विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण

 न्यूज विराट
विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण

विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ ।

टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ । टेबलले स्वर्गीय सुनिल टिबरेवालाको स्मृतिमा ब्लक निर्माण गरि विद्यालयलाई जिम्मा लगाएको हो । ब्लकको नाम सुनिल टिब्रेवाल ब्लक राखिएको छ । ब्लक निर्माण पूर्व टेबलर स्वर्गीय टिब्रेवालको नाममा समर्पित छ । ब्लकको उद्घाटन विराटनगरका मेयर नागेश कोइराला र टिबरेवालाकी आमा किरण टिबरेवालाले संयुक्त रूपमा रिवन काटेर गरेका थिए ।

३ हजार २ सय वर्गफिट ओगटेको ब्लकको निर्माणमा ४५ लाख रूपैयाँ खर्च भएको थियो । ब्लकको निर्माण ४ महिनामा सम्पन्न भएको थियो । महेन्द्रमा अंग्रेजी माध्यमका कक्षा ९ र १० का विद्यार्थीकालागि कक्षाकोठाको अभाव थियो । ब्लक निर्माणसँगै २ सय बढी विद्यार्थीले सजिलो गरी पढ्न पाउने भएका छन् ।

कार्यक्रममा बोल्दै टेबलका २०२३–२४ का अध्यक्ष निखिल वंशलले आज भावुक दिन भएको बताए । उनले विद्यालयलाई ४ कक्षा कोठासहितको ब्लक हस्तान्तरण गर्न पाउँदा आफूहरूलाई अपार खुशी लागेको बताए ।
टेबलका समन्वयक विवेक राठीले हालसम्म विभिन्न विद्यालयका ४५ बढी कक्षाकोठा निर्माण गरिएको बताए । उनले बालबालिका देशका भविष्य हुन भन्ने यथार्थलाई हृदयङ्गम गरि ठूलो नभएपनि कक्षा निर्माणजस्ता स–सानो कदम चालिएको बताए ।

टेबलका संस्थापक अध्यक्ष अनुपम राठीले राउण्ड टेबल १० देशको उदाहरणीय टेबल भएको बताए । उनले सिमित साधन र श्रोतका वावजुद उल्लेख्य सामाजिक र रचनात्मक कार्य गरिएको बताए । राठीले टिबरेवाला लोकप्रिय टेबलर भएको स्मरण गरे । ब्लक निर्माणले विद्यालय र टिबरेवालाको नाम युगौंयुगसम्म अमर रहने राठीले बताए ।
शिक्षा समन्वय इकाइका प्रमुख टंकप्रसाद गौतमले महेन्द्रमा टेबलले गरिदिएको भौतिक संरचना निर्माणले विद्यार्थीले पढ्नकालागि सहज वातावरण पाएको बताए । मेयर कोइरालाले महानगरपालिका रचनात्मक र सामाजिक कार्यमा जहिलेपनि सहयोग गर्न तत्पर भएको बताए । उनले नगरभित्रका सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ध्यान दिने बताए । कार्यक्रममा बालबालिकाले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

विराटनगर प्राइम राउण्ड टेबल नं. १० ले शिक्षा र सामुदायिक विद्यालयमा योगदान पु¥याउँदै आएको छ । विद्यालयको निर्माण, स्वास्थ्य सेवाको प्रवन्ध, सामाजिक र रचनात्मक कार्यमा टेबल नं. १० सक्रिय छ । विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल र विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झा, अतुल सिंघानिया र अभिषेक केडिया भवन उद्घाटन समारोहमा सहभागि थिए ।

सम्बन्धित समाचार

कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...

लायन्स क्लव डिष्ट्रिक ३२५ सीको सामाजिक काम, पन्ध्र हजार अमेरिकी डलर बराबरको राहत बाढने

विराटनगर । लायन्स अन्तराष्ट्रियले नेपालको बाढी पीडित तथा प्रभावितको लागि एकलाख अमेरिकी डलर तत्कालिन राहत वितरणका लागि स्वीकृत गरेको छ ।लायन्स अन्तराष्ट्रिय फाउन्डेशनले नेपालमा बाढी पीडितका लागि आपतकालिन सहयोग अन्तर्गत यो रकम हस्तान्तरण गरेर वितरण...

तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको...

प्रदेश १ मा २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट ¥यापिड डाइग्नोष्टिक टेस्ट(९आरडिटी) गरिएका २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाबअन्तर्गत सङ्कलित २...

इप्रका रानीद्धारा २ लाख ६७ हजारको अवैध सामान बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले झण्डै तीन लाखको अवैध सामान बरामद गरेको छ । भारतबाट तस्करी भएर आएको २ लाख ६७ हजार १ सय मुल्य बरावरको अवैध सामान मंगलबार बरामद गरेको हो ।प्रहरीले...

विराटनगरको सेन्ट्रल मलमा ‘जुम्बा’ संचालनमा

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरी जुम्बा संचालनमा ल्याएको हो । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा संचालनमा ल्याएको सेन्ट्रल मलका प्रबन्धक...

बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार...

एभरेष्टले आयोजना गरेको कविता प्रतियोगितामा रिजु प्रथम

विराटनगर । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्