विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।
कोसीको पक्षमा ८२ मत खसेको छ । विपक्षमा ४ मत खसेको छ भने ६ जना सांसद अनुपस्थित भएका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारले उक्त संशोधन प्रस्ताव टेबल गरेपछि बहुमत ध्वनी मतले अस्वीकृत भएका थिए ।
कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिएका थिए ।
प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
निषेधाज्ञा लागू गर्ने सरकारको निर्णय आएसँगै अहिले ग्यास डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ । यसअघि शुक्रबार नै एलपी ग्यास उद्योग संघले खाली सिलिण्डर भर्न भनेपछि व्यवसायीहरू स्टकमा राख्न हतारिएका हुन् । ग्यास बिक्रेता भने एक महिनाका...
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ भएको छ । अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रमको सेवा विस्तार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर...
विराटनगर, वैशाख ३०–प्रदेश १ मा कोरोना भाईरसको केन्द्रविन्दु मानिएको उदयपुरको भुल्केका १ हजार ४ सय व्यक्तिका लागि आज होमीयोपेथिक औषधि हस्तान्तरण गरिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका...
राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू नेतृत्वको नेकपा एकता अभियानलाई पार्टी बनाउने घोषणा गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकता अभियानलाई वडा तहसम्मै विस्तार गरिने बताएका हुन् । यद्यपि,...
सर्लाही, ७ असोज-कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सर्लाहीवासी मजदुरी गर्न फेरि भारत जान थालेका छन् । स्वदेशमा रोजगारीको अभावले हातमुख जोर्ने समस्या भएपछि उनीहरू भारततर्फ जान लागेका हुन् । खुला सीमा...
विराटनगर । नेवार समुदायका कन्याले अनिवार्य रुपमा गर्नुपर्ने परम्परागत धार्मिक विधि हो, बेलबिवाह । सुनको प्रतिमा सूर्यलाई अर्पण गरी कन्याको विवाह गर्ने र बुबाले छोरीलाई कन्यादान दिने परम्परा छ । व्यक्तिगत रुपमा आयोजना गर्दा खर्च...
जनकपुर, माघ २८–प्रदेश २ को स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफनो मस्यौदा आज सरकारलाई हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा. रामकेवल साहले सामाजिक विकास मन्त्री नवल...
विराटनगर, १ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास...