विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

 न्यूज विराट
विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो ।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी माघ ६ र ७ गते तेस्रो नेवा ः महोत्सव हुने जानकारी गराएको छ । महोत्सव नेवारी खानाका परिवारको साथै अन्य विभिन्न सामुदायहरूको परिवार पनि राखिने कार्यक्रम संयोजक तथा झी पुच: को वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवमा २० वटा खानाको परिकारसहित साँस्कृतिक कार्यक्रम पनि हुने उनले बताए । ‘खानाको परिकार बाहेक पर्यटक हाट पनि हुनेछ । यहाँ स्वेदशी उत्पादनहरू अलैची, भोजपुरको खुकुरी, छुर्पीलगायतका स्टलहरू पनि हुनेछ,’ उनले भने, ‘हामीले अपाङ्गता भएका व्यक्तिहरूले निमार्ण गरेका हस्तकलाको सामाग्रीहरूको पनि स्टल राख्ने तयारी गरिएको छ । त्यसको लागि छलफल भइरहेको छ ।’

माघ ६ गते तीन बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । दुई दिनसम्म संचालन हुने महोत्सवमा ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको झी ः पुच का अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । करिब महोत्सव समापन गर्न ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसअघि पहिलो पटक भव्य रुपमा नेवा : महोत्सव २०६८ सालमा र दोस्रो २०७२ सालमा भएको थियो । कोभिड १९ ले रोकिएको यो महोत्सव अहिले हुन लागेको तेस्रो हो । यस पटक हुने नेवा ः महोत्सव भव्य हुने झी : पुचका महासचिब सुरेश लाल श्रेष्ठले बताए ।
४२ वर्ष अगाडी नेपाल सम्वत् ११०१ वि.स. २०३८ सालमा मुनाफा रहित एंव तटस्थ संस्थाको रुपमा झी : पुच विराटनगरमा स्थापना भएको हो । झी पुचः ले प्रत्येक वर्ष नेपाल सम्वत्को नयाँ वर्ष (न्हुँ दः), वेल विवाह, ब्रतबन्ध, गाई जात्रा जस्ता सांस्कृतिक कार्यक्रमहरु सामुहिक रुपमा आयोजना गर्दै आएको छ । नेपाल भाषा, साहित्य, कलाको पनि जर्गेना पनि गर्दै आएको छ ।
नेवा : संस्कृति भोषाको प्रर्बद्धन तथा जर्गेना गर्ने व्यक्ति वा संस्था पुरस्कार पनि प्रदान गर्दै आएको छ । २ लाख राशीको नगद रहेको पुरस्कार सुर्दशन कपिला सिरपा नाम रहेको छ ।

तेस्रो नेवा: महोत्सव बारेमा जानकारी दिदै आयोजक ।

सम्बन्धित समाचार

ट्रकमा आगजनी भएको घटनाप्रति महासंघको ध्यानकर्षण, कारवाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल ट्रक यातायात व्यवशायी महासंघले आईतवार विराटनगरमा भएको सडक दुर्घटनापछि मालबाहक ट्रकमा आगजनी गरिएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । महासंघका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज एक विज्ञप्ती जारी गर्दै सडक दुर्घटना...

४ सय ७० लिटर घरेलु मदिरा नष्ट

विराटनगर । विराटनगर १८ डंग्राटोल स्थित प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । इलका प्रहरी कार्यालय रानी विराटनगरले ४ सय ७० लिटर घरेलु मदिरा बरामद गरि सोमबार नष्ट गरेको हो । विराटनगर १८...

लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ

विराटनगर, १० चैत । उदयपुरबाट लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय...

नवनिर्वाचितच राष्ट्रियसभाका सदस्यले लिए सपथ

काठमाडौं, फागुन २१–गत माघ ९ गते भएको निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिलिल्सिनाले बुधबार बिहान राष्ट्रियसभाका १८ सदस्यलाई सपथ ग्रहण गराएका हुन् । सत्तारुढ दल नेपाल...

राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

राष्ट्रियसभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा गृहमन्त्री...

गोल्डेन अस्पतालमा भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा विरामीको लागि भरपर्दो गन्तव्य बनेको छ । अत्याधुनिक उपकरण र चर्चित चिकित्सकसहितको टिमको कारण गोल्डेनमा गुणस्तरीय उपचार सेवा हुने गरेको हो । २०६७ साल फागुन ११ गते...

विराटनगर नजिकै नेपाल—भारत सीमाको दशगजा क्षेत्रमा भारतले बनाएको सुरक्षा पोष्ट हटाइयो

विराटनगर, ११ माघ । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको...

परिवारको साथमा लगाए प्रधानमन्त्री देउवाले दसैंको टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले दसैंको टीका लगाएका छन्। शुक्रबार बिहान १०:०२ बजेको शुभ साइतमा प्रधानमन्त्री देउवाले टीका लगाएका हुन् । श्रीमती आरजु राणा देउवा, छोरा जयवीरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले टीका लगाएको तस्वीर सार्वजनिक गरेका छन् । साथमा प्रधानमन्त्रीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्