यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी

 न्यूज विराट
यस कारण बन्द भयो विराटनगरको संजीवनी हस्पिटल, बजारको ४० करोड ऋण तिर्न बाँकी

विराटनगर । आर्थिक रूपले टाट पल्टिएपछि आन्तरिक विवादको कारणले विराटनगरको हस्पिटल चोकमा रहेको संजीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.लि. बन्द भएको छ ।

नयाँ सेयर सदस्यहरूबीचको विवादका कारण बजारको ४० करोड रूपैयाँ ऋण नतिरी ५० शैय्याको हस्पिटल बन्द भएको हो ।

४० करोडमध्ये दुई करोडभन्दा बढी रकम चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलब हस्पिटलले तिर्न बाँकी रहेको छ । अहिले उनीहरूले श्रम तथा रोजगार कार्यालय विराटनगर र स्थानीय प्रशासनमा काम गरेको पारिश्रमिक दिलाइदिन माग राख्दै निवेदन दिएका छन् ।

यस्तो छ बन्द हुनुको कारण

चार जना चिकित्सकसहित १२ जनाको संजीवनी हस्पिटलमा लगानी छ । पछिल्लो समय दिवाकर यादवलाई कार्यकारी प्रमुख बनाएर भित्र्याएको चार महिना बित्न नपाउँदै हस्पिटल बन्द भएको हो । यादवले १ करोड रुपैयाँ लगानी गरेर वि.सं. २०७९ असारमा भित्रिएका थिए । उनी आएको पाँच महिनापछि कार्तिकमा हस्पिटल बन्द भएको हो ।

राजकुमार मण्डल, बिनायक कान्त पन्त, डा. प्रेरणा दाहाल, डा. अन्जु देव, डा. पवन पराजुली, डा. वरुण देव, ओमप्रकाश प्रसाई, राजेश प्रसाई, सुरेन्द्र राय, रमेश साह र चन्द्रमणि गुरागाईको लगानी रहेको छ । देव र साह बाहेक १० जना संचालकहरूले ६ वर्ष अगाडि हस्पिटल लिएका थिए । त्यसबेला एम्स हस्पिटल नाम थियो । १० जनाको समूह आएपछि नाम परिर्वतन गरी संजीवनी हस्पिटल बनाइएको थियो । त्यसको बेलाको अध्यक्षमा राजकुमार मण्डल रहेका थिए । वि.सं. २०७८ सालमा दुई जना शेयर सदस्य थपिए । उनीहरू ७३ लाख रुपैयाँ लगानी गरेर अस्पतालमा भित्रिएका थिए । नयाँ संचालक थपिएसँगै कोभिड—१९ महामारी सुरु भयो । केही वर्ष राम्रो चलेको हस्पिटल कोभिड भित्रिएसँगै हस्पिटल घाटामा जान थालेको थियो । हस्पिटल घाटामा जान थालेपछि संचालकहरू स्वास्थ्य क्षेत्रमा बुझेका व्यवस्थापकको खोजीमा लागे । संचालकहरूमध्ये चार जना डाक्टर थिए । उनीहरूको आफ्नै क्लिनिक पनि रहेको छ । क्लिनिक छोडेर पूरै समय हस्पिटललाई दिन अन्य संचालकहरूले सुझाव दिएका थिए । आफ्नै क्लिनिक भएको कारणले उनीहरूले मानेनन् । चिकित्सकबाहेकका ९ जना संचालकले वि.सं. २०७९ असारमा सेयर रकम नलिइकन तीन जना चिकित्सक डा. अन्जु, डा. पवन र डा. वरुण देवलाई हस्पिटल जिम्मा लगाए । उनीहरूले नयाँ लगानीकर्ता खोजे । त्यही बीचमा दिवाकर यादव नयाँ लगानीकर्ताका रुपमा अस्पतालमा भित्रिए । त्यसपछि ९ जनाको टिम बाहिरियो ।

हस्पिटल छोडने बेलामा बजारको सम्पूर्ण दायित्व तिर्ने गरी डा. वरुण, डा. पवन, डा. अन्जु, दिवाकर र पुरानो ९ जनाको टिमबीच नेपाली कागजमा सहमति भयो । सहमतिमा पूरानो दायित्व तिर्ने सहमति थियो । जसमा पुरानो दायित्व ४० करोड रुपैयाँ बढी रहेको थियो । संस्थाको सम्पत्ति पनि उति नै थियो । हस्पिटल राम्रो चलोस् भनेर हस्पिटल छाडेको पुराना संचालकको ९ जनाको समूहले विभिन्न मितिमा बजारबाट खोजेर सापटी रकम करिब ३ करोड ८८ लाख रुपैयाँ हस्पिटललाई दिएको देखिन्छ । यो रकमपछि फिर्ता गर्ने गरी लिखत कागत बनाइएको छ ।
वि.सं. २०७९ साउन २४ गते ९ जनाको टिम बाहिरिएपछि हस्पिटल राम्रो चल्न थाल्यो । एक संचालकका अनुसार पूरानो ९ जनाको समूह बाहिरिएपछि मासिक करिब १ करोडसम्म अस्पतालले कारोबार गरेको थियो । दुई महिनापछि नयाँ संचालकका रुपमा अस्पतालमा भित्रिएका दिवाकार र तीन जना डाक्टरबीचको मतभेद् सुरु भयो । यही बीचमा दिवाकरमाथि फौजदारी कसुर गरेको आरोप लागेको छ । अहिले यो उजुरी मोरङ प्रहरीमा छ । दिवाकार फरार छन् ।

