पाल्पाको खुर्सानेमा दुर्घटना, ६ जनाको मृत्यु

 न्यूज विराट
पाल्पाको खुर्सानेमा दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ। दर्घटनामा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् ।

मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थानीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।

सम्बन्धित समाचार

ट्रक व्यवसायी संघमा चुनाव नगराउने षड्यन्त्र, उच्च अदालतले दियो अल्पकालीन आदेश

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघलाई साधारण सभा तत्काललाई नगर्नु नगराउनु भनी उच्च अदालत विराटनगरले संघका नाउँमा अल्पकालीन आदेश जारी गरेको छ । निवेदक मेघराज सिग्देल सहितले उच्च अदालत विराटनगरमा विपक्षी विराटनगर ट्रक व्यवसायी संघका...

युवा पुस्ताले संस्कृतीको जगेर्ना गर्नुपर्छः मुख्यमन्त्री राई

विराटनगर,१३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफनो भाषा, संस्कृति र भेषभुषाका जगेर्ना गर्नुपर्ने बताउनु भएको छ। सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘ मिस विराटनगर’ अन्तिम प्रतियोगिताको उद्घाटन गर्दै उहाँले...

प्रदेश १ मा आ १०७१ संक्रमित थपिए, ५ जनाको मृत्यु

विराटनगर, २६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ ज्नामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३...

ग्रामथानमा सुशासन कायम गर्न अध्यक्षले दुई स्वास्थ्यकर्मीलाई सोधे स्पष्टीकरण

विराटनगर । जनगुनासो आएपछि बनिगामा स्वास्थ्यचौकीको अनुगमनमा गएका मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुई स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेका छन्।अध्यक्ष माझीले अनुगमनका क्रममा अहेव नगेन्द्र चौधरी बिना जानकारी अनुपस्थित रहेको फेला पारे। साथै, सोही दिन त्यहाँ...

अन्योलमा प्रदेशसभा अधिवेशन

कोरना भाइरस (कोभिड— १९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्योलमा परेको छ । यही १३ चैतमा सूचना टाँस गरेर स्थगित भएको बैठक लकडाउन लम्बिँदै गएपछि निरन्तरता पाउने...

पार्टी जुटाउने अवसरको लागि प्रधानमन्त्रीलाई धन्यवाद : शरदसिंह भण्डारी

  काठमाडौं, ११ वैशाख-तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक रहेका शरदसिंह भण्डारीले समाजवादी र राजपा पार्टी एकीकरण गर्न प्रधानमन्त्रीले सहयोग पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।  बिहीबार निर्वाचन...

इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरस

एजेन्सी, फागुन १३–इरानका स्वास्थ्य उपमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्वरो बढेपछि स्वास्थ्य परीक्षण गराउँदा मन्त्री इराज हारिर्कीमा कोरोनाको संक्रमण देखिएको हो । मन्त्री हारिर्की स्वयम्ले यो कुराको पुष्टि गरेका छन् । उनले...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं, २२ जेठ-चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई नियुक्त गरिएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बोर्ड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्