बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा, बिहीबार विराटनगरको पसल बन्द

 न्यूज विराट
बैंकको चर्को ब्याजदरविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा, बिहीबार विराटनगरको पसल बन्द

विराटनगर । बैंकको ब्याजदरविरूद्ध एक दिन विराटनगरको बजार बन्द गर्ने घोषणा गरेका छन् । विराटनगरका उद्योगी व्यवयासीहरूले बिहीबार पसल बन्द गरेर आन्दोलनमा उत्रिने भएका हुन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि यहाँका उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिने आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् ।

उद्योगी व्यवसायीहरुका तीन दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि उद्योग र पसलहरू बन्द गरेर राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, एक दिन बजार बन्द गर्ने लगायतका घोषणा गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । ‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं’, अध्यक्ष रिजालले भने, ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं ।’

उनीहरूले पाँच सुत्रीय माग अघि सारेका छन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरुको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ ।
एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको भनाइ छ ।
स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरुको छ ।

‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो । हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’ बिहीबारदेखि सुरू हुने आन्दोलन देशव्यापी बनाएर अगाडी बढने उनले बताए ।
‘मोरङ व्यापार संघमा बिहीबार ९ बजे भेला हुनेछौं । त्यसपछि विरोध स्वरुप वृहत ¥यालीले बजार परिक्रमा गर्दै विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिनेछौं,’ उनले भने, ‘विहान १० देखि ४ बजेसम्म धर्नाको कार्यक्रम रहेको छ ।’ माग पुरा नभएसम्म राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम निरन्तर रहने उनले बताए । ‘लगातार विहीबार शुक्रबार अन्दोलन गरेपछि शनिबार समिक्षा हुनेछ । त्यसदिनसम्म पनि मागको सुनवाइ नभए आइतबारबाट आन्दोलनको स्वरुप परिर्वतन गर्नेछौं,’ उनले भने, ‘आइतबार राष्ट्र बैंकको कर्मचारीलाई कार्यालयभित्र पनि जान नदिएर काम कारवाही ठप्प पर्नेछौं ।’ उद्योगी व्यवसायीहरूको माग सुनवाइ नभएपछि सडक सर्घषको आन्दोलनले निरन्तरा पाउने उनले बताए ।
उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले राज्यले उद्योगी व्यवसायीहरूको मागलाई बेवास्था गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । ‘पटक–पटक चर्को ब्याजको विरुद्ध उद्योगी व्यवसायीहरुले राज्यलाई अवगत गराएपनि सुनवाइ नभएपछि व्यवसायीहरु सडकमा आउन बाध्य हुनुपरेको छ,’ उनले भने, ‘एक वर्षदेखि चर्को ब्याजदरको विरुद्ध उद्योगी व्यवासायीहरुले राज्यलाई जानकारी गराएको छ । माग पुरा नभएपछि आन्दोलनमा उत्रिनु परेको छ ।’

सम्बन्धित समाचार

नीति निमार्ण अपाङगता मैत्री बनाउनुपर्नेमा जोड

विराटनगर । राज्यले बनाउने नीति निमार्ण प्रक्रिया अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन अपाङगता भएका व्यक्तिहरुलाई पनि समावेश गराउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेत्रहीन युवा संघ मोरङले विराटनगरमा सोमबार आयोजना गरेको राजनैतिकमा अपाङगता भएका व्यक्तिहरूको...

टिभिएसको एक्सेन्ज मेलामा विराटनगरका मुरारिले जिते दशलाख

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् l टिभिएसको २ लाख ५६ हजार ९ सयको राइडर बाइक खरिद गर्दा...

विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण

विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ । टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको...

सशस्त्रका डिआइजी पोखरेलका ‘घुमुवा’ प्रहरीको दादागिरी, महिलामाथि विराटनगरमा निर्घात कुटपिट

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेको ‘घुमुवा’ प्रहरीले आतंक सिर्जना गरेको पाइएको छ । तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सिर्जना गरेका...

महिला क्रिकेट प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...

निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन : मनोज दुलाल

विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको अध्यक्षमा पुन: मनोज दुलाल निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार भएको दोस्रो साधरणसभाले दुलाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा पुन: निर्विरोध निर्वाचित भएका हुन् । संघको वरिष्ठ...

नेपाललाई हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड

विराटनगर । नेपालले हिमालयन हस्पिटालिटी एण्ड टुरिजम एचिभमेन्ट अवार्ड पाएको छ । भारतको पर्यटन मन्त्रालय सँगको सहकार्यमा विश्व पर्यटन दिवसको अवसर पारेर वेस्ट बंगालको सिलगुढिस्थित पाँचतारे हाेटल मेयफिरमा बुधबार आयोजना गरेको कार्यक्रममा नेपालले उक्त अवार्ड...

प्यारागन स्कुलमा नयाँ व्यवस्थापक, मन्टेश्वरी र बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा दिने घोषणा

विराटनगर । शिक्षा र स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अनुभवी टिमले विराटनगर ३ पुष्पलाल चोकमा अवस्थित प्यारागन एकेडेमी बोर्डिङ स्कुल संचालनमा ल्याएका छन् ।प्यारागन एजुकेसन फाउण्डेसनमा सञ्चालनमा रहेको उक्त विद्यालय शिक्षा क्षेत्रमा लामो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्