मोरङ ४ मा सत्ता गठबन्धनको चुनावी अभियान तीव्र (फोटो फिचर)
बिहिबार, १७ कार्तिक, २०७९,
न्यूज विराट
विराटनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं। ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
नेपाली काँग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घर घरमा पुगिरहेका छन् ।
प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदी रहेका छन् । प्रदेशतर्फ ४(१) मा काँग्रेसका गुरुराज घिमिरे र ४ (२) मा भीम पराजुली उम्मेदवार रहेका छन् । सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सत्ता गठबन्धनले घरदैलो अभियान सुरु गरेसँगै चुनावी सरगर्मी बढेको छ ।
बिहीबार गठबन्धनले विराटनगरमा वृहत् मोटरसाइकल ¥याली निकालेका छन् । उम्मेदवारसहितको उपस्थितिमा बिहान विराटनगर १ पुष्पलाचौकबाट मोटरसाइकल ¥याली निकालेको थियो । मोटरसाइकल ¥यालीले मोरङको क्षेत्र नं. ४ को विभिन्न वडा परिक्रमा गरी विराटनगर २ मा रहेको माओवादी पार्टी कार्यालय नजिक तीन पैनी चौकमा कोणसभा गरिएको थियो । दिउँसो १ बजे विराटनगर १९ बाट सुरु भएको मोटरसाइकल ¥यालीले विभिन्न वडाहरू परिक्रमा गरेपछि ग्रामथान गाउँपालिका २ को झोर हाटमा कोणसभा भएको थियो ।
कोणसभा कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार मोदीले संसद्मा आफूले जनताको आवाज निर्भीक भएर बोलेको बताए । ‘संसद्मा निर्भीक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसद्मा तपाईँका समस्याहरू निर्भीक भएर बोल्नेछौँ,’ उनले भने । आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ को बुझेको र भिजेको मान्छे भएकोले विकासमा लागि पर्ने उनले बताए । आफूले पाँच वर्षमा काम गर्दा जनताको जीवनलाई छोएको उनले सुनाए । ‘यहाँको समाजमा भिजेको छु । समाजमा रहेका विविधतासँग गाँसिएको छु । विकास,पूर्वाधार निर्माणको सवालमा मैले जसरी काम गरेको छु । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको सम्बन्धमा मैले काम गरेको छु । खेलकुददेखि महिला स्वावलम्बी बनाउने लगायतका जति पनि काम गरेको छु,जसको कारण जनताले व्यक्ति व्यक्ति घर घरले मलाई चिन्छन् । यो मेरो जन्म र हुर्केको ठाउँ पनि हो । म यहीँ हुर्केको,पढेको क्षेत्र हो । यहीँको धुलो, माटोमा हुर्केको बासिन्दा हो,’ उनले भने ।
विराटनगर । कोशी अस्पतालका पूर्वमेसु तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णले एक दिने नवजात शिशु मोटो रकम लएर निःसन्तान दम्पतीलाई बचेको खुलासा भएको छ । अविवाहित जोडिबाट विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्म भएको...
एजेन्सी, १६ फागुन । म्यानमारमा सैनिक 'कु'को विरोध गरिरहेकामाथि सेनाले गोली चलाउँदा १८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको कार्यालयले आजको दिनलाई सैनिक 'कु'को विरोधमा भइरहेको र्यालीको सबैभन्दा घातक दिन भनेको छ ।...
काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले...
मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्ने प्रस्तावमा छलफल नै नभई बैठक सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यादेशबारे प्रस्ताव नआएको एक मन्त्रीले बताए । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकबाटै...
विराटनगर । विराटनगर ५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजामा अक्षरारम्भ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/ ०८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना...
झापा, ३१ भदौ-झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर...
नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट राणा अदालतभित्र छिरेका हुन् । बारका वकिलहरुले सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका थिए । तर, सर्वोच्चमा...
काठमाडौं, २४ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई १ करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज पक्राउ गरेको छ ।...