चिकित्सक र स्वास्थ्यकर्मी मात्रै दुई करोड पारिश्रमिक पाउन बाँकी
अस्पतालले त्यहाँ कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुको दुई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक दिन बाँकी छ । तर, उक्त पारिश्रमिक भुक्तानी नगर्दै आर्थिक संकटमा परेको संजीवनी हस्पिटल बन्द भएको छ । यहाँ कार्यरत पाँच जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृतसहित दुई दर्जन बढी कर्मचारीले पाउनुपर्ने तलब नदिइकन संचालकहरुले हस्पिटल बन्द गरेका छन् ।
हस्पिटलमा कार्यरत पाँच जना डाक्टरले तीन वर्षदेखि तलब पाएका छैनन् भने ९ जना चिकित्सक र स्वास्थ्यकर्मीहरुले चार महिनाको नपाएको गुनासो गरेका छन् । एकजना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म संजीवनी हस्पिटलबाट पारिश्रमिक पाउनुपर्नेछ । हस्पिटलले चिकित्सकको मात्र २ करोड रुपैयाँ तलब दिन बाँकी रहेको चिकित्सकहरुको भनाइ छ ।
हस्पिटलले पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघ कोशी शाखा र श्रम तथा रोजगार कार्यालय विराटनगरमा पनि निवेदन दिएका छन् । उनीहरूले यसअघि नै लामो समयदेखि संजीवनी हस्पिटलमा काम गरेवापतको पारिश्रमिक नपाएको र तलब माग गर्दा पनि कुनै सुनवाई नभएको भन्दै संघमा निवेदन दिएका हुन् । ‘हामीले काम गरेको पारिश्रमिक मागेको वर्षौ भइसक्यो । काम गरेको तलब माग्दा आज दिन्छौं । भोलि दिन्छौं भनेर टार्ने मात्र काम भयो । पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म दिइएको छैन । हाम्रो माग सुनवाई नभएपछि हामी आवद्ध संघमा पाउनुपर्ने तलब दिलाइदिन हामीले संयुक्त रुपमा निवेदन हालेका हौं,’ एक चिकित्सकले भने ।

सम्बन्धित समाचार

मोरङ ट्राफिकले सिटी सफारी चालकलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराउँदै

विराटनगर । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारी चालकहरुलाई ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना’ गराएको छ ।मोरङ ट्राफिक प्रहरी कार्यालयको अगुवाईमा विराटनगरका सिटी सफारी...

प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर, ७ साउन–प्रदेश १ मा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानका...

न्यूरोले श्रमिकको सौलियतमा उपचार गर्ने, जिफन्ट र न्यूरोबीच सहमति

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले श्रमिकको सौलियतमा उपचार गरिदिने भएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर न्यूरो हस्पिटलले श्रमिकहरूको सौलियतमा उपचार गरिदिने भएको हो । न्यूरो हस्पिटल र जिफन्ट कोशी प्रदेशबीच बुधबार...

रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीमा बिक्री गर्न व्यवसायीको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले रिर्जभ एन्टिबायोटिक्स औषधि सबै फार्मेसीमा बिक्री वितरण गर्न पाउनुपर्ने माग अघि सारेको छ ।बेलबारीमा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा व्यवसायीहरूले हालै औषधि व्यवस्था विभागले गरेको निर्णयको विरोध...

मदरल्याण्ड एकाडेमीमा भजन किर्तन प्रतियोगिता, राम जानकी आमा समुह प्रथम

विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीले सरस्वती पूजाको आवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । बिहिबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आमा समुहले जितेको छ । त्यस्तै श्याम...

प्रदेश १ मा कोरोनाको दैनिक नयाँ रेकर्ड, आज १२९८ संक्रमित थपिए

विाटनगर, ५ जेठ । प्रदेश १ मा आज १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा...

डेरा गरेर अध्ययनरत विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइँदै

बनियानी, २९ चैत-जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरूको गृह जिल्ला पुर्‍याइने भएको छ ।कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरूलाई गृह जिल्ला पुर्‍याउने...

आज ५०२ संक्रमित थपिए, २८७८ डिस्चार्ज

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप ५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्