होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
सोमबार, २२ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताएका छन् । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा निजी सचिवालयमार्फत शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घजीवनको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनु आवश्यक रहेको बताएका छन् । चाडपर्वका नाममा हुने गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा मेयर कोइरालाले जोड दिएका छन् । उनले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन महानगरवासीलाई आग्रहसमेत गरेका छन् । मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको मेयर कोइरालाले उल्लेख गरेका छन् । मेयर कोइरालाको सन्देशमा भनिएको छ, “सांस्कृतिक विविधताले भरिपूर्ण नेपाली समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ । साथै जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग पुगोस् ।” फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रंगहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रंगहरु खेली मनाउने प्राचीन परम्परा छ । फागु पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा अभिवृद्धि गर्दै आएको मेयर कोइरालाको सन्देशमा उल्लेख छ । पहाडी क्षेत्रमा सोमबार र तराई क्षेत्रमा मंगलबार होली मनाइन्छ ।
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक छेउमा व्यापार गर्नेहरुलाई छाता वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच सडक छेउमा व्यापार गरि गुजारा गर्नेहरुलाई घाम र पानीबाट बच्नका लागि छाता वितरण गरेको हो ।‘रोटरी...
विराटनगर । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा विराटनगर महानगरपालिकाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वडाध्यक्ष, कार्यपालिका...
विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिनुपर्ने माग राख्दै पत्रकारले प्रर्दशन गरेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो...
विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ ।सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण...
विराटनगर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि मोरङमा २ सय २७ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।प्रतिनिधिसभा सदस्यतर्फ तीन जना र प्रदेशसभा सदस्यतर्फ ८ जना...
विराटनगर । विभिन्न अपराध गरेर फरार भएका अभियुक्तलाई सुनसरी प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष टोली गठन गरेर फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारेको छ ।विभिन्न अपराधमा अदालतबाट दोषी...
विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० गोलले हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा आरटिएफसी क्वाटरफाइनलमा...