राशिफल

प्रदेश १ मा ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि तयारी शुरु

 न्यूज विराट
प्रदेश १ मा ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि तयारी शुरु

विराटनगर, २७ मङ्सिर । प्रदेश नं १ मा कोरोना भाइरसको नयाँ भेरियेन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच लगायतको अन्य उपायहरुको पुर्व तयारी शूरु गरिएको छ ।

प्रदेशका भारतसंग जोडिएका सीमा नाकाहरु विराटनगरको रानी, झापाको काकरभिट्टा, र सुनसरीको भान्टावारीमा हेल्पडेस्क राखेर भारतमा लामो समय वस्ने नेपाली लगायत तेश्रो मुलुकवाट आउने नागरिकहरुको स्वास्थ्य चेक जाँच, एन्टिजेन परीक्षणका साथै १४ वटै जिल्लाका जिल्ला अस्पतालहरुमा थप आइसियु शैया सहित आक्सिजन प्लान्ट जडान र सीमा क्षेत्रमा होल्डिङ सेन्टर स्थापना गर्नु सुझाव दिनु भएको थियो ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मंत्रालयद्वारा आज यहाँ आयोजित सरोकारवालाहरुसंँग आयोजित प्रदेश स्तरिय कोभीड ओमिक्रोन नियन्त्रण पूर्व तयारी छलफल कार्यक्रममा सीमानाकामा अनिवार्य स्वास्थ्य चेकजाँचको व्यवस्था , मेची, उदयपुर, सखुवासभा, ताप्लेजुङ , पाँचथर, धनकुटा तथा तेह्थुम जिल्लाका जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने काम सम्पन्न भएको तथा अस्पतालहरुका स्वास्थ उपकरणको थप प्रवन्ध मिलाइएको सहभागीहरुले जानकारी गराउनुभयो ।

मन्ंत्रालयका सचिव कालीप्रसाद पराजुलीले कोरोना खोप केन्द्रको दायरा वढाउँदै खोपलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले कोरोना विरुद्धको खोपको सहज उपलव्धता भएकोले विद्यालय तथा स्थानीय निकायका प्रत्येक वडाका खोप केन्द्र वृद्धि गरि अभियान सञ्चालन गर्न सम्वन्धित सरोकारवालाई निर्देशन दिनु भयो ।

नेपाली सेना दुई नम्वर वाहिनी इटहरीका वाहिनीपती प्रकास देउजाले प्रदेशमा सञ्ंचालित हेल्प डेस्क लाई व्यवस्थित गर्दै सीमानाकामा होल्डिङ सेन्टर निर्माणमा सेनाको सहयोग रहने बताउनु भयो ।

१ नम्वर प्रदेसका प्रहरी कार्यालयका प्रमुख अरुणकुमार विसिले भारतसंग सीमा जोडिएको नाकामा जनचेतना वृद्धि गर्नुका साथै स्वास्थ्य चेकजाच वढाएर ओमिक्रोन नियन्त्रण गर्न सकिने धारणा राख्नु भयो ।

सशत्र प्रहरी वल पकलीका वाहिनीपती कमल गिरीले भारतमा ओमिक्रोेनको सङ्क्रमण वृद्धि भएमा नेपालमा भयावह स्थिति आउने हुनाले अहिले देखिनै तयारी तिव्र वनाउनुपर्नेमा जोड दिनु भयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिना,विश्व स्वास्थ्य संगठनका चिकित्सक डा सागर पौडेल, सामाजिक विकास मंत्रालयका उप सचिव सचिव फणिन्द्र खत्री , स्वास्थ्य कार्यालय परिवार नियोजना शाखा अधिकृत कन्हैया साह तथा प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साह लगायतले प्रदेशमा कोभिड नियन्त्रण व्यवस्थापन तथा रोकथामका वारेमा भइरहेको कामको वारेमा जानकारी गराउनु भएको थियो ।

प्रदेशमा यही मङ्सिर २६ गतेसम्म १४ लाख आठ हजार २११ (४३ दशमल ६३ प्रतिशत) लक्षित समूहलाई खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...