प्रहरी हवल्दार यादब दाहाल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
सोमबार, ०६ चैत, २०७९,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । प्रदेश प्रहरीले सोमबार दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्लेलाई पनि फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विभागिय मुल्य – मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको भन्दै दाहाललाई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको बताइएको छ । प्रहरी हवल्दार दाहालले मोरङको कटहरी गाउँपालिका ५ का ६२ बर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका २ स्थित नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारलाई कर्तब्य गरी मारी बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएका थिए । यस्तै सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी राय लडि घाईते भएको भनि श्रीमान शैलेन्द्र रायले उपचार्थ कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको हुँदा उनलाई सम्मा फागुन महिनाको सवोत्ृकष्ट प्रहरी घोषित गरेको प्रदेश प्रहरी कार्यालय विराटगनरले जनाएको छ ।
विराटनगर, १७ भदौ-बिराटनगर–४ सूथत कंचनवारीबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७...
विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशमा शम्भू साहको प्यानलै निर्वाचित भएका छन् । साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी विवेक दाहालले १८३ मात्र मत...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत शुक्रबार भएको बास्केटबलमा विराटनगरको एभरेष्ट र बिकेभिएम स्कुल विजयी भइ सेमिफाइलनमा पुगेको छ ।विराटनगरको एभरेष्टका खेलमैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले सुन्दरहरैचना नगरपालिकामा रहेको ब्राइट फ्यिुचर...
विराटनगर, फागुन २२–कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाईएको छ । प्रदेश सरकारले शंकास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा...
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो । विवेकशील नेपाली...
काठमाडौं, १४ जेठ-बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको छ । कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशभित्र...
काठमाडौँ, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरूपमा कब्जा गरेको र आफैँले समेत विवादित...
विराटनगर, चैत २२–प्रदेश नं. १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल कक्षा’ शुरु गरिएको छ । विश्व महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले देशव्यापी लकडाउन गरेपछि प्रदेश १ को...