विराटनगर । विराटनगरमा जारी हिसान स्पोर्टस मिट अन्र्तगत भएको तीन खेलमा आधा दर्जन कलेज विजयी भएका छन् । विराटनगरमा बिहीबार भएको क्रिकेटमा कान्तीपुर र विकेभिएम, फुटबलमा रेड स्टार, जनक मेमोरियल र शिक्षादिप तथा भलीबलमा मोर्डन एरा र अर्किड कलेज विजयी भएका हुन् ।
क्रिकेटको पहिलो खेलमा कान्तीपुर कलेजले मेरिल्याण्ड कलेजलाई ५७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित २० ओभरमा ३ विकेट १ सय ४५ रनको विशाल योगफल तयार पारेको थियो । जसमा म्यान अफ द म्याच राज वर्माले अविजित ५४ रन बनाउँदा नवराज संग्रौलाले अविजित ३१ रन र भोला सेठले २७ रनको गोगदान दिए । मेरिल्याण्डका अविजित राय र अभय मण्डलले १–१ विकेट लिए । जवाफमा १ सय ४६ रनको विशाल लक्ष्य पछ्याएको मेरिल्याण्डले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाई ८७ रनमा बनायो । जसमा मिथलेश पोद्धारले सर्वाधिक २१ रनको योगदान दिए । कान्तीपुरका अविशेक मण्डलले २ विकेट लिए । दोस्रो खेलमा विकेभिएम कलेजले कोबास कलेजलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोबासले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाई ९७ रनको समान्य योगफल खडा गरेको थियो । जसमा दिपेश मण्डलले २२ रनको योगदान दिए । विकेभएमका म्यान अफ द म्याच विक्रम मेहताले ४ विकेट लिँदा विजय यादवले पनि ३ विकेट लिए । जवाफमा ९८ रनको सामान्य योगफल पछ्याएको विकेभिएमले १३ ओभरमा ३ विकेट गुमाउँदै सो विजयी लक्ष्य पार गरेको छ । जसमा शिभम यादवले २२ रनको योगदान दिए । कोवासका अभय यादव र दिपेश मण्डलले १–१ विकेट लिए ।
यसैगरी फुटबलको पहिलो खेलमा पथरीको रेड स्टार कलेजले विराटनगरको लर्डबुद्ध कलेजलाई ४–१ को गोल अन्तरले पराजित ग¥यो । रेड स्टारका म्यान अफ द म्याच सुरज लिम्बुले ह्याट्रिकसहित ३ गोल र संजोग राईले एक गोल गरे । लर्डबुद्धका अनुज ताजपुरियाले सान्तवना गोल फर्काए । दोस्रो खेलमा ग्रामथानको जनक मेमोरिय कलेजले विराटनगरको कान्तीपुर कलेजलाई पेनाल्टी सुट आउटमा ३–१ को गोलले हरायो । निर्धारित समयसम्म गोल खेल बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेलको म्यान अफ द म्याच जनकका गोलकिपर जिवनकुमार सरदार थारु घोषित भए ।
तेस्रो खेलमा शिक्षादिप कलेजले अरनिको कलेजलाई १–० को गोल अन्तरले हरायो । जितको लागि शिक्षादिपका एकमात्र निर्णायक गोल बुद्ध श्रेष्ठले गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । भलिबलको पहिलो खेलमा छात्रतर्फ मोर्डन एरा कलेजले कोशी क्याम्पसलाई २–१ को सेटले पराजित ग¥यो । खेलको म्यान अफ द म्याच मोर्डन एराका अर्जुन दंगाल घोषित भए । त्यैसे गरि छात्रातर्फ अर्किड कलेजले पथरिको रेड स्टार कलेजलाई २–१ को सेटले हरायो । खेलको म्यान अफ द म्याच अर्किडकी राशिका परियार घोषित भइन् ।
न्युयोर्क, मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ । नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम...
धनुषा, २८ जेठ-धनुषाको सबैलामा गएराती गोली प्रहारबाट १ युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका-७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज...
विराटनगर, फागुन ८–मोरङको केरावारी गाउँपालिका–९ बेलचौरीकी ६३ बर्षीया लेख माया गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान ७ बजे गुरुङको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी...
जनकपुरधाम, २९ चैत -पर्साको वीरगन्जमा बस्दै आएका तीन भारतीय मुस्लिम धर्म प्रचारकहरूको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा हेटौँडामा परीक्षण गरिएका तिनीहरूको रिपोर्ट शंकास्पद देखिएपछि पुनः परीक्षणका लागि...
विराटनगर, १० असोज । मोरङको बेलबारीमा एक जना मजदुर मृत फेला परेका छन् । बेलबारी नगरपालिका वडा नं ९ जनता माविको भवन निर्माण गर्न भारतबाट ल्याइएका एक मजदुर ओछ्यानमै मृत भेटिएका हुन् । मोरङका प्रहरी...
काठमाडौं, २ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय यात्रा गर्ने कुरा त्यति सहज नभएको अवस्थामा महाधिवेशनमा...
विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ४ कर्सिया बाट भण्डारन गरिएको राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।कर्सिया बजारमा रहेको केशव निराना पसलका संचाकल ४८ वर्षीय सुनीलकुमार राजवंशीलाई इलका प्रहरी...