भव्य कार्यक्रम गरी मनायो गौतमबुद्ध स्कुलले वार्षिकोत्सव
आइतबार, ०७ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
वार्षिक उत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । स्कुलको वार्षिक उत्सवको उद्घाटन गर्दै मेयर कोइरालाले संस्कार र सिपसहितको गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिए । अहिले आवश्यकता भनेको संस्कारसहितको रोजगारमुखी शिक्षा भएकोले यसतर्फ ध्यान दिनुपर्ने उनले बताए । स्कुलका भाइस प्रिन्सिपल निकिता ताम्राकार सुवालले स्वागत मन्तब्य राखेकी थिइन् ।
वार्षिक उत्सवको अवसर पारेर फनफिस्टा पनि आयोजना गरिएको थियो । फनफिस्टामा एक दर्जन बढी स्टलहरु रहेको स्कुलका प्रिन्सिपल केशवलाल सिंह सुवालले जानकारी दिए । कार्यक्रममा बोल्दै सुवालले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको क्षमता अभिवृद्धीको लागि स्कुलले विशेष ध्यान दिएर काम गरेको बताए । वार्षिक उत्सवमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र फेशन शो पनि प्रस्तुत गरी सहभागिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।
कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरुले मनोरञ्जनत्मक खेलहरु पनि देखाएर रमाइलो गरे । वार्षिक उत्सवमा अवसरमा एलकेजीदेखि कक्षा १० सम्म प्रथम, द्धितीय र तृतीय हुने ६८ जना विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरियो । यस्तै २५ वर्षसम्म गौतम बुद्ध स्कुलमा अध्यापन गराउने चार जना शिक्षकहरुलाई सम्मान गरियो । जसमा धिरज राजवंशी, गुणसागर पण्डित, भाष्कर ढंगोल र कमलसेन गुप्तालाई सम्मान गरियो । यस्तै उत्कृष्ट शिक्षकमा प्राइमरीतर्फबाट पुष्पा बस्नेत, र सेकेण्डरीबाट पुजन तामाङलाई सम्मान गरेको थियो । यस्तै प्राइमरीतर्फबाट ग्रेड टिचरमा संगीता शर्मालाई सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकहरुलाई स्कुलका हेड टिचर अर्जुन मल्ल ठकुरी, कमलशेन गुप्ताले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
महोत्तरी, २२ वैशाख-महोत्तरीमा लकडाउन उल्लंघन गर्दै सीमा पार गर्न लागेका ११ भारतीय मुस्लिम धर्मावलम्बीलाई पक्राउ गरिएको छ । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिम धर्मावलम्बीलाई आज बिहान नेपाल प्रहरी...
काठमाडाैं, १३ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’...
विराटनगर, असार २८–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले नेकपाको आन्तरिक झागडा विदेशी राजदुतले मिलाउन खोज्नु दुखद भएको बताएका छन् । सत्तारुढ दल नेकपाकै केन्द्रीय सदस्य समेत रहेका सांसद मण्डलले प्राइमटाईम्सम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए...
विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधित क्षेत्र तोडेर आन्दोलनकारी अगाडी बढेपछि...
विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले प्रदेशबासीमा संघीयताप्रति वितृष्णा पैदा भएको बताएका छन् । संविधान दिवसका अवसरमा आज विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले...
सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रदेश १ का सवै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी...