विराटनगर । मोरङको धनपालाथान गाउँपालिकामा निःशुल्क दन्त शिविर र सचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । साना पाइला नामक संस्थाले निःशुल्क दन्त शिविर र सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो ।
स्वस्थ जीवनका लागी मुख स्वस्थ हुनु आवश्यक छ तथा दन्त उपचारमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले आयोजना गरेको शिविरमा ६८ बालबालिकाहरूको निःशुल्क दन्त परीक्षण गरिएको नेपाल डेन्टल एसोसिएसन मोरङकी सचिव तथा साना पाइलाकी अध्यक्ष तथा दन्त चिकित्सक डा . मीरा आचार्यले जानकारी दिइन् ।
शिविर र सचेतना मूलक कार्यक्रम नेपाल डेन्टल एसोसिएसन मोरङ तथा रोटरी क्लब विराटनगर सेन्ट्रलको सहयोगमा गरेको थियो । शिविरमा बालबालिकाहरूलाई बिहानको खाजा, दाँत माझ्ने बुरुस र मन्जन समेत वितरण गरिएको थियो ।
सोही अवसरमा पत्रकार सोनु कुमार दासलाई सम्मान गरियो । उक्त अवसरमा नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष डा. प्रेक्षा दली, वरिष्ठ बाल दन्त रोग चिकित्सक डा. अभिषेक कुमारको सहभागिता रहेको थियो ।