आगोले जलेकी चन्द्रकलालाई सहयोग जुट्दै

 न्यूज विराट
आगोले जलेकी चन्द्रकलालाई सहयोग जुट्दै

घरमा उपचार गराईरहेकी चन्द्रकला ।

शनिश्चरे । आगोले जलेर सिकिस्त भै उपचारार्थ मोरङ पथरी शनिश्चरे – ९ कि चन्द्रकला पौडेल तिवारीको प्राण रक्षागर्न सहयोग जुटाई जापानिज एन ७२६०० को नेपाली रुपैया ७५०८५ र नेपालमा रु ४००० थप गरी जम्मा रु. ७९०८५ ( उनान्सत्तरी हजार पचासी रुपैया ) पीडित ब्यक्तिलाई पठाएको छ ।
यस अभियानमा छोटो समयमै सहयोगी दाताहरुले समाजलाई विश्वास गरेर जे जति रकम सहयोग गरेका छन, त्यसकोलागि सहयोगि मनहरुलाई समाजका अध्यक्ष सुभाष लोहनीले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
सहयोग संकलन कार्यमा अहोरात्र खटेका ‘चन्द्रकला सहयोग समितिका’ संयोजक डुकु थिमी उर्फ पेमानुरी शेर्पा, सदस्यहरु विमल कार्की, नबिन कटुवाल, नबिन दाहाल प्रति पनि आभार व्यक्त गरेको छ । साथै रकम सहयोगका साथ निशुल्क पठाईदिएकोमा पनि समाजले ईजलिंक रेमिटलाई पनि धन्यवाद दिएको छ ।

 

घरमा उपचार गराईरहेकी चन्द्रकला ।

घटना यसरी भएको थियो

दीपावलीको झिलिमिली थियो । देउसी भैली खेल्नेहरुले गाउँमा रौनक थपेका थिए । साथीसंगीहरुसँग देउसीमा रमाइरहेकी थिइन् झापाकी चन्द्रकला तिवारी पनि । तर, नसोचेको घटना भयो ।
साथीको घरमा देउसी खेल्न गएको बेला ढोकामा बालेको दियो उनको सारीमा सल्कियो । २२ वर्षीया चन्द्रकलालाई आगोले क्षणभरमै लपेट्यो । देउसीको रमाइलो एक्कासी रुवावासीमा बदलियो । उनलाई हतार–हतार अस्पताल पु¥याइयो ।
चन्द्रकला बाँच्न त बाँचिन् तर आर्थिक अभावका कारण उनको घाउको अझै राम्रो उपचार हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रकी बासिन्दा हुन् उनी ।

प्रधानमन्त्री ओलीको सचिवालय सदस्यसम्म कुरा पु¥याए गाउँलेले । सकारात्मक आश्वासन पाएका छन् । तर, औषधि उपचार गर्न आश्वासन नभइ नगद चाहिन्छ, जसको अभावले समस्यामा रुमल्लिइरहेको छ चन्द्रकलाको परिवार ।
चन्द्रकलाको ढाडदेखि कुर्कुच्चासम्म जलेको छ । आगोमा जल्नेबित्तिकै सुरुमा घर नजिकैको लाइफलाइन अस्पताल लगियो । त्यहाँ प्राथमिक उपचारपछि लाइफलाइनले बिर्तामोडस्थित बीएन्डसी अस्पताल रिफर ग¥यो । त्यहाँ तीन दिन राखेर उपचार गरियो ।
तर निजी अस्पतालमा उपचार महंगो हुने भएपछि उनीहरु सरकारी अस्पताल खोज्न थाले । आफन्तहरुले काठमाडौंको कीर्तिपुर अस्पतालमा लैजान सुझाव दिए । आफ्नो साढे दुई वर्षको छोरोलाई घरमै छाडेर भूपेन्द्र श्रीमतीलाई लिएर कीर्तिपुर पुगे ।
कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी वार्डको १३ नम्बर बेडमा छिन् चन्द्रकला । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको शरिरको २५ प्रतिशत भाग जलेको छ । चन्द्रकलाको स्वास्थ्य सुधारको ग्राफभन्दा उपचार खर्चको ग्राफ बढी हुँदा भूपेन्द्र चिन्तित छन् । ‘सुरुदेखि अहिलेसम्म चार–पाँच लाख खर्च भइसक्यो । अझै त्यति नै खर्च होलाजस्तो छ,’ चिन्तित हुँदै भूपेन्द्रले भने, ‘अस्ति एउटा अपरेशन गर्दा औषधिको मात्रै ५० हजार रुपैयाँ लाग्यो ।’

