१० जना कर्मचारीलाई ५८ लाख ३० हजार धरौटीमा छोड्न आदेश, कुन कर्मचारीलाई कति तोकियो धरौटी ?

 न्यूज विराट
१० जना कर्मचारीलाई ५८ लाख ३० हजार धरौटीमा छोड्न आदेश, कुन कर्मचारीलाई कति तोकियो धरौटी ?

      

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आधा करोड बढी घोट्ला गर्ने १० जना कर्मचारीलाई धरौटीमा छोड्न अदालतले आदेश गरेको छ ।

मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालशले पक्राउ परेका १० जना कर्मचारीहरूलाई बधुबार ५८ लाख ३० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका हुन् ।

अदालतका आदेश अनुसार सबैभन्दा बढी धरौटी हस्पिटलको रिसेप्सन बिलिङ एन्ड डिस्चार्ज विभागका इन्चार्ज मोरङको सुनवर्षी नगरपालिका २ का २६ वर्षीय दुर्गा बहादुर विष्ट र सुनसरी इटहरी ४ का २४ वर्षीय अश्विनी भट्टराईलाई तोकेको छ । उनीहरूलाई जनही २४÷२४ लाख रुपैयाँ धरौटी अदालतले तोकेको मोरङ अदालतका सूचना अधिकारी सुबोध आचार्यले जानकारी दिए । उनीहरूको मिलेमतोमा हस्पिटलको ५७ हजार ९६ हजार १ सय ६० रुपैयाँ अपचलन गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनीहरूले नक्कली बिरामी खडा गरी घोट्ला गरेको पाइएको छ ।

यस्तै स्वस्तिका श्रेष्ठलाई ५ लाख ४०, सुशील पासवानलाई ३ लाख १ हजार, प्रभु नारायण चौधरीलाई ४० हजार, सुनिल पासवानलाई २० हजार, दीपेन्द्र तवरदारलाई ३० हजार, किरण विश्वकर्माले ७० हजार, वसन्त कुमार रामले १० हजार र नारायण चौधरीलाई ६० हजार रुपैयाँ धरौटी रकम अदालतले तोकेको सूचना अधिकारी आर्यालले जानकारी दिए । बुधवार वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले बहस सकेपछि थुनछेक आदेश आएको हो ।

मोरङ अदालतमा दायर अभियोगमा उल्लेख भएको विवरण अनुसार विष्टले २३ लाख ६६ हजार ६ सय १७ रुपैयाँ, भट्टराईले २३ लाख ९० लाख ७ सय ३१ रुपैयाँ अस्पतालको रकम अपचलन गरेको खुलेको छ । यस्तै अस्पतालका अन्य कर्मचारीहरू स्वस्तिका श्रेष्ठले ५ लाख २६ हजार ७ सय ९१, सुनिल पासवानले १९ हजार ६ सय २७, प्रभु नारायण चौधरीले ३३ हजार ३ सय, सुशील पासवानले २ लाख ९८ हजार ५ सय ३, किरण विश्वकर्माले ६७ हजार ३ सय ३२, वसन्त कुमार रामले १० हजार र नर नारायण चौधरीले ५६ हजार ५ सय ७३ रुपैयाँ हिनामिना गरेको अदालतमा दायर भएका ठगी मुद्दाको अभियोग पत्रमा उल्लेख छ ।

हस्पिटलको कर्मचारीको मिलेमतोमा विराट टिचिङ हस्पिटलको ५ करोड रुपैयाँ हिनामिना भएको भन्दै कारबाहीको दायरामा ल्याउन मागसहित ३ कार्तिकमा मोरङ प्रहरीमा उजुरी दिएको थियो । प्रहरीमा उजुरीपरेपछि विष्ट र भट्टराईलाई सोही दिन पक्राउ गरेको थियो । अन्य ८ जनाको पनि घोटालामा संलग्न देखिएपछि पछि पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि शुक्रवार उनीहरू विरुद्ध मोरङ अदालतमा ठगी मुद्दा दायर भएको थियो ।

घोटालामा संलग्न भएका मध्ये मुख्य नाइके विष्ट र भट्टराई रहेको बुझिएको छ । विष्ट चार वर्षदेखि र भट्टराई दुई वर्षदेखि हस्पिटलमा काम गर्दै आएका थिए ।

बिरामी डिस्चार्ज भएपछि भुक्तानी गर्नुपर्ने रकम डिस्चार्ज काउन्टरको इन्चार्ज भएकोले विष्ट र भट्टराईले बुझ्दै आएका थिए । उनीहरूले लिएको रकम लेखा शाखामा बुझाउँदै आएका थिए । पछिल्लो समय केही महिनादेखि विष्ट र भट्टराईले बिरामीले दिएको रकम लेखा शाखामा नबुझाई आफै राखी करिब पाँच करोड हिनामिना गरेको हस्पिटलको दाबी थियो । पछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दा ५७ लाख ९६ हजार रुपैयाँ घोट्ला भएको तथ्य र प्रमाण प्रहरीले सङ्कलन गरेको छ ।
विष्ट र भट्टराईले दश जना हस्पिटलको कर्मचारीको युजर आइडी बनाएर हस्पिटलको रकम अपचलन गरेको देखिएको छ । भट्टराईले ‘आश्विन’ र विष्टले ‘दुर्गा’ नामको युजर आइटी बनाएर घोट्ला गरेको प्रहरीले जनाएको छ । अर्काको युजर आइडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीबापतको रकम अनाधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिई कन बिरामीको खाताबाट अस्वाभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीको पक्षमा ९२ सांसदकाे हस्ताक्षर

काठमाडौं, १७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरूले बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री...

धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा

विराटनगर । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी भएकोले धरान शान्त छ...

राष्ट्रकवि घिमिरेको सम्मानका अन्त्येष्टि गरिँदै

काठमाडौं, ३ भदौ-मंगलबार निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । बिहान १० बजे उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्ने कार्यक्रम छ । राष्ट्रकवि...

विराटनगरमा २७ सहित प्रदेश १ मा २६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

चीनबाट खरिद गरिएका स्वास्थ्य उपकरणबारे प्रचण्डको चासो

काठमाडौं, १९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच चीनबाट स्वास्थ्य उपकरण खरिदका क्रममा देखिएको विवादबारे छलफल भएको हो...

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौं, १२ असोज । संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले...

६ जना मिलेर साथीको हत्या

काठमाडौं, पुस २५–मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गर्ने ६ जनालाई सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भारत बिहार पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्ने ३७ वर्षका राजकुमार मुखियालाई आफ्नै साथीहरुले सामान्य...

एसइइ रनिङ्ग शिल्ड प्रतियोगितामा पाँच स्कुल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा मंगगलबार भएको खेलमा राधाकृष्ण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्