विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ । विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले १२ लाख ३ हजार ४२० रुपैयाँको सामान इलका प्रहरी कार्यालय रानी विराटनगरले नियन्त्रणमा लिएको हो । इप्रका रानीले आँखाको लेन्स, आँखामा लगाउने औषधी, कपडा (सुट), चिया छान्ने, कागती निचोर्ने मेशिन र साडी लगायतका सामान नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरी टोलीले बरामद गरेको सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, विराटनगरमा बुझाईएको छ ।
नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल...
एजेन्सी, जेठ १२-कोरोना भाइरसका १६४ संक्रमित देखिएपछि दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीमा काम बन्द गरिएको छ । पोनेन्ग संसारको सबैभन्दा गहिरो सुनखानी हो । एक महिना बन्द गरिएपछि गत महिनादेखि पुनः काम सुरु भएको थियो...
काठमाडौं, ४ जेठ-आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । लकडाउनबारे निर्णय गर्नका लागि बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । केही दिनयता लगातार संक्रमितको संख्या बढेसँगै आजको बैठकले लकडाउनको अवधि लम्बाइने...
विराटनगर, १ असोज–प्रदेशसभा गठन भएको झण्डै अढाई वर्षपछि प्रदेश १ प्रदेशसभाले आफ्नै भवन निर्माण कार्य सुरु गरेको छ । बिहीबार साविकको जिल्ला समन्वय समिति परिसरमै प्रदेशसभाको नयाँ भवनको शिलान्यास गरिएसँगै प्रदेशसभाको भवन निर्माण कार्य सुरु...
विराटनगर, बैशाख १३-प्रदेश नं १ मा पाँच हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १ मा ५ हजार २ सय १२ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको कोरोना सूचना डेस्कले...
एजेन्सी, जेठ १७-मलेसियाका विकासवादी तथा लोकप्रिय नेता पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद आफ्नै पार्टीबाट बर्खास्त भएका छन् । बरसातु पार्टीबाट महाथिर, उनका छोरा र अन्य तीन जना वरिष्ठ नेताहरु निस्कासनमा परेका हुन् । यद्यपि ९४ वर्षीय...
विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालय फुटाउन गरेको निर्णय तत्काल फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माग गरेको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालय फुटाएर...
विराटनगर, ४ माघ । नेपाल चिकित्सक संघ कोशीको कार्यसमितिको निर्वाचन सुरू भएको छ । संघमा पहिलोपटक दुई प्यानलबीच प्रतिस्पर्धा भएको हो । यसअघि १२ वर्ष पहिले केही पदका लागि मात्रै निर्वाचन भएको थियो । पहिलोपटक...