राशिफल

बुद्धोदय सहकारीको निक्षेप ११ करोड १ लाख

 न्यूज विराट
बुद्धोदय सहकारीको निक्षेप ११ करोड १ लाख

विराटनगर । विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ ।
सहकारीको विराटनगरमा आइतबार भएको १४ औं वार्षिक साधरण सभामा सार्वजानिक गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०७८ / ०७९ मा ११ करोड १ लाख ५३ हजार ९६७ रुपैयाँ निक्षेप गर्न सफल भएको हो ।

२०६५ मंसिर १८ गते स्थापना भएको सहकारीको आर्थिक वर्षको असार मसान्तसम्म सहकारीमा ८५५ जना सेयर सदस्य रहेका छन् । जसमा ४५७ महिला र ३९८ पुरुष रहेका छन् । सहकारीका लेखा समितिका संयोजक अविनाश कुमार निधिले प्रस्तुत गरेको लेखा प्रतिवेदन अनुसार आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड ५५ लाख ५८ हजार ८ सय रुपैयाँ शेयर पुजी रहेको छ । यस्तै नगद तथा बैंक मौज्जाद २ करोड २ लाख ६१ हजार १६० रुपैयाँ, ऋण लगानी १२ करोड २६ लाख ३६ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीको जगेडा कोेष तथा अन्य कोष २ करोड ३८ लाख ५० हजार ३४२ रहेको लेखा समितिका संयोजक निधिले जानकारी गराए ।

सहकारीका लेखा समितिका संयोजक अविनाश कुमार निधि साधरण सभामा आर्थिक वर्षको लेखा प्रतिवेदन प्रस्तुत गर्दै ।

कार्यक्रममको प्रमुख अतिथि मोरङ क्षेत्र नं. ४(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका भीम पराजुलीले छरिएर रहेको पूजीलाई एकीकृत गरी राष्ट्रिय निर्माणमा सहकारीको भूमिका ठुलो रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक प्रभू पोखरेलले केही सहकारीको कारणले सहकारी क्षेत्रको बदनामी भएकाले सदस्यहरुको मन जित्नेगरी काम गरिनुपर्ने बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद खनाल, विराटनगर ३ का वडाअध्यक्ष बासुबहादुर बस्नेत, नागरिक उड्यन प्राधिकरण पुर्व महानिर्देशक राजकुमार क्षेत्रीलगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

सीएनआई कोशी एक्स्पो सुरू (फोटो फिचर)

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...

डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...

विराटनगरमा तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...

विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट प्रणाली’ सञ्चालन

विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...