चन्द्रकलालाई नाकबाट पाइप घुसाएर झोलिलो खानेकुरा मात्र खान दिइएको छ । तर, पोषणयुक्त खाना नपुग्दा स्वास्थ्यमा छिटो सुधार भइरहेको छैन । शरिर सुन्निएको छ । घाउको इन्फेक्सन रोकिएको छैन । शरिरको एकातिरको छाला निकालेर जलेको भागमा प्रत्यारोपण गर्न खोज्दा पनि सफल हुन सकिरहेका छैनन् चिकित्सक । तर, चिकित्सकहरुले अथक प्रयास जारी राखेका छन् ।
‘दैनिक १२–१५ हजारले पनि नपुग्ने स्थिति छ । आफूसँग भएको पैसा सकियो, आफन्तहरुले पनि सक्ने सहयोग गरिसके अब उपाय छैन,’ उपचारमा सहयोग गर्दै आएका आफन्त धनपति तिवारीले भने, ‘डाक्टरले डाइट पुगेन भन्छन् । औषधि किन्ने पैसा छैन, माछामासु कसरी खुवाउनु ?’

खर्च बढ्दै गएपछि श्रीमतीको थप उपचार गर्न नसक्ने निष्कर्षमा पुगे भूपेन्द्र । यो खबर अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङसम्म पुग्यो ।
‘यस्तो अवस्थाबारे मैले ढिला मात्र थाहा पाएँ । अस्पताल पुग्दा त डिस्चार्जको अन्तिम तयारी भइसकेको रहेछ,’ रञ्जितले भने, ‘उहाँहरु अब उपचार गर्न सकिँदैन भन्नेमा पुगिसक्नु भएको रहेछ, तर मैले उहाँहरुलाई रोकें र सहयोगको पहल गरिरहेको छु । सहयोग जुट्ने आशा छ ।’
डिस्चार्ज रोकेर डाक्टरहरुले चन्द्रकलाको उपचार जारी राखेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष तामाङ, काका धनपति तिवारीलगायतले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीसमक्ष कुरा पु¥याए । भण्डारीले पनि सहयोगको सकारात्मक जवाफ दिएका छन् । भूपेन्द्रकी आफन्त भिमा घिमिरेले भनिन्, ‘ईन्द्र सरले निवेदन दिनुस्, सहयोग गर्छु भन्नु भएको छ ।’
रञ्जितका अनुसार अहिले सहयोगीहरुबाट रकम संकलन गर्दै चन्द्रकलाको उपचार जारी राखिएको छ । रकम संकलनको लागि चन्द्रकलाका श्रीमान् भूपेन्द्र प्रसाद तिवारीको नाममा कीर्तिपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । भूपेन्द्रको खाता नम्बर ११७००२९०५५१० हो ।

सहयोगी हात जुट्नेमा आशावादी त देखिन्छन् भूपेन्द्र, तर जीवनसंगीनीको अवस्था देख्दा भने मन कुँडिन्छ । पाँच वर्ष अगाडि चन्द्रकला र भूपेन्द्रको फेसबुकमा चिनजान भएर मायाप्रेम बसेको थियो । त्यही मायाप्रेमलाई बिहेमा बदलेका थिए उनीहरुले । सानै उमेरमा बिहे भएपछि पारिवारिक जिम्मेवारीले थिच्दै गयो । घरको आर्थिक अवस्था राम्रो नभएकाले झापाको गुहावारी छाडेर विदेश हानिए भूपेन्द्र ।
विदेशमा कमाएको रकम अहिले श्रीमतीको उपचार गर्दागर्दै सकियो । सापटी लिएर पनि कति दिनसम्म चल्थ्यो र । चन्द्रकलाको माइती पक्षको आर्थिक अवस्था पनि कमजोर छ । चन्द्रकलाकी आमा तुलसा प्यारालाइसिसले ओछ्यान परेको एक दशकभन्दा बढी भइसकेको छ ।

