प्रदेश १ बाट पदक विजेता तेक्वान्दो खेलाडीलाई सम्मान

 न्यूज विराट
प्रदेश १ बाट पदक विजेता तेक्वान्दो खेलाडीलाई सम्मान

विराटनगर । पोखरामा सम्पन्न भएको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा प्रदेश १ बाट प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ । प्रदेश १ आइटिएफ तेक्वान्दो संघको वार्षिकोत्सवका अवसरमा बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको हो ।

राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीका साथै वर्षभरि उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट जिल्ला र उत्कृष्ट डोजाङलाई सम्मान गरिएको थियो । वर्षको उत्कृष्ट खेलाडी महिलातर्फ मोरङकी कुसुम राजवंशी, पुरुषतर्फ झापाका रोशन मगर तथा उत्कृष्ट प्रशिक्षकमा झापाका चन्द्रबहादुर तामाङ सम्मानित भए ।
त्यस्तै उत्कृष्ट जिल्लातर्फ आइटिएफ तेक्वान्दो संघ मोरङ र डोजाङतर्फ भोजपुरको दिङ्ला आइटिएफ तेक्वान्दो डोजाङ प्रदेशकै उत्कृष्ट घोषित भए । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता मोरङकी कुसुम राजवंशी, झापाका रोशन मगर र वीरबहादुर तामाङ सम्मानित भए । रजत पदक विजेता मोरङकी इन्दिरा थापा र भोजपुरकी सजिना तामाङ तथा कास्य पदक विजेता मोरङका प्रथम कार्की, नितेश खवास, सुनसरीका हिराधन राई, भोजपुरका दिलन राई र सुदीप तामाङ सम्मानित भए ।
त्यसैगरी, प्रशिक्षकहरु अभय राई, केशव कार्की र टिम व्यवस्थापक केशव भट्टराईलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले र आइटिएफ प्रदेश १ का अध्यक्ष प्रवीण कार्कीलगायतले सम्मानपत्र तथा नगद प्रदान गरे ।
खेलाडीहरुलाई सम्मान कार्यक्रममा सदस्यसचिव वाग्लेले अहिले खेलकुद क्षेत्र मृत अवस्थामा रहेको बताए । यस्तो अवस्थामा कसरी खेलकुदलाई जगाउन सकिन्छ भन्नेमा कसैको पनि ध्यान नगएको उनले बताए । ‘यो अवस्थामा संस्था चलाउन निकै गाह्रो भएको छ,’ उनले भने, ‘राजनैतिक गर्ने नेताहरुले खेलकुद नबुझ्दा खेल र खेलाडीको स्तर वृद्धि गर्न सकेका छैन । चाहिने बजेट माग गरे पनि त्यसलाई कटौती गरेर पठाए पनि मन्त्रीहरुले आ–आफ्नो हिसाबले खर्च गर्दा झन् समस्या आएको छ ।’
प्रदेश १ मन्त्रिपरिषद्को बैठकले ९ औं राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडी, प्रशिक्षक तथा खेल व्यवस्थापकलाई सम्मान गर्ने भएको छ ।

सम्बन्धित समाचार

एकैदिन १२ सय २१ जनामा कोरोना पुष्टि

काठमाडाैं, १४ भदौ-पछिल्लो २४ घण्टामा देशभर  कोरोना संक्रमित १२ सय २१ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र  जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । याे एकैदिन भेटिएका संक्रमितकाे सबैभन्दा बढी संख्या...

कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार...

रूसमा बढ्यो कोरोना संक्रमण, एकैदिन भेटिए २० हजारभन्दा बढी संक्रमित

एजेन्सी, १२ असार ।रूसमा शुक्रबार पनि २० हजार जनाभन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । रूसमा गएको २४ घन्टा यता २० हजार ३९३ जना नागरिक संक्रमणमा परेका यहाँका सञ्चारमाध्यमहरूलाई रूसका स्वास्थ्य क्षेत्रका...

सुनसरीको खनारमा दुर्घटना, विद्यार्थीको मृत्युपछि स्थानीयले जलाए बस

विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...

आज घरघरमा भित्र्याईंदै छ फूलपाती, यस्तो छ बिधि

काठमाडौं, असोज २६ । आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा...

प्रहरी जवान सुनिल ठाकुर उत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी जवान सुनिल कुमार ठाकुर उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय इटहरी दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ठाकुर उत्कृष्ट कार्यसम्पदान गरेको भन्दै सुनसरी प्रहरीले भदौ महिनाको उत्कृष्ट...

संक्रमितको संख्या घट्दै, शनिबार ७० जनामा कोरोना पुष्टि

काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । शुक्रबार १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।...

नेप्से २५ अंकले घट्दा सेयरमा सर्किट ब्रेक

काठमाडौं,३० वैशाख  -सेयरबजार परिसूचक नेप्से खुलेको डेढ घण्टा हुन नपाउँदै २५ अंकले घटेर सर्किट लागेको छ ।  नेप्से परिसूचक २५.३० अंकले घट्दा १२२६.१५ अंकमा पुगेर कारोबार बन्द भएको हो । मंगलबार ८७ कम्पनीको १ लाख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्