रोटरीले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण

 न्यूज विराट
रोटरीले निर्माण गरेको विद्यालय भवन हस्तान्तरण

विराटनगर । विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीनवटै नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो ।

विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर–२ स्थित विराट महेन्द्र रात्री स्कुल र विराटनगर–५ स्थित आधारभूत विद्यालयको भवन महानगरका मेयर कोइरालाले उद्घाटनसमेत गरे ।

रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठको नेतृत्वमा विराटनगर–६ स्थित रामपुरको श्री जनचेतना आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ५२ लाख ५५ हजार, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका अध्यक्ष रेखा राठीको नेतृत्वमा विराटनगर–२ कोचाखालस्थित विराट महेन्द्र रात्री विद्यालयको स्तरोन्नतिका लागि ३३ लाख १९ हजार र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलका अध्यक्ष नम्रता रिजालको नेतृत्वमा विराटनगर–२ स्थित श्री आधारभूत विद्यालयको स्तरोन्नतिका लागि ३० लाख ८० हजाररुपैयाँ खर्च गरिएको परियोजना कोर्डिनेटर कमल अग्रवालले जानकारी दिए ।
विराटनगर–६ रामपुरस्थित जनचेतना आधारभूत विद्यालयमा सोमबार आयोजित विद्यालयको चाबी हस्तान्तरण कार्यक्रममा मेयर कोइराला र रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठलगायतका रोटरीयनहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकुमार साह हलुवाई र प्रधानाध्यापक जयन्ती दासलाई विद्यालयको चाबी हस्तान्तरण गरे ।

त्यस्तै विराटनगर–२ को स्तरोन्नति गरेको भवनको दाबी मेयर कोइराला र वडाध्यक्ष कुमार पोखरेलले हस्तान्तरण गरे । जनचेतना आधारभूत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई साइकलसमेत हस्तान्तरण गरिएको थियो ।
चाबी हस्तान्तरण कार्यक्रममा तीनवटै वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रोटरीयन सन्तोष रिजाल, ताराचन्द खेतान, सुरेन्द्र गोल्छा, डा. बिजु थपलिया, मनोजविक्रम शाह, कमल अग्रवाल, रेखा राठी, सुप्रिया सारडा, श्रृती शर्मा, जीना थापा, रचना राठी, अनिता देव, शिवरतन जोशी र नन्दिप अग्रवालको सहभागीता रहेको छ । तीनवटै विद्यालयको भवन निर्माण ३ वर्षअघि सुरु गरिएको थियो ।

सम्बन्धित समाचार

आगोले जलेकी चन्द्रकलालाई सहयोग जुट्दै

[caption id="attachment_47302" align="aligncenter" width="714"] घरमा उपचार गराईरहेकी चन्द्रकला ।[/caption] शनिश्चरे । आगोले जलेर सिकिस्त भै उपचारार्थ मोरङ पथरी शनिश्चरे – ९ कि चन्द्रकला पौडेल तिवारीको प्राण रक्षागर्न सहयोग जुटाई जापानिज एन ७२६०० को नेपाली रुपैया...

सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन : दोर्‍याउन अभिभावकहरुले माग गरेका छन् । तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि...

ओलीलाई नेकपा सचिवालयले दियो २० मंसिरसम्मको समय

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीलाई नेकपा सचिवालय बैठकमा 'साेचेर आउन समय' दिइएकाे सचिवालय सदस्यहरूले बताएका छन् । बालुवाटारमा बुधबार बसेकाे बैठकमा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल समूहले महासचिव विष्णु पाैडेलमार्फत ओलीलाई सन्देश पठाएका हुन् । वरिष्ठ...

मनमोहनले तयार पारो पाँच बर्षे रणनीति योजना, प्राकृतिक चिकित्सातर्फको स्नातक तहको पढाइ हुने

विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ । कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष...

महिलाहरूले पुरुषसँग बसेर पढ्न नपाउने तालिबानको घोषणा, नयाँ नियम लागू

एजेन्सी, २८ भदौ । तालिबानले अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिंगका आधारमा विभाजित गरी अध्ययन अध्यापन गराइने घोषणा गरेको छ । साथै विश्वविद्यालयलमा नयाँ इस्लामी ड्रेस कोडको सुरुवात गरिने पनि तालिबानले जनाएको छ । नवनियुक्त शिक्षामन्त्री अब्दुल बकी हक्कानीले...

विराटनगरसहित मोरङको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना, यात्रुसँग बढी भाडा लिनेलाई कारवाही

विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा...

कांग्रेस रहेसम्म नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद आउँदैन : देउवा

काठमाडौं, २९ मंसिर-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावी गरेका छन् । नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले सर्वसत्तावाद...

खानेपानी बितरणलाई सुलभ र सहज बनाउन जोड

विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्