सानो आकरको मन्त्रीमण्डल बिस्तार हुन्छ : नवनियुक्त मुख्यमन्त्री कार्की

 न्यूज विराट
सानो आकरको मन्त्रीमण्डल बिस्तार हुन्छ : नवनियुक्त मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले भोलि सबै दलको प्रतिनिधित्व हुने गरेर सानो आकारको मन्त्रीमण्डल बिस्तार हुने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने बताए ।

‘‘कति सदस्यीय बन्न भन्ने छैन । हामी सानो आकारको बनाउँछौँ। सकेसम्म सबै दललाई समेट्छौँ,’ उनले भने ।

प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताए। उनले सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

उनले मन्त्रालय बढाउनेतिर नभएर घटाउनेतर्फ जोड दिने बताए । प्रदेशमा पनि आलोपालोको निर्णय केन्द्रबाटै हुने भएकाले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए ।

सम्बन्धित समाचार

विराटनगरमा ‘तमु ल्होसार’ पर्व मनाइयो

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । विराटनगरमा भव्य कार्यक्रमसहित यो पर्व मनाइएको हो। विराटनगरस्थित होटल कन्जनजंगामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरी मनाइयो...

प्रचण्ड-नेपाल समूहले जलाएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रचण्ड-नेपाल समूहको आन्दोलनका क्रममा जलाइएका ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् । शुक्रबार नारयणहिटी परिसरअगाडि आयोजित सभालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले भने, ' हिजो एउटा गरिबको ट्याक्सी उहाँहरूले जलाउनुभएको छ...

कास्की कारागारमा १ कैदीको मृत्यु

कास्की कारागारका १ कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी अपराधमा कास्की कारागारमा कैद सजाय मुक्तान गरिरहेका पोखरा महानगरपालिका-१८ सराङकोटका ४५ वर्षीय शुनील नेपालीको शनिबार मृत्यु भएको हो । खाना खाँदा खाँदै अचानक बेहोस भएर...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

मदन भण्डारी दौड प्रतियोगिता भोली

विराटनगर । मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको छ । नेकोस राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा विराटनगरमा बुधबार विहान मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको हो । मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा...

विराट भेट्रान्स प्रतियोगिता रात्रिकालिन हुने

विराटनगर । विराटनगरको सहिद मैदानमा शनिबारबाट सुरू हुने विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता रात्रीकालिन हुने भएको छ । विराट गोल्डकपको दुई संस्करण रात्रीकालिन भएसंगै विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता पनि रात्रीकालिन हुन लागेको हो ।...

स्ववियु निर्वाचन कार्यतालिकाः ५ फागुनमा मनोनयन, १४ मा निर्वाचन

काठमाडौं, माघ १४–त्रिभुवन विश्वविद्यालयले आगामी १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका प्रस्ताव गरेको छ । मंगलबार स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँग मंगलवार निर्वाचन कार्यतालिका प्रस्ताव गरेको हो । त्रिविले...

काँकडभिट्टा गइरहेको बस दुर्घटना, २० जना घाइते

काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्