आगोले जल्नुभन्दा अघि चन्द्रकला ।

पारिवारिक अवस्था कमजोर भएको जानकारी पाएपछि कीर्तिपुर अस्पतालले सामाजिक सेवा युनिटमार्फत चन्द्रकलाको औषधि उपचारमा सहुलियत दिँदै आएको छ । काका धनपतिले भने, ‘१५–२० प्रतिशत छुट त पाइन्छ, तर उपचार नै महंगो हुने भएपछि थेग्न गाह्रो भइरहेको छ ।’
आर्थिक रुपमा बिपन्न परिवार भएकोले गर्दा राम्रो उपचार गर्न नसकीएको उनका पति भूपेन्द्र तिवारी बताउछन् । ‘अहिले सम्म घरमा भएको र आफन्तको सहयोगमा १० लाख भन्दा माथि खर्च गरिसक्यौं, बिरामीको घाउ उस्तै छ’– तिवारीले भने । अस्पतालमा राखेर उपचार गरे ठिक हुने डाक्टरले बताए पनि आर्थिक अभावले गर्दा घरमै राखेर बिरामीलाइ हेरविचार गरिरएको तिवारी बताउँछन् । उनि अहिले अर्थिक अभावको कारणले घरमै जलेको घाउको पिडामा छटपटाइरहेकी छिन् ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका पदाधिकारीहरु संकलित रकम ईजलिंक रेमिट मार्फत् नेपाल पठाउने तयारीमा ।

चन्द्रकलालाई पूर्वी विकास सहकार्य जापानको सहयोग
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापान सामाजिक कार्यमा सकृय हुँदै आएको छ । गठन भए यता समाजले खोजी प्रतिभा लागयत नेपालमा विभिन्न क्षेत्रमा बाढी पीडित, भुकम्प पीडित लगायत विभिन्न खालका विरामी जो आर्थिक अभावमा उपचार गर्न नसक्दा छटपटाइ रहेका छन, त्यस्ता क्षेत्रमा समाजले सहयोग गर्दै आएको छ ।

अभियानमा साथ दिएका व्यक्तित्वहरुको नामावली ः
१) नबिन कटुवाल धनकुटा ५०००
२) महेश कटवाल खोटाङ ५०००
३) सुभाष प्रसाद लोहनी मोरङ २०००
४) संगिता मास्की मगर संखुवासभा २०००
५) पेमानुरी शेर्पा संखुवासभा २०००
६) पुजा कार्की ओखलढुङा २०००
७) ध्रुव थापा संखुवासभा २०००
८) नबिन दाहाल सखुवासभा २०००
९) रविन्द्र प्रजापती भक्तपुर १०००
१०) सन्जोक नेपाल झापा १०००
११) शोभा थापा सुनसरी १०००
१२) सागर राना मगर उदयपुर १०००
१३) विनोद कार्की झापा १०००
१४) प्रतिक्षा पुरी काठमाण्डौ १०००
१५) दिपक कुमार खड्का म्याग्दी १०००
१६) मदन चापागाइ पाँचथर १०००
१७) सबिन बम्जन चितवन १०००
१८) भुपाल ढुङ्गेल झापा १०००
१९) सितामाया तामाङ रामेछाप १०००
२०) स्वभाव कटुवाल भक्तपुर १०००
२१) तुलसी मिश्र झापा १०००
२२) फुर्लाक्पा शेर्पा सोलुखुम्बु ३०००
२३) सबिन पोख्रेल मोरङ १०००
२४) सुरेश पोख्रेल झापा १०००
२५) ज्याक खड्का खोटाङ २०००
२६) दिलिप श्रेष्ठ तनहुँ १०००
२७) निरन्जन गौतम काभ्रे १०००
२८) शिशिर चन्द्र बहादुर कडायत बझाङ १०००
२९) सुरेश भुजेल कास्की १०००
३०) लोकेन्द्र जङ्ग कुवँर अछाम १०००
३१) राजु बस्नेत झापा २०००
३२) नरेन्द्र बस्नेत उदयपुर १५००
३३) कुमार कार्की मोरङ ५१००
३४) सरोज कार्की सुनसरी ३०००
३५) ध्रुवदेव राइ खोटाङ २०००
३६) अनिता गुरुङ सोलुखुम्बु २०००
३७) कृष्णहरि अर्याल कालिका इन्टरनेशनल ५०००
३८) शिव पौडेल ईजी लिंक ५०००
३९) कुमार वन रु. २०००
४०) राजश्री खालिङ रु. २०००

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College