एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद

 न्यूज विराट
एक्सनमा इप्रका रानी, हप्तादिनमा १९ लाखको तस्करीको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध रूपमा हुने चोरी तस्करीलाई निस्तेज बनाउने अभियान सुरु गरेको मोरङ प्रहरीले भन्सार छली गरेर आउने सामग्रीहरू धमाधम बरामद गर्न थालेको छ । चोरी तस्करी भएर आएको समान बरामद गर्न प्रहरी सक्रिय रूपमा लागि परेको छ ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरले सात दिनको फरकमा ठुलो परिमाणको अवैध रूपमा भन्सार छली गरेर ल्याएको सामाग्री बरामद गरेको छ । इप्रका रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा आइतबार विराटनगर १६ हुलास चौक, १७ रघु पती जुट मिल छेउ र जहादा गाउँपालिका १ नहर टोल बाट अवैध रूपमा भन्सार छली गरेर ल्याएको ७ लाख ४६ हजार ९२८ रुपैयाँको समान बरामद गरेको छ । प्रहरीले भिटामिन, लत्ताकपडालगायतका विभिन्न अवैध सामाग्री बरामद गरेको हो ।

यसै गरी ७ दिन अगाडी ३ पुसमा १२ लाख ३ हजार ४२० मूल्य बरावरको सामान नियन्त्रणमा लिएको थियो । प्रहरीले त्यस बेलामा आँखामा लगाउने लेन्स र औषधी बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान प्रहरीले आवश्यक अनुसन्धान र कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ।
चोरी तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनका अनुसार चोरी तस्करीलगायतका अवैध धन्दा नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको छ।

सम्बन्धित समाचार

आज १३८० जनामा कोरोना पुष्टि, १९ संक्रमितको मृत्यु

काठमाडौं, १३ मंसिर-गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसहित संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

झी पुचःको ‘सुदर्शन–कपिला सिरपा’ कास्कीको नेवा खलःलाइ प्रदान गरिने

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले यसपटकको ‘सुदर्शन–कपिला सिरपा’ नेवा खलः कास्कीलाई प्रदान गरिने भएको छ ।विराटनगरमा एक कार्यक्रमको आयोजना गरि झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा अनवरत रुपमा क्रियाशील...

‘विराट एक्स्पो’ २०७६ को तयारी सुरु

विराटनगर, माघ २३–उद्योग संगठन मोरङको आयोजना र नोवेल मेडिकल कलेजको मुख्य प्रायोजनमा विराटनगरमा कृषि, औद्योगिक तथा व्यापार एक्स्पो २०७६ को आयोजना हुने भएको छ । २ फागुनदेखि ९ दिनसम्म आयोजना हुने उक्त महोत्सव विराटनगर– २,...

परोपकार अभियान समूह विराटनगरद्वारा तीन जना सम्मानित

विराटनगर, ७ चैत । परोपकार अभियान समूह विराटनगरले तीन जनालाई सम्मान गरेको छ । परोपकार अभियान समूहको १४ औं बार्षिक साधारणसभाका अवसरमा शनिबार विराटनगरमा तीन जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा उपभोक्ताको हक हितमा...

ओलीलाई कुर्दै नेकपा सचिवालय सदस्य

काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलायका सदस्यहरू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई कुरेर बसेका छन् । बैठककै बीच बाहिरिएका ओलीको प्रतीक्षामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका सदस्यहरू सरकारी निवास बालुवाटार बसेका...

मोरङमा ३२२ सहित प्रदेश १ मा ८९८ संक्रमित थपिए, ३५३ जनाले जिते कोरोना

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेह्रथुम र...

तेली समाजद्धारा निःशुल्क लोक सेवा तयारी कक्षा

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ्ग र नापी पेशाकर्मी समाज मोरङ्गको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा गर्ने भएको छ । अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको...

प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,  १ मंसिर-संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच चैनपुर नगरपालिकाको मैदानेमा गोली हानहान भएको हो ।  सोमबार दिउँसो करिब ११ बजेतिर  प्रहरीको गस्ती टोलीमाथि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्