै संघर्ष गर्नुपर्ने हुन्छ ।
बिहिबार भएको उद्घाटन खेलमा नेपाल प्रहरीलाई १– ० गोलले हराउँदै घरेलु टिम विराटनगर सिटी क्लब अन्तिम चारमा पुगेको छ । आज भएको दोस्रो क्वाटरफाइनल खेलको बिजेता टिम घरेलु टोली विराटनगर सिटीसँग सेमिफाइनलमा खेल्नेछ ।
चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ...
रुपन्देहीको सिमावर्ती भारतीय शहरमा कोरोना संक्रमित फेला परेपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल गरिएको छ ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार सीमाबाट हुन सक्ने आवाजजावतलाई ध्यान दिँदै उच्च सतर्कता अपनाइएको छ । रुपन्देहीको मर्चवार क्षेत्रदेखि ५...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पु¥याउने प्रतिज्ञा आफूले लिएको बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको उनले दाबी गरे । विराटनगरको सन्देशसभालाई आज...
काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।...
काठमाडौं, १६ पुस । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमिक्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त...
काठमाडौं, फागुन १९–एनआईसी एशिया बैंकले उच्च ब्याजदरसँगै २१ लाख रूपैयाँसम्मको बीमा सुविधा भएको मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको छ । बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाताअन्तर्गत त्यस्तो सुविधा थप गरेको हो । उच्च ब्याजदर...
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।जितको...