कोशीमा विरामीको छटपटी, शल्यक्रिया गरिएको गर्भवती भुइँमा

 न्यूज विराट

दृष्य १

विराटनगर– १८ मटेरूवाकी २० वर्षीया गर्भवती अजमेरी खातुनलाई व्यथा लागेर छटपटी सुरू भएपछि उनका परिवारले मंगलबार राति ९ बजे कोशी अस्पतालको स्त्री तथा प्रसुती रोग विभागमा लिएर आइपुगे । तर, अस्पतालको शैय्या भरिभराउ थिए । प्रसूती वार्डमा ल्याएपछि सुरूमा मेटरनिटी वार्डको वेटिङमा राखियो । वेटिङ वार्डको २७ शैय्या भरिभराउ भएपछि उनलाई भुइँमा राखियो । व्यथा लागेर असह्यै पीडामा छटपटिरहेकी खातुनको नर्मल डेलीभरी नहुने भएपछि अप्रेसन थ्रियटरमा लगेर चिकित्सक टोलीले राति १२ बजे शल्यक्रिया गरे । शल्यक्रिया गरेपछि बिरामीलाई २४ घण्टासम्म पोस्टअप वार्डमा राख्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

कोशीको गाइनो वार्डमा १० शैय्याको पोस्टअप वार्ड छ । यसअघि शल्यक्रिया भएका बिरामीले पोस्टअप वार्ड भरिभराउ छ । पोस्टअप वार्डमा शैय्या नभएपछि सिमेन्टको चिसो भुइँमा म्याट्रेस ओछ्याएर भर्खरै शल्यक्रिया गरिएकी सुत्केरीलाई सुताइयो । ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले खातुनलाई एकछेउ भुइँमै राखेर सलाइन चढाएर उपचार सुरू गरे । अजमेरी खातुनको शल्यक्रियापछि शैय्या अभाव भएको कारणले भुइँमा राखेर उपचार गर्दै स्वास्थ्यकर्मी । उपचार खटिएका स्वास्थ्यकर्मीहरू भन्दै थिए, ‘अस्पताल प्रशासनदेखि यहाँका मेसुलाई हामीले बिरामीले शैय्या नभएर छटपटिएको पीडा धेरै पटक सुनायौं । तर, बिरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीको पीडा बुझ्ने भिजन भएका कुशल प्रशासक पाइनौं ।’ बिरामीको छटपटीलाई नजिकबाट नियालेका ती स्वास्थ्यकर्मीले दुःखेसो पोख्दै थपे, ‘हामी चिकित्सक बिरामीको उपचार गर्दछौं । तर, यहाँ शैय्याको व्यवस्थापन अस्पताल प्रशासनले गर्ने हो । शैय्या नपाएपछि भुइँमा उपचार गरेका बिरामीका कुरुवाहरू हामीसँग गालीगलौजमा उत्रिन्छन् । हाम्रो पीडा कसले बुझने ?’

अजमेरी खातुनको शल्यक्रियापछि शैय्या अभाव भएको कारणले भुइँमा राखेर उपचार गर्दै स्वास्थ्यकर्मी ।


दृश्य २

नर्मल प्रसुती भएपछि कोशी अस्पतालको स्त्री तथा प्रसुती विभागको दोस्रो तलाको भुइँमा तन्ना ओछ्याएर सुतिरहेकी छन, मोरङ बुढीगंगा गाउँपालिका—४ गकुवाकी २० वर्षीया सुब्रता चौधरी । बुधबार विहान १ बजे उनले पहिलो सन्तान छोरालाई कोशीको ‘पोस्टनेटल’ वार्डको चिसो भुइँमै जन्म दिइन् ।
५१ शैय्याका पोस्टनेटल वार्डको शैय्या भरिभराउ भएपछि उनी चिसो भुइँमा बसेर उपचार गराइरहनु परेको छ । ‘भुइँमा बसेर उपचार गर्दा असह्यै पीडा हुँदो रहेछ । त्यो पनि गर्भवती महिलालाई धेरै पीडा । नर्मल डेलिभरी हुँदा मरेर बाँचेजस्तो महसुस हुँदो रहेछ,’ सुव्रताले दुःखेसो पोखिन्, ‘प्रसुतीपछि नयाँ जीवन पाएजस्तो भएको छ । अहिले हल्का भएको छ । तर, चिसो भुइँमा बसेकोले डाढ दुख्न थालेको छ ।’ प्रसुतीपछि न्यानोमा बस्नुपर्ने, पोषिलो र तातो खानेकुरा खानुपर्ने बेलामा शैय्या नपाएर चौधरी चिसो भुइँमा उपचार गर्न विवश छन् ।

२० वर्षीया सुब्रता चौधरी भुइँमा बसेर उपचार हुँदाको पीडा सुनाउँदैं ।

दृश्य ३

विराटनगर १० की ३० वर्षीया सृजना मण्डलले कोशीको वेटिङ वार्डमा छोरीलाई जन्म दिइन् । बुधबार विहान १ बजे शैय्या अभावमा छटपटीकै बीचबाट उनले भुइँमै दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनलाई वेटिङ वार्डबाट पोस्टनेटल वार्डमा सारियो । त्यहाँ पनि उनले शैय्या पाइनन् ।
सिमेन्टको चिसो भुइँमा प्लाष्टिकको फर्म ओछ्याइन्, भर्खरै जन्म दिएकी नवजात शिशुलाई पनि सँगै राखिन् । अस्पतालको शैय्यामा अन्य बिरामीले भरिभराउ भएपछि सृजनालाई पनि सुव्रता र अजमेरीजस्तै गरी भुइँमा राखेर उपचार गरियो । कोशी अस्पतालको स्त्री तथा प्रसुती विभागमा पुग्दा देखिएका यी त प्रतिनिधीमूलक दृश्य मात्रै हुन् ।

ब्लाष्टकर्मी बुधबार विहान ८ बजे त्यहाँ पुग्दा अजमेरी, सृजना र सुव्रताजस्ता कयौं शल्यक्रिया गरिएका बिरामीसमेत चिसो भुइँमै उपचार गराइरहेका दृश्यहरु देखिए । कोशीको स्त्री तथा प्रसुती विभागको ७८ शैय्या बिरामीले भरीभराउ भएपछि बुधबार विहान १५ देखि २० जना बिरामीलाई यहाँका स्वास्थ्यकर्मीहरूले भुइँमा राखेर उपचार गर्दै आएका छन् । कोशीमा दैनिक २५ देखि ३० जना गर्भवतीको सामान्य प्रसुती हुने गर्दछ । १२ देखि १५ जना गर्भवतीको शल्यक्रिया हुने गरेको छ । दैनिक १५ जनासम्म गर्भवतीको शल्यक्रियामार्फत शिशुलाई जन्म दिने अस्पतालमा १० शैय्याको पोस्टअप वार्ड छ । शल्यक्रिया गरेपछि २४ घण्टा अब्जरबेसन र थप उपचारको लागि बिरामीलाई पोस्टअप वार्डमा राखेर उपचार गरिनुपर्ने चिकित्सकहरू बताउँछन् । तर, शैय्या अभावको कारण अहिले ८ घण्टा मात्र एक जना बिरामीलाई पोस्टअप वार्डमा राखेर पोस्टेनल वार्डमा सारिने गरेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् ।

‘ठाउँ नभएपछि बिरामीलाई अर्को वार्डमा सार्नुको विकल्प छैन । नभए यही भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ,’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘बिरामीलाई मर्नु त दिनु भएन् । बचाउनु प¥यो । त्यही भएर पनि हामीले विरामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।’ गर्भवती बिरामीको संख्या बढेपछि यहाँ कार्यरत स्वास्थ्यकर्मीले स्त्री तथा प्रसुती विभागको तेस्रो तलामा ट्रस्ट बनाएर शैय्या थपका लागि माग राखेका छन् । तर, अस्पताल प्रशासनले शैय्या विस्तारमा चासो नदेखाएको चिकित्सकहरुको भनाइ छ ।

‘प्रसुती विभागको भवनको माथिल्लोे तलामा ट्रस्ट बनाएर ३० देखि ४० वटासम्म बेड थप हुने थियो । त्यसमा अस्पतालका मेसु र अस्पताल विकास समितिले ध्यान दिएकै छैन । हामी भन्दा—भन्दा आजित भइसक्यौं,’ एक अर्का चिकित्सकले हेल्थआवाजसँग गुनासो पोखे । २ नर्सले २६ जना बिरामी हेर्नुपर्ने बाध्यता कोशी अस्पतालमा प्रसुती तथा स्त्री रोग विभागमा ३९ जना नर्स कार्यरत रहेका छन् भने पाँच जना चिकित्सक । २९ नर्समध्ये १७ जना मेटरनिटी वार्डमा, ८ जना पोस्टअपमा र १४ जना पोस्टेनल वार्डमा कार्यरत छन् । मेटरनिटी वार्डमा रहेका एक जना नर्सले १३ जना बिरामीसम्म हेर्नुपर्ने अवस्था कोशीमा छ । स्वास्थ्य मापदण्ड अनुसार एक जना नर्सले ६ जनासम्म बिरामी हेरचार गर्नुपर्ने हो । तर, यहाँ १३ जनाभन्दा बढी बिरामी १ जना नर्सले हेर्नुपर्ने अवस्था छ । प्रसुती तथा स्त्री रोग विभागले अस्पताल प्रशासनसँग थप जनशक्ति माग गर्दा पनि अलिहेसम्म उपलब्ध गराएको छैन । शल्यक्रियापछि ‘पोस्टअप’मा राख्नुपर्ने बिरामी भुइँमा शल्यक्रिया सम्बन्धी प्रोटोकलका दृष्टिकोणले शल्यक्रिया गरेपछि बिरामीलाई अनिवार्य रुपमा पोस्टअप वार्डमा राख्नुपर्ने हुन्छ । तर, शैय्या अभावको कारण बाध्यताका कारण कोशीमा शल्यक्रिया गरिएका बिरामीलाई भुइँमा राखेर उपचार गर्ने गरिएको छ । शल्यक्रिया गरिएको बिरामीलाई भुइँमा राखेर उपचार गर्दा बिरामीलाई संक्रमण हुने प्रसुती तथा स्त्री रोग विशेष डा. बालकृष्ण साहले बताए । ‘शल्यक्रिया गरेपछि थप उपचार र अब्जरबेसनका लागि पोस्टअप वार्डमा राख्नुपर्ने हुन्छ,’ डा. साहले भने, ‘पोस्टअप वार्डमा नराखेर भुइँमा राख्दा बिरामीलाई संक्रमण हुने खतरा बढी हुन्छ ।’

शैय्या विस्तारको लागि पहल गरेका छौं : मेसु लक्ष्मीनारायण यादव
कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले अस्पतालको स्रोत साधनले भ्याएसम्म अस्पतालमा आएका बिरामीको उपचार गरेको बताए । ‘पुरानो भवनमा हुँदा स्त्री तथा प्रसुती विभागमा एक सय शैय्याको थियो । अहिले नयाँ भवनमा गएपछि शैय्या घटेर ७८ मा खुम्चिएको छ । त्यही भएर पनि अहिले समस्या आएको हो,’ मेसु यादवले भने, ‘नयाँ भवनको माथिल्लो तलामा ट्रस्ट बनाएर ४० शैय्या थप गर्ने तयारीमा छौं । त्यसको लागि मन्त्रालयसँग बजेट माग गरिएको छ ।’ निकास भएर आएपछि थप शैय्या विस्तारमा अस्पताल लागि पर्ने उनले बताए । ‘यहाँ आउने बिरामी विपन्न समुदायका हुने गरेका छन् । आएका बिरामीलाई सकभर रिफर नगर्ने भएकोले हुनाले पनि बिरामीको संख्या बढेको छ,’ उनले भने । ३५० शैय्याको कोशी अस्पतालमा दैनिक १ हजार २ सयदेखि १ हजार ५ सय सम्म बिरामी ओपीडीमा सेवा लिने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।

सम्बन्धित समाचार

कर अशुल्नुनै सवैकुरा होइनः सांसद मण्डल

विराटनगर, जेठ २३–पूर्वमन्त्री तथा नेकपाका सांसद शिवकुमार मण्डलले कर अशुल्नुनै सवैकुरा नभएको बताएका छन् । सरकारले सवै प्रकारका कर तिर्न म्याद तोकेर निर्देशन जारी गरेकोप्रती लक्षित गर्दै सांसद मण्डले यस्तो बताएका हुन् । उनले बन्दाबन्दीका...

विराटनगरमा गठबन्धनका नागेशको फराकिलो मतअन्तर

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार नागेश कोइरालाले मतअन्तर बढाउँदै लगेका छन् । सुरुदेखिनै अग्रता कायम गरेका कोइरालाले लगातार मतअन्तर बढाउँदै लगेका हुन् । सोमबार साँझ साढे ७ बजेसम्मको मत परिणाम अनुसार...

४० हजार बढीको कोरोना परीक्षण

काठमाडौं, १० वैशाख-अहिलेसम्म स्वाव नमुना संकलन (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक टेस्ट विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ । अहिलेसम्म देशभरी ४० हजार बढी परीक्षण भएका छन् । पिसिआर र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी)...

औषधी व्यवसायी संघ मोरङद्धारा होली मिलन कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले होली मिलन कार्यक्रम आयोजना गरेको छ । संघले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी होली मिलान कार्यक्रम आयोजना गरेको हो । संघले प्रत्येक वर्ष होलीको कार्यक्रम आयोजना गरी...

विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

विराटनगर । घरेलु टोली विराटनगर सिटी बीसीएफले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४ – ० गोलले हराउँदै...

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

काठमाडौं, ११ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले श्रृंगलाले प्रधानमन्त्री...

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

एजेन्सी, फागुन १४–भारतको राजधानी नयाँ दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । हिंसामा सर्वसाधारणको मृत्यु भएपनि प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका छन् ।...

कोरोनाका कारण अलपत्र ३४ हजारको उद्धार, ५६ जना उपचारत  

काठमाडौं, ७ साउन-कोरोना भाइरसका कारण विदेशमा अलपत्र ३४ हजारको उद्धार गरेर स्वदेश ल्याइएको कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रले जनाएको छ । मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएको केन्द्रले जानकारी दिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्