मोरङ ६(२) : केदारलाई अन्तर्घातको डर, पर्शुरामलाई गुण्डा छविको पिर

 न्यूज विराट
मोरङ ६(२) : केदारलाई अन्तर्घातको डर, पर्शुरामलाई गुण्डा छविको पिर

      


विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा ११ उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन् । गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की र नेकपा एमालेका पर्शुराम बस्नेत रहेको देखाउँछ ।

विराटनगर महानगरपालिकाको ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटिएको सो क्षेत्रमा स्थानीय तहको मत परिणाम हेर्दा गठबन्धनको मत एमालेको भन्दा करिब दोब्बर बढी छ ।

वडागत मतका आधारमा यहाँ सत्ता गठबन्धन अगाडि छ । यहाँ सत्ता गठबन्धनको १२७७४ मत छ । नेकपा एमालेको यहाँ ६३४२ मत छ । सो क्षेत्रमा काँग्रेसको मत ९६१५, माओवादीको १९१४, एकीकृत समाजवादीको १२४५ र जसपाको २००९ मत रहेको छ । एमाले र जसपाको गठबन्धन बन्दा एमालेले सो क्षेत्र जसपालाई छाडेको भए पनि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने बेला जसपालाई धोका दिएर एमालेको तर्फबाट बस्नेतले उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्रमा जसपा बाट राजेन्द्र गुप्ता उम्मेदवार छन् ।
स्थानीय तहको मतको आधारमा कार्की बलियो देखिए पनि काँग्रेसभित्रको समस्याको दबाब उनीमाथि छ । काँग्रेसको गुटबन्दीको कारण कतिपय काँग्रेसकै कार्यकर्ताले कार्कीलाई सहयोग गरिरहेका छैनन् भने सो क्षेत्रबाट काँग्रेसकै प्रदेश समिति सदस्य गोपाल रेग्मी स्वतन्त्र उम्मेदवार बनेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहिसकेका उनीसँगै काँग्रेसकै कार्यकर्ता जनार्दन निरौला सोही क्षेत्रमा काँग्रेस बिपीबाट उम्मेदवार बनेका छन् । दुईको उम्मेदवारले बस्नेतलाई उत्साही बनाएको छ । तर, मतान्तर ठुलो रहेको र आफू हरेक मतदातासँग परिचित रहेकोले ढुक्कले चुनाव जित्ने कार्कीको दाबी छ ।

एक–अर्काबिच प्रतिस्पर्धामा आफ्नो जित निकाल्ने रणनीतिमा रहेका सत्ता गठबन्धन र एमालेका उम्मेदवार पहिलो पटक चुनावमा आइरहेको रेग्मीलाई पनि ध्यान दिन थालेका छन् ।

रेग्मी विशेष गरी असन्तुष्ट मत आफूतिर तान्न सक्ने दृश्य देखिरहेका बेला उनले काँग्रेस उम्मेदवार कार्कीको मत काट्ने हुन् भन्ने चिन्ता देखिन्छ ।

एमाले उम्मेदवार बस्नेतको विगत आपराधिक पृष्ठभूमिबाट आएकोले उनले चुनाव जितेर गए विराटनगरमा फेरी गण्डाराजको दबदबा रहने भएकोले चुनाव जिताउन नहुने पक्षमा एमालेभित्रका कतिपय मतदाता देखिन्छन् । बस्नेत विराटनगरमा ‘गुन्डा नाइके’ को रूपमा परिचित थिए । उनले सम्पत्ति शुद्धीकरणको मुद्दा पनि खेपे तर सफाइ पाए । २०६८ मा महेश बस्नेतसँग निकट भएर युथफोर्स मोरङका उपाध्यक्ष बनेपछि उनी गुण्डादर्गीमा संलग्न भए । युथफोर्सको उपाध्यक्ष बनेपछि पर्शुरामको अपराध यात्रामा ‘काउन्ट डाउन’ सुरू भयो । जेलमा परेका अभिषेक गिरीलाई मोरङ जिल्ला अदालतमा पेशी बयान दिन आएका बखत २०६८ जेठ १८ गते पर्शुरामले आक्रमण गराए । त्यसको जिम्मा पनि लिए । त्यही समाचार तत्कालीन नागरिक दैनिकमा कार्यरत् पत्रकार खिलानाथ ढकालले लेखे, पर्शुराम र गिरीको आपराधिक पृष्ठभूमिसँग जोडेर ।
नागरिक दैनिकले प्राथमिकतासाथ पत्रकार ढकालले लेखेको समाचार छाप्यो । त्यो समाचारमा चित्त नबुझेपछि पर्शुरामले ढकालमाथि नै आक्रमण गराएको अभियोग लागेको थियो ।
पर्शुरामको आपराधिक गतिविधिबाट आजित विराटनगरको समुदाय, राजनीतिक पार्टी तथा पत्रकारले ढकाल आक्रमण प्रकरणको बिरोध गरी पर्शुरामविरूद्ध लामो आन्दोलन गरेको थियो । सोही प्रकरणपछि पर्शुराम ‘गुन्डा नाइके’ भनेर चिनिन थालेका थिए । गुण्डागर्दीको आडमा बस्नेत एमाले राजनीतिमा सक्रिय भए । पर्शुरामलाई साथ दिएका महेश बस्नेतसँग उनको सम्बन्ध चिसियो । अहिले दुवै दुस्मनको रूपमा परिचित छन् ।

