विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा आएको छ । रोयल विरयानी हाउसका चार जना संचालकले रोयल एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् ।
२० लाख रूपैयाँ लागतमा संचालनमा आएको रोयल तन्दुरी एण्ड कबाव हाउसको लोकप्रिय परिकार चिकेन तन्दुरी र कबाव हो । पोलेर पकाउने चिकेन तन्दुरी यहाँको लोकप्रिय परिकारमा पर्दछ । तन्दुरी र कबाव बाहेक चाइनिज परिवारहरू पनि पाइने संचालक यासिर घिमिरेले जानकारी दिए । ‘स्तरीय परिवार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं । त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौं,’ संचालक घिमिरेले भने ।
घिमिरे युवा व्यवसायी हुन् । उनी साउँदीमा होटलमा काम गरेपछि स्वदेशमा व्यापार व्यवसायी संचालन गर्ने उद्देश्यले उनीसहित पप्पु अन्सारी, अमिर लिम्बु र कमल श्रेष्ठ मिलेर ट्राफिक चौकमा रोयल बिरयानी हाउस संचालनमा ल्याएका थिए । छोटो समयमा ग्राहकको रोजाइमा विरयानीले मन जित्न सफल पनि भएको छ । यसको शाखा विस्तार पनि भइरहेको छ । बिरयानीपछि उनीहरूले रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा ल्याएका हुन् ।
काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...
काठमाडौं, ४ फागुन । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...
सुर्खेत, १४ जेठ-यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी,...
भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि...
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गको छ ।टस जितेर पहिले...
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर – १४ गोदावारी पार्कमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो...
बाँके, १९ जेठ-बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गएराती भएको बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीअनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने...
सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयका नाममा करिब साढे ३ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ...