निर्माण व्यवसायी महासंघ प्रदेश १ अध्यक्षमा जनसेवक भण्डारी निर्वाचित
बिहिबार, ११ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । निर्माण व्यवसायी महासंघ प्रदेश १ अध्यक्षमा जनसेवक भण्डारी २६७ मत ल्याएर निर्वाचित भएका छन् । प्रतिस्पर्धी कमल प्रसाद गौतमलाई ६२ मतले हराउँदै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
भण्डारीका प्रतिस्पर्धी गौतमलले १ सय ६३ मत मात्र ल्याएका छन् । निर्माण व्यवसायी महासंघ प्रदेशको बुधबार सम्पन्न भएको निर्वाचनमा भण्डारी र गौतमको समूह चुनावी मैदानमा उत्रिएको थियो । भण्डारीको समूहले महासंघमा बर्चस्व कायम गरेको छ । प्रथम उपाध्यक्षमा पनि भण्डारी समूहबाट केशव कुमार बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले ३०३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी दिपक पौडेलले १६३ मत पाए ।
महासचिबमा रमेश कार्कीले २६६ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्धर्पी मौसम थापाले १९६ मत ल्याए । कोषाध्यक्षमा सन्तोष कुमार बस्नेत निर्वाचित भए । उनले ३३३ मत ल्याएर निर्वाचत हुँदा उनका प्रतिस्पर्धी निर्मल कुमार श्रेष्ठले १२७ मत पाए । सहकोषाध्यक्षमा योगराज दाहाल (चन्दन) ले २५७ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्धर्पी खगेन्द्र राईले २११ मात्र मत पाए ।
विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखले जारी गरेका छन् । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷ ८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः...
संखुवासभा, ४ असोज । भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका...
विराटनगर, १५ असार । गत २० जेठमा एक भारतीय मजदुरको मृत्यु र एक जना गम्भिर घाइते हुनेगरी भएको कार दुर्घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रबिन कार्की विरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता भएको छ...
काठमाडौं, १३ जेठ-संघीय संसद्को पुरानो लोगो प्रतिस्थापन गरेर नयाँ लोगी अध्यावधिक गरिएको छ । सरकारले नयाँ नक्सा जारी गरेर कार्यान्वयनमा लाएपछि सोहीअनुसार संघीय संसदमा पनि नयाँ लोगो अध्यावधिक गरिएको हो । मंगलबारदेखि संघीय संसद प्रतिनिधिसभा...
काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...
विराटनगर, ७ फागुन । सुनसरी इटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नि चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ । बिहीबार १६स३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले...
विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले...
विराटनगर । विराटनगरमा विश्व मुटु दिवस मनाइएको छ । आइतबार विराट मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विश्व मुटु दिवस मनाइएको हो । सो अवसरमा मानिसको महत्वपूर्ण शारीरिक अंग मुटुलाई...