औषधी व्यवसायीद्धार निःशुल्क स्वास्थ्य शिविर, एक सय बढीको स्वास्थ्य परीक्षण
शनिबार, ०७ माघ, २०७९,
न्यूज विराट
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँच गरिएको विरामीहरूलाई निःशुल्क औषधी पनि वितरण गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई उपाध्यक्ष ढकालले धन्यावाद दिए ।शिविरमा विराटनगरस्थित बाल बालिका क्लीनिका वरिष्ठ बालरोग विशेषज्ञ डा. राजेश यादव, वरिष्ठ फिजिसियन डा. रोशन खड्का र दन्त रोग विशेषज्ञ डा. सुधिर श्रेष्ठले विरामीहरूको स्वास्थ्य जाँच गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको दक्षिण क्षेत्रमा पुगेर विरामीहरुको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उपाध्यक्ष ढकालले बताए । एनएमएचआर विराटनगरलगायत विभिन्न औषधी व्यवसायीहरुले शिविरमा औषधी सहयोग गरेका थिए । संघले यसअघि पनि सामाजिक संघसंस्थाहरूमा निःशुल्क स्वास्थ्य सामाग्री र सचेता मुलक कार्यक्रमहरू पनि गर्दै आएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए । शिविरमा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, सचिब हरीराज रेग्मीलगायतको सहभागि रहेको थियो ।
बाँके, २४ वैशाख-बाँकेमा फेला परेका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको सुरुको अवस्था पत्ता लगाउन मुस्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र...
काठमाडौं, ६ वैशाख-स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी ३ दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र...
एजेन्सी, १९ मंसिर-अमेरिकाका तीन जना पूर्व राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले टेलिभिजनको लाइभ प्रशारणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।...
काठमाडौं, १३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...
लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...
काठमाडौं, २५ कात्तिक-सामान बोकेका कन्टेनर १० महिनादेखि चिनियाँ नाकामा रोकिए पनि खुलाउन सरकारले पहल नगरेको भन्दै व्यवसायीले नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...
विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्र कुमार योन्जन तामाङ्गको पुनर्बहाली भएका छन् ।उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गर्ने आदेश दिएको हो ।प्रदेश खेलकुद विकास...