तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

 न्यूज विराट
तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४६३ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत पाए ।

क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३ मतदाता मध्ये ७४ हजार ७४४ मत खसेको थियो । ६ हजार १४९ हजार मतअन्तरले मोदीले जित निकालेका हुन । यो संगै मोदी तेस्रो पटक संसदको ढोका खोल्न सफल भएका छन् । मोदीले यसअघि मोरङ क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ संसदीय चुनाव लडिसकेका छन् । २०७४ मा क्षेत्र नं.४ बाट उम्मेदवार बनेका मोदी विजयी भए । त्यस बेला उनले काँग्रेसका नेता महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पराजित गर्दै संसद् यात्रा तय गरेका थिए ।
त्यसेबाल मोदीले ३३ हजार ५ सय २९ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका आचार्यले २६ हजार ८ सय मत पाएका थिए ।
संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन । मोदीले सत्ता गठबन्धनमा यसपटक बाजी मारे । यससँगै मोदीको प्रत्यक्षतर्फ संसदीय चुनावमा दोस्रोे जित भएको छ । उनी तेस्रो पटक सांसद चुनिएका छन् ।

को हुन मोदी ?
माओवादी आन्दोलनबाट उदाएका अमनलाल मोदीले अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । ०७० सालको संविधानसभाको निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट निर्वाचित भएका मोदी ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेद्वार बनेका थिए । काँग्रेसको दबदबा रहेको ठाउँमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका मोदी त्यही काँग्रेस भित्रको अन्तरविरोधमा खेल्न सफल भए भने थारु समूदायको बाहुल्य रहेको सो क्षेत्रमा उनी सहजै विजयी बनेका थिए ।

बावु पवनलाल र आमा वालोदेवी मोदीको कोखबाट २०४२ असोज ५ गते जन्म भएको हो । ३७ वर्षीय मोदी स्नातकसम्म अध्ययन गरेका छन् ।
२०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्यदेखि विद्यार्थीबाट राजनीति प्रराम्भ गरेका हुन् । अनेरास्ववियु (क्रान्तिकारी)को मोरङ जिल्ला अध्यक्षसम्म भए । एमालेबाट राजनीति सुरुवात गर्दै २०५३ सालदेखि तत्कालीन नेकपा (माओवादी) मा आबद्ध भए । २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य पनि भए । उनले माओवादीको जिल्ला र केन्द्र तहमा विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका छन् ।
संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक सभासदमा चयन भए । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मोरङ क्षेत्र नम्बर ४ बाट मोदी निर्वाचित भए ।
२०६० सालमा पक्राउ परी दुई वर्ष ३ महिना जेल जीवन बिताएका छन् । राजनीतिक आन्दोलनका क्रममा पटक–पटक हिरासतमा बसेका छन् ।

सम्बन्धित समाचार

विराटनगर–८ मा एमालेका राम पोखरेलको प्यानलै निर्वाचित

विराटनगर, ६ जेठ । विराटनगर–८ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका राम पोखरेल वडाध्यक्षमा निर्वाचित भएका छन् । उनीसहित उनका टिमका सवै निर्वाचित भएका हुन् । यसअघि नेपाली कांग्रेसले प्यानलै जितेको वडा नं....

विराटनगरमा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पोः चार लाख बढीले अवलोकन गर्ने, १५ कारोडको कारोबार हुने अपेक्षा

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा आगामी पुष ६ गतेदेखि ट्रेड एक्पो हुने भएको छ । पुस ६ गतेदेखि विराटनगरमा मोरङ व्यापार संघ ट्रेड एक्सपो २०८० को आयोजना हुने भएको हो ।  संघले यस वर्ष...

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण

सुर्खेत, १४ जेठ-कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका  निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि  भएको हो । कर्णालीमा  यसअघि २३ जनामा...

न्यायलयको पुनर्सरचना आवश्यक

विराटनगर । संघीयताको मर्म अनुसार न्यायलयको पुन संरचना आबश्यक रहेको न्याय क्षेत्रका विज्ञहरूले बताएका छन् ।आज विराटनगरमा आयोजित कोशी प्रदेशका अधिबक्ताहरूका लागि संवैधानिक कानुन सम्बन्धी विशिष्टीकृत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै न्याय क्षेत्रका विज्ञहरूले संघीयताको...

लकडाउनले पर्यटन र हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरकाे क्षति

काठमाडौं, १९ असार-लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब रुपैयाँबराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...

अलपत्रलाई उद्धार गर्न बुटवलमा २ वटा बसको व्यवस्था

बुटवल उपमहानगरपालिकाले लकडाउनको पूर्ण पालनाका लागि पैदल हिँड्न पनि रोक लगाएपछि सडकमा यात्रु देखिन छाडेका छन् । अलपत्र मजदूर भए खानाको व्यवस्था गरी गन्तव्यसम्म पुर्‍याउने गरी उपमहानगरपालिकाले व्यवस्थापम गरेपछि सडकमा पैदलयात्रीसमेत देखिन छाडेका हुन् ।...

मिल्स गोल्डकपः सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

विराटनगर, ७ चैत । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले हराउँदै सशस्त्र...

बालिका बलात्कारको आरोपमा मोरङको जहदाका सरबरिया पक्राउ

विराटनगर, १६ फागुन । मोरङको जहदाका एक व्यक्ति बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्र सरबरीया रहेका छन् । उनीमाथि गत फागुन ११ गते स्थानीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्