औषधि तथा बिक्रि प्रतिनिधि संघद्धारा अभिमुखिकरण सम्पन्न
सोमबार, २९ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ बिराटनगर ईकाईले एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगरमा पहिलोपटक संघले आफ्ना सदस्यहरुको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
संघले औषधि प्रतिनिधि एमआर पेशासंग सम्बन्धित पेशागत हकहित, नितिनियम, कानुनी ब्यबस्था, अवसर र चुनौती लगायत विभिन्न महत्वपूर्ण बिषयहरुमा गहन छलफल गर्दै आफ्ना सदस्यहरुलाइ सुसूचित गराउने प्रयास गरेको छ। संस्थाका नयाँ सदस्यहरुलाइ लक्षित गरेर कार्यक्रमको आयोजना गरिएपनी संस्थाका पुराना सदस्यहरुको पनि राम्रै सहभागिता रहेको थियो।
संस्थाका ईकाई अध्यक्ष प्रमोद कुमार साहको अध्यक्षतामा कार्यक्रम सचीव दिपेन्द्र कार्कीले संचालन गरेका थिए। उक्त कार्यक्रममा ५० जना जति सदस्यहरुको सहभागिता रहेको थियो।
कार्यक्रम संस्थाका सह–सचिव अनुप लामाको संजोकत्व तथा कोषाध्यक्ष तेज नारायण साहको बिशेष ब्यबस्थापनमा सप्पन्न गरिएको थियो। जसमा मुख्य प्रशिक्षक एनएमएसआरए केन्द्रका सचिव कृष्ण खत्याडीले श्रमअधिकारका बारेमा जानकारी गराउदै श्रमिकले पालना गर्नु पर्ने कर्तव्यहरुका बारेमा जानकारी गराएका थिए । सोहि कार्यक्रममा बरिष्ठ प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले एम आरहरु अनुशासित हुँदै ईमान्दार हुनुपर्ने र चिकित्सकसंग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो बनाउन सके पेसामा मात्र नभई जीवनमा पनि सफल रहने बताए । औषधि ब्यबसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी व्यवसायी र एमआर बिचको सम्बन्धका चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव सुनिल श्रेष्ठ, केन्द्रिय सदस्य राजेश अधिकारी संस्थाका पुर्व उपाध्यक्ष राम लुइँटेल, बरिष्ठ सदस्य अन्जेस साह लगायतले आ–आफ्नो धारणा राख्दै पेशागत मुल्यलाइ कसरी अझ मजबुत र उच्च बनाउन सकिन्छ भन्ने कुरामा जोड दिएको थियो ।
कार्यक्रममा अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो। संघको पहिलो अभिमुखिकरण कार्यक्रम रहेको र आउने दिन मा थप सक्रियताका साथ यस्ता कार्यक्रमहरु संचालन हुने जानकारी सचीव दिपेन्द्र कार्कीले बताए ।
कार्यक्रम आयोजना गर्न मेरिल्याण्ड कलेजले सहयोग स्वरूप सभाहल प्रदान गरेकोमा धन्यवाद दिदै अध्यक्ष प्रमोद कुमार साहले कार्यक्रम समापन गरेका थिए ।
बुटवल, ८ वैशाख-गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो भएको आगलागीमा १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका- ४, शान्तिपुर बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी भएको हो । आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षीय समिर खनालको...
विराटनगर । स्वर्गीय शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता २०८१ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन जुनियर, सब जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो । जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका...
विराटनगर । उद्योग,कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सहकारीलाई एकिकरण गरेर दरिलो बनाउन आबश्यक भइसकेको बताउनुभएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा आज विराटनगरमा आयोजित सहकारीमा सुशासनका लागि प्रविधिले ल्याएका अवसर,...
एजेन्सी, १२ असार ।रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका...
विराटनगर,३ साउन । निषेधाज्ञा समाप्त भएपनि दैनिक रोजगारी उपलव्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ, वृद्ध एवं सुकुम्वासी परिवारका सदस्यहरुलाई भोको पेट वस्नु नपरोस भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना...
काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई) विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...
विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...
काठमाडौं, २६ जेठ-सोमबार देशको अधिकांश भूभागमा अपरान्हपछि बदलीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको...