जिफन्ट प्रदेश १ मा युवा र महिला कमिटिमा नयाँ नेतृत्व : युवाको अध्यक्षमा भली सुब्बा गुरूङ्ग, महिलामा डोमा
शनिबार, १३ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को महिला तथा युवाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
जिफन्ट प्रदेश युवा कमिटिको अध्यक्षमा भली सुब्बा गुरुङ्ग निर्विरोध निर्वाचित भएकी छिन् । उनी राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिको सचिब पनि हुन् । नवनिर्वाचित अध्यक्ष भली सुब्बा गुरुङले युवाहरुको क्षमता अभिवृद्धीमा क्रियाशिल भएर लागि पर्ने बताइन् ।
यस्तै युवा कमिटिको उपाध्यक्षमा कृष्ण चौधरी, सचिबमा मन्टु राम, सहसचिबमा विजय प्रधान रहेक छन् । यस्तै सदस्यहरुमा अजय कुमार राय, मो समिर, अनिता चौधरी, विराज सुवेदी, दिपेन्द्र कार्की, उर्मीला तिम्सिना रहेका छन् । अधिवेशनबाट महिला कमिटिको अध्यक्षमा डोमा गिरी राई भएकी छिन् । उपाध्यक्षमासीता देवी उप्रेती र सचिबमा सायद तबसुम रहेकी छिन् । यस्तै सदस्यहरुमा समला राजवंशी, गीता खड्का, रोहिल चौधरी, रीता घिमिरे, भुनादेवी खतिवडा, यमुना काफ्ले र लक्ष्मी घिमिरे रहेकी छिन् ।
कार्यक्रमको प्रथम अतिथि केन्द्रीय जिफन्टको केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ रहेका थिए भने कार्यक्रममा महिला कमिटिको केन्द्रीय अध्यक्ष सीता लामा, प्रदेश १ अध्यक्ष किशोार धमलालगायतको उपस्थीति रहेको थियो ।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले तीन सदस्य मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार शपथ लिएसँगै मुख्यमन्त्री थापाले तीन सदस्य मन्त्रीमण्डल वितरण गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार नै मन्त्री पदको शपथ लिएका छन्...
काठमाडाैं, २० वैशाख-वालुवाटारमा नेकपा सचिवालय बैठक सकिएको छ । पार्टी एकतालाई दृड भएर रक्षा गर्ने निणृय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारले देश र जनताको पक्षमा काम गर्ने गरी काम गर्ने निर्णय भएको उनको...
काठमाडौं, कात्तिक २९-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका डा. गोविन्द केसीलाई स्वास्थ्यलाभकाेे कामना कामना गरेका छन्। शनिबार एक ट्विटमार्फत स्वास्थ्यलाभकाे कामना गर्दै ओलीले डा. केसीकाे उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने जानकारी पनि दिएका...
विराटनगर, ११ भदौ–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरका विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षाका लागि लगाइने मास्क हस्तान्तरण गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँगको सहकार्यका काम...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङका अध्यक्ष देशबन्धु ढकाललेले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको दोस्रो पटकको दण्ड प्रणाम यात्रा हो ।दण्ड प्रणाम यात्राका लागि उनी...
विराटनगर, १२ असार । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ ।...
झापा, पुस १२। झापामा विभिन्न दलका हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुमानसिंह तामाङसहित नेकपा माओवादीका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले दमक...
विराटनगर, १५ साउन-विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत ३५ करोड ७३ लाख ३८ हजार ९ सय रुपैयाँ वितरण गरेको छ । महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३ सय ७ जनालाई १९...