पाँच महिनामै कोसी अस्पतालको मेसु फेरियो, ११ औं तहलाई पाखा लगाउँदै जुनियर डाक्टर रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी

 न्यूज विराट
पाँच महिनामै कोसी अस्पतालको मेसु फेरियो, ११ औं तहलाई पाखा लगाउँदै जुनियर डाक्टर रविनराज सिंहलाई निमित्त मेसुको जिम्मेवारी

विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल कोसीको मेडिकल सुपरिटेन्डेन्ट  (मेसु ) पाँच महिना पनि पुरा नुहदै परिवर्तन भएको छ ।  आइतबार बसेको मन्त्री स्तरीय निर्णय गर्दै  कोसी अस्पतालको निमित्त मेसुमा डा. रविराज सिंहलाई तोकेको हो ।

अस्पतालको १० औँ तहको सर्जन डाक्टर सिंहलाई निमित्त मेसुको जिम्मेवारी दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए । 
यसअघि अस्पतालका वरिष्ठ वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव मेसुमा नियुक्त भएका थिए । उनी भदौ १६ गते कोसी अस्पतालको निमित्त मेसुमा नियुक्त भएका थिए । यसअघिका मेसु डा यादव अस्पतालको पुरानै जिम्मेवारीमा फर्केका छन् । उनी वरिष्ठ फिजिसियन डाक्टर हुन् । 

स्वास्थ्य मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताहरूको दबाबको कारणले जुनियर डाक्टरलाई मेसुमा नियुक्त गरेपछि अस्पताल भित्र विवाद सृजना भएको छ । कोसी अस्पतालमा ११ औँ तहको दरबन्दी गरेको छ । कोसी  अस्पतालमा अहिले दुई जना ११ औँ तहका चिकित्सकहरू रहेका छन् । डा. दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा. रामनारायण चौधरी ११ औ तहका चिकित्सक हुन् । ११ औँ तहको डाक्टर अस्पतालभित्रै हुँदा हुँदै पनि जुनियर डाक्टरलाई मेसुको जिम्मेवारी दिएपछि अस्पताल भित्र विवाद सृजना भएको हो ।

‘सिनियर र दरबन्दी अनुसारको चिकित्सक हुँदा हुँदै जुनियरबाट चिकित्सकबाट मेसुमा जिम्मेवारी तोकिएपछि भोलिको दिनमा अहिले मेसु नियुक्त भएका डाक्टरलाई ती सिनियर चिकित्सकले टेर्दैनन्,’ कोसी अस्पतालका वरिष्ठ एक चिकित्सकले भने, ‘कि त हस्पिटल भित्र भएका ११ औैै तहको चिकित्सकलाई मेसु बनाएर ल्याउनुपर्ने थियो । यदि हस्पिटल भित्रका सिनियर र ११ औँ तहको चिकित्सक नभए स्वास्थ्य मन्त्रालयले अन्यन्त्रबाट भए पनि ११ औ तहको चिकित्सक पढाउनुपर्ने थियो । त्यो सरासर राजनैतिक दबाबको कारणले नयाँ मेसु नियुक्त भएको छ ।’ यसरी सिनियर चिकित्सकलाई बाइपास गरेर जुनियरबाट मेसु नियुक्ति गर्दा हस्पिटलमा काम गर्न असहज भएको ती सिनियर चिकित्सकले बताए ।

‘प्रदेश १ को सबैभन्दा ठुलो सरकारी हस्पिटल सुधार गर्ने पक्षमा अहिलेका विकास समिति र स्वास्थ्य मन्त्रालय पनि देखिएन । यसअघि पनि १० औँ तहको चिकित्सक मेसुमा थिए । यसअघिका डाक्टर यादव हस्पिटल भित्र सिनियिर चिकित्सकको रूपमा कहलिएका थिए । त्यस बेला पनि उनलाई यहाँका अन्य चिकित्सक र कर्मचारीहरूले असहयोग गरेका थिए ।’ अहिले नियुक्त भएका जुनियर डाक्टर सिंहलाई सिनियर चिकित्सक, उनका समकालीन चिकित्सक र कर्मचारीहरूले पनि नटेर्ने बातवरण  रहेको हस्पिटलमा कार्यरत चिकित्सकहरू बताउँछन् ।

सम्बन्धित समाचार

गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन

विराटनगर, ६ माघ । राष्ट्रिय गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको हो । न्यू सृष्टि दैनिकको...

साउन मसान्तबाट कक्षा १२ को परीक्षा, भौतिक उपस्थितिमै परीक्षा सञ्चालन

काठमाडौं, साउन ५ । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैं...

पत्रकार विश्वकर्मालाई सम्मान गरिने

विराटनगर, २७ मंसिर–मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका सकृय पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले पत्रकार विश्वकर्मालाई सम्मान गर्ने भएको हो । महासंघ...

प्रदेश १ बाट एकै दिन ४० जनाले जिते कोरोना

विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...

रथयात्रामा उछृंखल गतिविधि र पाकेटमारमा संलग्न भएको आरोपमा १२३ जना पक्राउ

विराटनगर । विराटनगरमा मंगलबार निस्किएको ं ९३ औं संस्करणको राधाकष्ण रथयात्रामा उछृंखल गतिविधि र चोरीमा संलग्न भएको आरोपमा प्रहरीले १२३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ११३ जना पुरुष र १० जना महिला रहेको मोरङ...

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...

औषधि व्यवसाय संकटमा, तत्काल सुधारको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (NCDA) मोरङ शाखाले औषधि व्यवसायमा गहिरो संकट उत्पन्न भएको भन्दै तत्काल सुधारको माग गर्दै एक विज्ञप्ति जारी गरेको छ। संघले औषधि व्यवसायको ५२ वर्षे इतिहासलाई स्मरण गर्दै, अहिलेको आर्थिक...

रुकुम पश्चिम घटना : वडाध्यक्षसहित २३ जना जेल चलान

रुकुमपश्चिम, १० असार-रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । त्यस्तै,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्