विराटनगर । अन्तर–विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि विराटनगरस्थित मदननगर आधरभूत विद्यालयले जितेको छ । आधारभूत तह ६ देखि ८ कक्षामा अध्ययनरत बिद्यार्थीहरूबीच भएको अन्तर विद्यालय स्तरियहाजिरीजवाफ प्रतियोगितामा मदननगर प्रथम भएको हो ।
प्रथम भएको मदनगरले नगद १५ हजार रुपैयाँ पाएको छ । द्वितीय विराटनगरकै पोखरीया स्कुल, तृतीय आर्दश मावि र सान्तवना गोग्राहा मावि भएको छ । द्वितीय र तृतीय हुने विद्यालय ले क्रमशः १२ र ९ हजार पाएको छ ।
शैक्षिक गुणस्तर सुधार गरी विद्यालयको प्रतिभा उजार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक पोखरिया स्कुलका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्णप्रसाद गौतमको सभापतित्वमा भएको शिक्षा विकास तथा समन्वय मोरङका प्रमुख टंकप्रसाद गौतम प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै गौतमले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन गरी विद्यार्थी शिक्षकहरूको हौसला बढाउनुपर्ने बताए । विषयवस्तु र पाठ्यक्रम केन्द्रित यस्ता कार्यक्रमले विद्यालयको आन्तरिक सक्षमता पहिचानमा टेवा पुग्ने भएकोले यस्ता कार्यक्रमहरू अन्य विद्यालयहरूले पनि आयोजना गर्नुपर्ने बताए ।
विराटनगर ३ का वडाध्यक्ष वासु बहादुर बस्नेत, ४ का वडाध्यक्ष जितन थापाको सहभागिता रहेको थियो । प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका २८ वटा सामुदायिक विद्यालयहरूले सहभागिता रहेको सचिवालय सदस्य सागर नेपालले जानकारी दिए ।
काठमाडौं, ३ असोज-उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस-२०७७ का अवसरमा आज शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय...
विराटनगर, २५ वैशाख । २०१९ सालमा तत्कालिन बरडंगा गाविसमा जन्मिएका केदारप्रसाद यादव उमेरले ६० पुग्न लागे । पारिवारिक वातावरणनै राजनीति भएपछि उनी बाल्यकालदेखिनै त्यसैमा आकर्षित भए । सानै उमेरदेखि राजनीतिक चेतना नआउँदै नेपाली कांग्रेसको झण्डा...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजन लम्सालले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख लम्सालले...
विराटनगर । रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको हाइब्रिड स्कुटर विराटनगरको बजारमा आएको छ ।यामाहा नेपालका विराटनगरको लागि आधिकारीक विक्रेता तिरुपति अटो प्यालेस प्रालिले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी रे जेडआर १२५ हाइब्रिडस्कुटर...
विराटनगर । विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो । मञ्जिना मुभिज क्रिएसन...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व साक्षरता दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरेको छ । बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई क्लबले दिवसको अवसर पारेर विभिन्न शैक्षिक सामाग्री वितरण गरेको हो । आठ...
काठमाडौं, माघ २३। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित...
विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा...