रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

 न्यूज विराट

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

विराट इन्टरनेशनल डायग्नोस्टिक ल्याब प्रालि र विराटनगर महानगरपालिका वडा नम्बर ४ को सहकार्यमा आयोजना गरिएको शिविरमा ६ जना चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरि उपचार गरेका थिए ।

शिविरमा वरिष्ठ स्त्री तथा प्रसुती, बाल, छाला, सजरी, नाक, कान, घाँटी रोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा चेकजाँचका लागि आएका विरामीहरुलाई निःशुल्क मधुमेह परीक्षणका साथै निशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरबाट स्थानीय ५०० जना लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

उनीहरु सबैजना आफ्नो चेकअप गर्न पाउँदा खुसी थिए । सो अबसरमा अर्चना तातडीया, सुनिता अग्रवाल, सुगन्धा तोदी, रचना राठी, कुसुम अग्रवाल, मञ्जु अग्रवाल, उमा राठी, मुक्ता तोदी, सपना सिंघल, पूनम नरेश राठी, अनु सारडा, स्नेहा अटल, स्वेथी राठीलगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै एसिस्टेन्ट गभर्नर कमल अग्रवाल, वरिष्ठ डिस्ट्रीक्ट नेता बेनीगोपाल मुन्दराले पनि शिविरको अवलोकन गरेका थिए । रोटर्याक्ट नोबेल मेडिकल कलेज, विद्यालयका प्रधानाध्यापक, विद्यालयका शिक्षक, वडाध्यक्ष, स्वयंसेवक, सञ्चारकर्मी, विद्यालयका कर्मचारीहरुको समेत शिविरमा उपस्थिती रहेको थियो ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराट नर्सिङ होम प्रालि, विराट इन्टरनेशनल डायग्नोस्टिक ल्याब प्रालि र विराटनगर महानगरपालिका वडा नं ४ को सहकार्यमा आयोजना गरिएको मेगा स्वास्थ्य शिविर शिविर आयोजना गरिएको थियो । शिविरमा एमटेक मेड प्रालिको सहयोगमा औषधि समेत वितरण गरिएको क्लबकी अध्यक्ष राठीले जानकारी दिइन् ।

सम्बन्धित समाचार

महिला र युवतीहरुलाई प्याड बनाउने तालिम

विराटनगर । महिला र युवतीहरुलाई कपडाको प्याड बनाउने तालिम प्रदान गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा विराटनगरस्थित खर्जी गाउँमा प्याड बनाउने तालिम दिइएको हो । तालिममा ३५ जना महिला र युवतीहरुको सहभागीता...

कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो । तितेपाती प्रयोग गरी बनाइएको...

कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

रंगेलीको संसारीमाई मन्दिरमा प्रदेशस्तरीय फूलपाती बढाई हुदैँ, सम्पूर्ण तयारी पुरा (फोटोसहित)

विराटनगर, १४ असोज । विगतका वर्षहरुझैँ यसवर्षपनि मोरङको रंगेलीस्थित संसारीमाई मन्दिरमा भोली प्रदेशस्तरीय फूलपाती वढाई हुने भएको छ । पूर्वको प्रशिद्ध शक्तिपिठको रुपमा रहेको सो मन्दिरमा आगामी असोज १६ गते विहान साढे ९ वजे प्रदेश...

घरेलु तथा साना उद्योग महासंघको अधिवेशन शनिबार, एक दिने प्रर्दशनीमा ६० स्टल रहने

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन हुने भएको छ । महासंघ अन्र्तगतको महिला उद्यम समिति मोरङको २१ औं साधरणसभा र १० औं अधिवेशन...

खार्जीमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, १४ वैशाख । विराटनगरस्थित खार्जीमा स्वच्छता सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीका विद्यार्थी र समुदायका लागि स्वच्छतासम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा हात...

अतिरिक्त क्रियाकलापमा पनि शिक्षादीप अब्बल, प्रदेश स्तरीय हाजिरीजवाफमा उत्कृष्ट विद्यार्थीलाई सम्मान

विराटनगर । गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि विराटनगरस्थित शिक्षादीप कलेज उत्कृष्ट रहेको पाइएको छ । एकपछि अर्को गर्दै शिक्षादीप कलेजले लिएको सफलताले पनि अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको पुष्टि गरेको हो । हालै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्