गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

 न्यूज विराट
गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गेटवेल हस्पिटलमा एक जना बिरामीको ठुलो आन्द्राको सफल शल्यक्रिया भएको छ । सप्तरीको ३७ बर्सिया कौसलीया देवी चौधरीको गेटवेल अस्पतालमा सफल शल्यक्रिया भएको हो ।

पेट साह्रै दुखाइ भएपछि उनी २९ फागुनमा गेटवेल अस्पताल आएकी थिइन् । अत्यधिक पीडा भएपछि पेट पोल्ने, वान्त हुने र दिशा नहुने समस्याले उनी ग्रस्त थिइन् । अस्पताल आएपछि गेटवेल अस्पतालका सर्जन डक्टहरू सरोज राजवंशी, डा। संजीव मण्डल र लभ कुमार मण्डलको टिमले ठुलो आन्द्रामा रहेको गाठाको सफल शल्यक्रिया गरी निकालेको छ । ६ घण्टा लामो शल्यक्रिया गरेपछि उपचार सफल भएको उपचारमा संलग्न चिकित्सक संजीव मण्डलले बताए । शल्यक्रिया गरेपछि बिरामी ठिक हुँदै गएको छ । बिरामीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार आएकोले हस्पिटलले डिस्चार्ज दिने तयारी गरेको छ ।

सफल उपचार पछि अहिले चौधरी राम्रोसँग हिँडडुल गर्नसक्ने भएकी छिन । ‘पेट दुखेर साह्रो भएको थियो । उपचार पछि अहिले राम्रोसँग डहिहुल गर्न पाएको छु,’ उनले भनिन्, ‘यो हस्पिटलका चिकित्सकको टिमले पुन जन्म दिनुभयो । उपचार संलग्न चिकित्सकप्रति कृतज्ञ भएको छु ।’

यसअघि पनि गेटवेल हस्पिटलले बिरामीको जटिल उपचार गरी बिरामीको मन जित्न सफल हुँदै आएको छ ।

सम्बन्धित समाचार

शिक्षामन्त्री भन्छन् : एसईईबारे एक साताभित्र निर्णय हुन्छ 

काठमाडौं, २२ जेठ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना...

सुख दुःखमा जीवन विकासको साथ

विराटनगर । बिहीबार दिउँसो ग्रामथान गाउँपालिका–२ खङ्गरिया झोडाकी यारुना कुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तिय संस्था झोराहाट शाखाकी प्रमुख सृजना खवास सहयोगी कर्मचारीसहित झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स,...

मन्टेश्वरीका अभिभावकसँग एभरेष्ट स्कुलको कार्यशाला

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ ।विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो । शुक्रबार नर्सरी...

नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ पुग्यो

काठमाडौं, १ भदौ–नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय ८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड( १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

सहमतिविना प्रधानमन्त्रीको राजीनामा आउँदैन : रायमाझी

अर्घाखाँची, २३ साउन-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले आज सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उनले आलोपालो प्रधानमन्त्री बन्ने पार्टी एकताताकाको सहमति...

देशभर थपिए ४४९९ कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित

काठमाडौं ७ कात्तिक-पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमूना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको...

३३ किलो सुन काण्ड: आजदेखि अन्तिम सुनुवाई सुरु, भोलि सकिने

विराटनगर, १० असोज । साढे ३३ किलो सुन प्रकरणमा मोरङ जिल्ला अदालतमा अन्तिम सुनुवाइ आजदेखि सुरू भएको छ । साढे ३३ किलोग्राम सुन प्रकरणमा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा सनम शाक्यको हत्यासमेत भएको...

रूकुम घटनाबारे प्रतिनिधिसभामा आरोप-प्रत्यारोप

काठमाडौं, १३ जेठ-सांसदले रूकुम चौरजहारीको घटनामा पूर्वगृहमन्त्री जनार्दन शर्मा नै पीडकको पक्ष लिएर राजनीतिक पहुँचका आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारूढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्