रमाले जन्म दिएकी तिम्ल्याहा शिशु विराट हस्पिटलले बचायो

 न्यूज विराट
रमाले जन्म दिएकी तिम्ल्याहा शिशु विराट हस्पिटलले बचायो

विराटनगर । सुनसरीको इटहरी २० तरहराकी ३० वर्षीय रमा चौहानले विराटनगरस्थित विराट नर्सिङ होम ९विराटनगर अस्पताल०  मा जन्माएकी तिम्ल्याहा नवजात शिशुलाई हस्पिटलले बचाएको छ ।

हस्पिटलका वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डा. दिपराज अधिकारीको नेतृत्वको १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेर बचाएको हो । समय नपुगी जन्मिएको नवजात शिशुको सफल उपचार गरेर हस्पिटलले बचाएपछि बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नवजात शिशुको सफल उपचार भएपछि पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मी ।

३ कार्तिकमा हस्पिटल भर्ना भएकी चौहानले १० कार्तिकमा तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी थिइन् । चौहानले जन्म दिएकी तीनै जना छोरी रहेको छ । अस्पतालकी वरिष्ठ स्त्री, प्रसूति तथा निसन्तान विशेषज्ञ डा। प्रेरणा दाहाल नेतृत्वको टोलीले उनको प्रसूति गराएको थियो ।

गर्भ रहेको २९ सातामै चौहानले शिशु जन्माएकी हुन् । सामान्य अवस्थामा शिशु ४० सातामा जन्मिए पनि गर्भमा २ वा त्यसभन्दा बढी शिशु रहेको अवस्थामा सामान्य गर्भावस्थामा भन्दा छिटो पैदा हुने चिकित्सकको भनाइ छ । चौहानले गर्भ रहेको २९ हप्ता पुरा भएपछि यी शिशु जन्माएकी हुन् ।

रमा चौहानले जन्म दिएकी तिम्ल्याहा शिशु

‘समय नपुगी त्यो पनि कम तौल भएको शिशुलाई बचाउन निक्कै गाह्रो र खतरा हुने गर्दछ,’ वरिष्ठ नवजात तथा बाल रोग विशेषज्ञ डा। अधिकारीले भने, ‘कम तौलको शिशुको शारिरको अङ्गहरू विकास भएको हुँदैन । त्यस्ता शिशुलाई कडा खालको अक्सिजनमा राख्नुपर्ने हुन्छ । बुझिने भाषामा भन्नुपर्दा आमाको कोखमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।’
तीनै जना शिशुलाई एनआईसीयू कक्षमा राखेर उपचार गरेको उनले बताए । ‘एनआईसीयूमा दुई साता राखेर उपचार गर्दा शिशुको अवस्था अहिले एकदमै राम्रो भएपछि नर्सरी वार्डमा सारेर उपचार गरिएको छ,’ उनले भने, ‘अब खतराको जोखिम मोलेर अगाडी बढेको छ । तीनै जना शिशुको अवस्था अहिले एकदमै राम्रो छ । आमाको दूध खान सक्ने भएका छन् ।’ शारिर विकास हुँदै जाने क्रम अब बढेर जाने भएकोले अबको दुई साता भित्रमा शिशुलाई डिस्चार्ज दिने उनले बताए । 

‘तिम्ल्याहा बच्चा जन्मिँदा खुसीको सीमा छैन’
तिम्ल्याहा शिशुलाई जन्म दिएकी रमा चौहानको पहिलो सन्तान हो ।  ‘पहिलो सन्तान तिम्ल्याहा जन्माएर सकुशल रहेकोमा खुसी झन् बढेर गएको छ,’ उनले भनिन्, ‘तर ईश्वरले जे चाहे त्यो गरे । हाम्रो लागि यो दुर्लभ खुसी हो । घरमा श्रीमान्, बुवा, आमा, सबै जना खुसीले गद गद हुनुहुन्छ ।’
२९ हप्तामै  जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले सुनाए । लामो समयदेखि गर्भ नरहेपछि आइ।भि।एफ पद्धति द्वारा गर्भ रहेको थियो । चौहान गर्भ रहेदेखि डा। दाहाललाई नियमित जाँच गराउँदै आएकी थिइन् ।

तिम्ल्याहा शिशुलाई जन्म दिने रमा चौहान । 

 

सम्बन्धित समाचार

कोशी अस्पतालमा फेरी एक व्यक्तिको मृत्यु, कोरोना आशंका

विराटनगर, साउन २३–कोरोना संक्रमणको आशंका गरिएका विराटनगरका एक पुरूषको कोशी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले...

मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार दुईमध्ये एक जना थुनुवा पक्राउ

विराटनगर, १२ फागुन । मोरङ अदालत परिसरदेखि हतकडीसहित फरार भएका दुई जनामध्ये एक जना थुनुवा पक्राउ परेका छन् । मोरङ अदालतमा पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर अदालत परिसरदेखि फरार...

एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे । काठमाण्डौ विश्व...

बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद...

विराटनगरमा प्लाज्मा थेरापी उपचार सेवा सुरु

विराटनगर, २७ असोज–प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मंगलबारदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ । कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो...

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण...

असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो । मोरङको...

जनताको सेवामा ध्यान दिन मन्त्री घिमिरेको आग्रह

विराटनगर, ७ असोज-। प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीलाई व्यक्तिगत चाहनालाई थाति राखेर जनताको सेवा गर्न आग्रह गरेका छन् । उनले अहिलेको परिस्थितिमा व्यक्तिगत इच्छा, चाहना भन्दा पनि जनताको सेवामा ध्यान दिन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्