अन्तर्राष्ट्रिय महिला दिवसमा न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा छुट
मङ्गलबार, १६ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले एक महिनासम्म छुट योजना ल्याएको छ । हस्पिटलले फागुन १७ देखि चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो ।
हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर छुट योजनासहित सचेतना मुलक अभियानको कार्यक्रम पनि गर्दै आएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । सम्पूर्ण महिलाहरुको सम्मानका लागि महिना भरी प्रसूती तथा स्त्री रोगको ओपीडि सेवा निःशुल्क गरिएको छ ।
प्रसुती तथा स्त्री रोग ओपिडी सेवाको जाँचमा २५ प्रतिशत छुट रहेको रहेको छ । यहाँ वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ तथा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेकी प्राडा शैलजा क्षेत्री (श्रेष्ठ) र डा.निशा अधिकारी रहेकी छिन् । अस्पतालले पाठेघरको मुख सम्बन्धी क्यान्सरको जाँच पनि निःशुल्क गर्ने भएको छ । प्याप स्मियर जाँच र कोल्पोस्कोपी जाँच पनि हुनेछ । हस्पिटलले स्तन क्यान्सर सम्बन्धी परामर्शको साथै सचेतना कार्यक्रम पनि गर्ने मेडिकल डाइरेक्टर प्राडा शैलजा क्षेत्री श्रेष्ठले बताइन् । ‘महिलाहरूमा हुने स्तन क्यान्सरको सुरुवाती पहिचान कसरी गर्ने भन्ने विषयमा पनि सचेतना तथा परामर्श र जाँच गरिनेछ,’ डा. शैलजाले भनिन्, ‘महिलाहरुमा यस्तो समस्या देखा पर्न थालेको छ । स्वास्थ्य सचेतना जोगाउन जरुरी रहेको छ ।’ अहिले एकदमै बाझोपनको समस्या पनि बढदै गएको उनले बताइन् । निकट भविष्यमा न्यूरोले आइबिएफ सेवा पनि सुचारु गर्ने तयारीमा रहेको छ ।
यस्तै हस्पिटलले मानसिक स्वास्थ्य सम्बन्धी परामर्श परामर्श दिन दिने भएको छ । महिला स्वास्थ्य सम्बन्धी हेल्थ प्याकेजहरुमा पनि विशेष छुटको व्यवस्था गरिएको हस्पिटलले जनाएको छ । एक महिनासम्म निःशुल्क सेवा लिने महिलाहरुको परिवारका सदस्यहरुलाई पनि विभिन्न स्वास्थय सेवाहरुमा छुटको व्यवस्था गरिने हस्पिटलले जनाएको छ । ७५ प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेको हस्पिटलले ६ वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वास्थ्य सेचतना कार्यक्रम गर्दै आएको छ । अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टको नेतृत्वमा अस्पतालले व्यवसायिक प्रतिवद्धतामा मात्र नभएर सामाजिक उत्तरदायित्वमा पनि आफुलाई अग्रपंतिमा उभ्यिाएको हस्पिटलले बताएको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...
विराटनगर, २० असार । समयमा चिकित्सक नभेटिएपछि कोशी अस्पतालले कारबाहीकाे लागि पत्र काटेको छ। अस्पतालमा निर्धारित समयमा समेत बिरामीलाई छाडेर चिकित्सक अन्यत्र निजी क्लिनिकमा उपचारमा व्यस्त हुने गरेको गुनासोसँगै अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज...
विराटनगर, ९ भदौ–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग मंगलबार छलफल गरेका छन् । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर...
काठमाडौं, २६ साउन-भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल ट्विटरमा ट्विट लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आज गरिएको अस्पताल भिजिटका क्रममा...
विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य अनुसार आम्दानी गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो ।त्यसको तुलनामा महानगरपालिकाले...
काठमाडौं, ११ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १११ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...
विराटनगर, २७ मङ्सिर । प्रदेश नं १ मा कोरोना भाइरसको नयाँ भेरियेन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच लगायतको अन्य उपायहरुको पुर्व तयारी शूरु गरिएको छ । प्रदेशका भारतसंग जोडिएका सीमा नाकाहरु विराटनगरको रानी, झापाको...
विराटनगर, २३ कात्तिक । विराटनगर हाटखोलास्थित मोरङ कारागारमा कदैदीबन्दीबिच झडप भएको छ । कारागारभित्र रहेका कैदीबन्दीको दुई समुहबिच आज विहान समुहबिच झप भएको हो । झडपमा आधा दर्जन कैदीबन्दी घाइते भएका छन् । विराटनगर कारागारका...