प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित
शनिबार, ३० पुष, २०७९,
न्यूज विराट
विराटनगर । प्रदेश १ उपसभामुखमा सत्तारूढ एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । प्रदेशसभामा शनिबार भएको निर्वाचनमा ५७ मत ल्याएर दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् ।
नेपाली कांग्रेसकी उम्मेदवार लिलाकुमारी राईले ३३ मत पाइन् । उनको बिपक्षमा ५७ मत खसेको थियो । उपसभामुखमा निर्वाचित भएकी ४६ वर्षीया दनुवार उदयपुरबाट समानुपातिक सांसद बनेका हुन् । प्रदेश १ मा ९३ जना सांसद मध्ये सभामुख बाहेक उपसभामुखको निर्वाचनमा ९० जना सांसदको उपस्थिती रहेको थियो ।
दनुवारको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेश सांसद नारायण बुर्जामगर र समर्थकमा राप्रपाकी सबिजा बजगाईँ रहेकी थिइन् ।
विधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रदेशसभामुख वा प्रदेश उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर प्रदेशसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रदेश सभामुख वा प्रदेश उपसभामुख हुन बाधा नपर्ने व्यवस्था छ । प्रदेशसभा नियमावली २०७४ अनुसार सभामुख र उपसभामुखको निर्वाचन छुट्टाछुट्टै हुनेछ । पहिले सभामुखको निर्वाचन भएपछि मात्रै उपसभामुखको निर्वाचन हुने व्यवस्था छ । प्रदेशसभा नियमावलीको नियम ९ को उपनियम (१) मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने र त्यसको सूचना प्रदेशसभा सचिवले प्रकाशन गर्ने व्यवस्था छ ।
विराटनगर । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २ पुगेको छ । आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ...
इलाम, २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका- ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।...
एजेन्सी, ६ साउन । भारतका अलग–अलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महसूस गरिएको छ । राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो । यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन...
काठमाडाैं, २ साउन-नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । दिउँसो २ देखि ३ बजेकाे बीचमा नेपाल न्युज नेटवर्ककाे प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गरिने डेपुटी गभर्नर चिन्तामणि शिवाकाेटीले शिलापत्रलाई जानकारी...
विराटनगर । तेली कल्याण समाजले निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो भदौ ९ गते समाजले निवन्ध प्रतियोगिता गर्ने भएको हो ।‘संघीयतामा जातीय एकताको आवश्यक्ता र चुनौती’ विषयक शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको...
विराटनगर । सरकारले ल्याउन लागेको शिक्षा विधेयकको केही प्रावधान सच्याउनुपर्ने निजी विद्यालय संचालकहरुले माग राखेका छन् । निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेसनल प्याबसन र हिसान कोशी प्रदेशले संयुक्त रूपमा विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी...
उदयपुरको त्रियुगा नगरपालिका–२ खुदियाई जंगलबाट प्रहरीले लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।बुधबार बेलुका जंगलबाट मोटरसाइकलमा घाँस भित्र लुकाएर लागूऔषध लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका–१ का २४ बर्षीय विबेक राई र २२ बर्षीय भूपेन्द्र...
काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...