प्याब्सन मोरङको साधरण सभा सम्पन्न, शिक्षक र विद्यार्थीलाई सम्मान

 न्यूज विराट
प्याब्सन मोरङको साधरण सभा सम्पन्न, शिक्षक र विद्यार्थीलाई सम्मान

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १६ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी र १५ जना शिक्षकहरूलाई सम्मान गरिएको हो ।
एसइइको परीक्षामा ४ जिपिए ल्याउने उर्लाबारीस्थित पशुपति माविमा अध्ययरत छात्र आर्दस भट्टराई र छात्रातर्फ सोही विद्यालयका ३.९५ जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने छात्रतर्फ विराटनगरस्थित बिकेभिए स्कुलका आयम कट्टेल, आदित्य बर्मा, सुजन निरौला र छात्रातर्फ पथरीस्थित रेडस्टार माविका त्रियुगा आङ्छाङबो लिम्बुलाई सम्मान गरियो ।

यसैगरी शिक्षकहरूतर्फ लक्ष्मी राना मगर, रुकमणि दुलाल, अनन्तराम दाहाल, राम प्रसाद खनाल, योगेन्द्र बस्नेत, खेमराज प्रसाई, पेहिम राई, अलावति राजवंशी, गंगा चौलागाइ, बसन्त कुमार दास, दौपदि कुमार मण्डल र एडल्फलाई सम्मान गरिएको छ ।
सम्मानित भएका विद्यार्थी र शिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास र प्याब्सन मोरङकी अध्यक्ष शितला सुब्बाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष बासुदेव न्यौपाने, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतम, प्याब्सन केन्द्रीय सचिब हेमन्त कार्की, प्याब्सन प्रदेश १ का अध्यक्ष टिकाराम ढकाल, उपाध्यक्ष तथा प्याब्सन मोरङका प्रमुख सल्लाहकार अर्जुन बस्नेत, प्याब्सनका पुर्व केन्द्रीय सदस्यहरु रमेश कुमार मिश्र, लेखनाथ भट्टराई, प्याब्सन प्रदेश १ का कोषाध्यक्ष राजेश आचार्य, प्याब्सन मोरङका वरिष्ठ सल्लाहकार केशवलाल सिंह सुवाल, नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भिम घिमिरेलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

लकडाउनले छोएन सरकारी वकिल कार्यालयलाई, विगतमा भन्दा बढी चाप

सरकारले घोषणा गरेको लक डाउनका कारण अधिकांश सरकारी कार्यालयहरू सुनसान देखिए पनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा विगतको भन्दा चाप बढेको छ । विश्वव्यापी बनेको कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू बन्द रहे पनि...

जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् ।...

आज लकडाउनको ७३औँ दिन : सवारी चाप बढ्यो, खुल्न थाले पसल

काठमाडौं, २२ जेठ-सरकारले जारी गरेको लकडाउको आज ७३औँ दिन पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । जेठ ३१ गते सम्मका लागि...

प्रदेश १ सरकारद्वारा अन्तराष्ट्रिय महिला दिवसमा १३ जना सम्मानित

विराटनगर, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड...

मङ्गलबारसम्म वर्षाको सम्भावना

आगामी मङ्गलबारसम्म वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमसविद् प्रतिभा मानन्धरले भनिन्, 'यो...

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

विराटनगरको अरनिको कलेजले गर्यो ११५१ जना विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ११५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको...

कुपोषण नियन्त्रण गर्न पोषण बाढ्दै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्