गृष्म श्रेष्ठ भए विराट एक्स्पो सिङ्गिङ आइड

 न्यूज विराट
गृष्म श्रेष्ठ भए विराट एक्स्पो सिङ्गिङ आइड

विराटनगर । ‘विराट सिङ्गिङ अइडल’को उपाधि गृष्म श्रेष्ठले जितेका छन् । १ सय ५० जना प्रतिस्पर्धीलाई पन्छाउँदै श्रेष्ठले विराट सिङ्गिङ अइडल’को उपाधि जितेका हुन् ।

बुधबार सम्पन्न भएको आइडलको फाइनल राउण्डमा ६ जना प्रतिस्पर्धी छनोट भएका थिए । छनोट भएका ६ जनामा महिलाको सहभागिता नभएपछि महिलाहरुमध्ये अन्तिम समयसम्म आएकी नेहा खड्कालाई सहभागी गराइएको थियो ।
सिङ्गिङ आइडलको फष्ट रनरअप फुर्व तामाङ र सेकेण्ड रनरअप रमननाथ अधिकारी भएका छन् भने नितेश आले मगर, रोहन तिम्सिना र अभिषेक काफ्लेले कुनै उपाधि जित्न सकेनन् ।

विजताहरुले क्रमशः ५१ हजार, ३१ हजार र १५ हजार रुपैयाँका साथै विभिन्न गिफ्टह्यापर प्राप्त गरेको छन् ।
सिङ्गिङ आइडलको फाइनल राउण्डको निर्णायक टोलीमा गायिका इन्दिरा जोशी, सुमित खड्का र सुमन श्रेष्ठ रहेका थिए । दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहँदै आएको छ । साँगीतिक साँझमा सबै उमेर समूहको बाक्लो उपस्थिति हुने गरेको छ । शुक्रबार नेपालको चर्चित ब्याण्ड ‘दि एलिमेन्टस ब्याण्ड’को प्रस्तुति रहने छ । शनिबार आशिष लामा (लाहुरे)को प्रस्तुति रहने आयोजक उद्योग संगठन मोरङले जनाएको छ ।
एक्स्पोमा नेपाल भारतका अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहँदै आएको छ । एक्स्पो अवलोकन गर्न आउनेहरुका लागि खाद्यान्न, प्लाष्टिक, सवारीसाधनलगायतमा छुटको व्यवस्था गरिएका कारण समय थपिँदासमेत धेरै जना आएको आयोजकले जनाएकोछ छ ।
यसैबीच पुस १० सम्म आयोजना हुने एक्पोमा अवलोकनकर्ताहरुको सहजताका लागि दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

विराटनगर ट्रक व्यवसायी संघको पदस्थापन, अध्यक्षमा लोकनाथ पोखरेल

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् । संघको ३१ औं वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा संजीव सिग्देल,...

कांग्रेस महाधिवेनः इटहरीको नगर सभापतिमा हेकमर्ण पौडेल विजयी

विराटनगर, १० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्र्तगत सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनबाट हेमकर्ण पौडेल सभापतिमा विजयी हुनुभएको छ । निर्वाचनमा दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा गरेका विकास केसीलाई ४२ मतको अन्तरले पौडेलले पराजित गर्दै...

विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, ११ भदौ-विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको बिहान १०ः४५ बजे मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी...

कोरोना महामारीले कबुल गरिएका कतिपय काम सम्पन्न भएन:प्रधानमन्त्री ओली

काठमाडौं, ३ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विकास निर्माणका कामले सोचे जस्तो गति नलिएको बताएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस)को अवसरमा शनिबार टुँडिखेलबाट देशबासीको नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीले...

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने भएकाले सूतक बार्नु नपर्ने

काठमाडौं, १८ मंसिर । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका...

बहुमतसहित मुख्यमन्त्रीको दावी पेश गर्न कोशी प्रदेशका सभामुखले राजिनामा दिने तयारी

विराटनग । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत पु¥याउनको लागि सभामुख बाबुराम गौतमको राजीनामा दिने भएका छन् । राप्रपाले आफू तत्काल कुनैपनि सरकार गठनमा सहभागी नहुने जवाफ दिएपछि गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको...

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...

जनकपुरमा पत्रकारलाई कोरोना संक्रमण

जनकपुर, ३१ वैशाख-जनकपुरधाममा पनि १ पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा जनकपुरका १ पत्रकारसहित २ जनामा कोरोना पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्