कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

 न्यूज विराट
कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले यस्तो बताएका हुन् ।

व्यक्ति स्वयं र अन्यलाई पर्न सक्ने जोखिमलाई रोक्नका लागि विदेशिक रोजगारीमा जाने र फर्कने दुवैलाई रोक लगाउनुपरेको भन्दै उनले वैदेशिक रोजगारीमा गएर फर्किएका र फेरि जान नपाएका इच्छुकलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत श्रम गर्ने व्यवस्था मिलाइने बताए ।

वैदेशिक रोजगारीमा जान रोक लगाएकै कारण विप्रेषणमा प्रभाव नपर्ने दाबी उनले गरे । विप्रेषणको वृद्धिदर लामो समयदेखि उच्च रहँदै आएको र वर्तमान अवस्थामा बैकसँग पर्याप्त तरलता रहेकाले मुद्रा र पूँजी बजारमा ठूलो वित्तिय समस्या पर्ने स्थिति नरहेको उनले बताए ।

सम्बन्धित समाचार

सवारी साधनका बीमितलाई राहत दिने निर्णय

काठमाडौं, ७ जेठ-बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मंगलबार बसेको बैठकले ११ चैतदेखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय...

दुर्घटना भएको चार वर्ष : उद्योगी नविन रिजालको उद्योगले बेवास्था गरेको पीडित परिवारको आरोप

विराटनगर । झापाको सुरुङ्गामा चारवर्ष अगाडी भएको एउटा दुर्घटनामा संलग्न चालकलाई नौवर्ष कैद र ६० हजार रुपैँया जरिवानाको फैसला भएपछि परिवारको बिचल्ली भएको छ । २०७७ फागुन १९ गते तीनवटा सवारी एक आपसमा ठोकिदाँ दुईजनाको...

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो । सो समूहले एमालेका पूर्वउपाध्यक्ष...

रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न, ५८ पदकसहित पब्लिक मावि प्रथम (फोटो फिचरसहित)

विराटनगर । मोरङको रंगेली नगरपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । मंगलबारदेखि रंगेली बजारस्थित जनता क्याम्पसको खेल मैदानमा सुरु भएको सो प्रतियोगिता बिहीबार सम्पन्न भएको हो ।  यस वर्षको राष्ट्रपति...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन्। शनिबार विश्वासको मत...

भव्य भयो मेरिल्याण्डमा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगर – ७ स्थीत मेरिल्याण्ड कलेजले कक्षा १२ का विद्यार्थी विदाई गरेको छ । कलेज परिसरमा बुधबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा १२ का ७५३ जना विद्यार्थीहरुलाई...

सीमा क्षेत्रमा तस्करी बढ्यो, एक महिनाभित्रमा रोक्न गृहमन्त्रीको निर्देशन

विराटनगर । सीमा क्षेत्रमा हुँदै आएको तस्करी एक महिना भित्र पूर्ण रुपमा नियन्त्रण नगरे कारबाही गर्न बाध्य हुने चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय...

विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुँदै, ८ वटा विद्यालयले भाग लिने

विराटनगर । विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा इन्टर स्कुल क्रिकेट टुर्नामेन्ट हुन लागेको हो । आयोजकले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी फागुन ११ देखि १८...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्