रोडम्याप बनाएर जनताको काम गर्नेछुः भीम पराजुली 

 न्यूज विराट
रोडम्याप बनाएर जनताको काम गर्नेछुः भीम पराजुली 

विराटनगर । मोरङ क्षेत्र नं. ४ (२) का उम्मेदवार तथा विराटनगर महानगरपालिका पूर्व मेयर भीम पराजुलीले आफूले चुनाव जितेर गएपछि पाँच वर्षे विकासको रोडम्याप बनाएर जनताको काम गर्ने बताएका छन् । मोरङको कटहरी आयोजना गरिएको चुनावी सभामा सम्बोन्धन गर्दै पराजुलीले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

आफूले विराटनगर महानगरपालिकाको कुशलतापूर्वक नेतृत्व गरेकोले प्रदेशको पनि त्यसै गरी विकासको काम गरेर अगाडी बढ्ने उनले बताए । स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता राखेर काम गर्ने उनले बताए । कटहरिको कृषि बजार लाई व्यवस्थित गर्दै यहाँको विकासमा लागि पर्ने उनको भनाई छ । 

संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताए । जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै क्षेत्र नं. ४ को विकासमा आफू लागि पर्ने प्रतिबद्धता उनले जनाए ।

आफू यस पटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनको भनाइ थियो । जनताको अवस्था बदल्नुपर्ने भएकोले विकास र रोजगार सृजनामा जोड दिने उनले बताए ।

सम्बन्धित समाचार

धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर, १८ जेठ ।धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान राती २ बजे धनकुटा नगरपालिका-६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प...

विराटनगरमा दशैं फुट फेस्टिबल हुने, २५ वटा स्टल रहने

विराटनगर । विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो । मञ्जिना मुभिज क्रिएसन...

जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं, १३ जेठ-जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो । बैठक अवरुद्ध गरेपछि मिन विश्वकर्माले जाजरकोटको घटनामा...

आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ। आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग...

विराटनगरमा ४३ सहित प्रदेश १ मा आज १०८ संक्रमित थपिए

विराटनगर, १० भदौ–प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक...

४० हजार घूससहित प्रहरी जवान पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घूससहित एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सुनसरीस्थित इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई ४० हजार अतिरिक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।...

फर्किन चाहने नेपालीलाई विवरण दिन अस्ट्रेलियास्थित नेपाली दूतावासको आग्रह

काठमाडौं, १६ जेठ-अस्ट्रेलियास्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेलाई आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण नेपाल फर्किन नपाएका र तत्काल नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका अस्ट्रेलिया र अस्ट्रेलियास्थित...

सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा मन्त्री घिमिरेको जोड

विराटनगर, फागुन १६–प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जनप्रतिनिधिहरुले सधैं इमान जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मन्त्री घिमिरेले शुक्रबार मोरङको पथरी शनिश्चरेको नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान जोगाउने परीक्षामा सधैं उतीर्ण हुनुपर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्