खार्जीमा सिलाईकटाई तालिम सम्पन्न

 न्यूज विराट

विराटनगर, ७ मंसिर । विराटनगरस्थित खार्जी गाउँमा महिलाहरुका लागि सञ्चालन भएको सिलाई कटाई तालिम सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा गत साउन २२ गतेबाट सुरु भएको तालिम सम्पन्न भएको हो ।

विपन्न परिवारका महिलाहरुलाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन तालिम प्रदान गरिएको हो । तालिमबाट २० जना स्थानीय महिलाहरु लाभान्वित भएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

तालिमका लागि सिलाई मेसिन र तालिमको प्रशिक्षण एनएमबि बैंकले प्रायोजन गरेको थियो । तालिममा सहभागी महिलाहरुलाई सिलाई मेशिन र प्रमाणपत्र वितरण गरिएको छ ।

तालिम समापन कार्यक्रमम एनएमबि बैंकका प्रदेश प्रमुख सन्तोष बुढाथोकी, बैंकका प्रवन्धक कुलप्रसाद घिमिरे, वडाध्यक्ष जितेन थापा, रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी, सदस्यहरु, आरसीसी सदस्यहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमको संयोजक सन्तोष तोदी रहेका थिए ।

सम्बन्धित समाचार

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

रुस्लान भोड्का ५० बर्षमा , बोतलमा नयाँ डिजाईन

विराटनगर । जाउलाखेल ग्रुपले सन् १९७३ बाट उत्पादन गर्दै आएको रुस्लान भोड्काले ५० वर्षको यात्रा तय गरेको छ ।जाउलाखेल ग्रुपले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट र अत्याधुनिक स्वरुपमा परिवर्तन...

प्याब्सन र विराटबीच सम्झौता, सहुलियतमा उपचार हुने

विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम र विराट मेडिकल कलेजले प्याब्सन मोरङमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको छ । सहुलियतमा उपचार गर्नको लागि प्याब्सन र विराटबीच बुधबार सम्झौता भएको छ । सम्झौता पत्रमा...

मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित...

मिठाइ उद्योगमा बिस्फोट हुँदा दुई कामदार घाइते

विराटनगर। मोरङको जहदा गाउँपालिका–३ मा रहेको मिठाई बनाउने उद्योगमा पाइप विष्फोट हुँदा दुई जना कामदार घाइते भएका छन् ।निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो प्रा.लि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा मंगलबार साँझ ७ः४५...

१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराट नर्सिङ होम प्रालिको सहकार्यमा ज्योति आधारभूत विद्यालय खर्जीमा मेघा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । विराट इन्टरनेशनल डायग्नोस्टिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्