बस्नेतलाई २०७४ चुनावमा एमाले उम्मेदवार रमेश पोखरेलाई चुनाव हराउन सहयोग गरेको पनि आरोप लाग्ने गरेको छ । त्यही भएर एमाले भित्रका बौद्धिक क्षेत्रका मतदाताहरूले बस्नेतलाई असहयोग गर्ने चर्चा सुरू भएको छ । कार्की र बस्नेतले आफूले जित्नेसम्मको दाबी गरेका बेला सत्ता गठबन्धन र एमालेको घरदैलोमा हिँडिरहेका नेताहरूले भने स्वतन्त्र उम्मेदवार दिएका रेग्मीले मत काट्ने सम्भावना रहेको बताए । यदि उनीहरूको कुरा मान्ने हो भने रेग्मीले काँग्रेस भित्रको कति मत काट्छिन् र कसको पक्षमा जित हात पर्छ भन्ने विषय अहिले मोरङ ६ (२) को हकमा अन्योलपूर्ण छ ।

यो क्षेत्रका मुख्य प्रतिस्पर्धी उम्मेदवारले यहाँको एउटा ‘फ्याक्टर’मा पनि खेल्न खोजेका छन् । सत्ता गठबन्धनभन्दा झन्डै ६ हजार मतले पछाडि रहँदा पनि एमाले उम्मेदवार बस्नेत आफूले नै जित्छु भन्ने मनोविज्ञानमा छन् ।
विशेष गरी एमालेले पार्टीको मत केन्द्रित गर्ने र काँग्रेस भित्रको असन्तुष्ट मत आफूले पाउने बस्नेतले ठानेको छ । सत्तामा रहँदा कार्की विकास निर्माणको क्रममा विवादमा मुछिएको र जितेर गएपछि ६ नम्बर क्षेत्रमा उल्लेखनय काम नगरेको कारणले एमालेले यस पटकको चुनाव जित्ने अपेक्षा गरेको छ ।

घरदैलो र चुनावी कार्यक्रममा पनि एमाले उम्मेदवार बस्नेतलले आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । ‘एउटा विश्वास, भरोसाले मलाई मत दिनुहुन्छ जस्तो लाग्छ’ आफूले मत पाउने आधार खुलाउँदै उनले कार्यक्रममा भन्दै आएका छन्, ‘आफ्नो गाउँ, ठाउँलाई बुझेको छु । यहाँको समस्याप्रति जानकार छु ।’

सम्बन्धित समाचार

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...

भरुवा बन्दुकसहित ४ शिकारी पक्राउ

विराटनगर, माघ १७–सुनसरीको धरानबाट २ नाल भरुवा बन्दुकसहित ४ जना शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरान उप–महानगरपालिका–६ बाट २ नाल भरुबा बन्दुक र मृत बँदेलसहित ४ जनालाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।...

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु

भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । उनलाई...

अभिभावकको रोजाइमा किड्स भिलेज स्कुल

विराटनगर । नयाँ–नयाँ प्रविधिहरुको विकास भएसँगै शैक्षिक क्षेत्रमा पनि निकै परिवर्तनहरु आएको छ । शिक्षण सिकाइमा तल्लो तह देखी नै नयाँशैली र विद्यि अवलम्बन गर्न थालिएको छ । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी...

विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह

नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण...

कोरोना विरुद्धको रुसी औषधी अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

एजेन्सी, साउन २९-कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । परीक्षणका...

अदृश्य शक्तिको रुपमा सञ्चारकर्मीहरुले काम गरेका छन्ः प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समाज परिबर्तनमा सञ्चारकर्मीहरुले अदृश्य शक्तिको रुपमा कार्य गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिको दोस्रो अधिवेशनको विराटनगरमा उद्घाटन...

कांग्रेस बैठकमा कोशीको विवाद छताछुल्ल, बुढाथोकीमाथि खनिए मुख्यमन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कोशी प्रदेश सरकारलाई लिएर आरोप प्रत्यारोप भएको छ। केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले नेपाली कांग्रेस नेतृत्वकै कोशी प्रदेश सरकारको आलोचना गरेपछि मुख्यमन्त्री उद्धव थापा उनीविरुद्ध खनिएका हुन्। बुढाथोकीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्